Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

काठमाडौँ महानगरभित्र कुन व्यवसाय गर्दा कति तिर्ने कर ?

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौँ महानगरपालिकाले अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०८० आज नगरसभामा प्रस्तुत गरेको छ । आर्थिक विधेयकले आगामी आर्थिक वर्षका लागि महानगरपालिकाभित्र लाग्ने करका दर तोकेको छ ।

महानगरले विभिन्न व्यवसायको प्रकृति र लगानीको अवस्था हेरेर व्यावसायिक कर तोकेको हो । काठमाडौँ महानगरपालिकाको आर्थिक विधेयकअनुसार उत्पादनमूलक व्यवसाय तथा उद्योगमा हलुका पेयपदार्थ उद्योग ९कोकाकोला, पेप्सीकोला, फ्रुटी आदि० घरेलुमा दर्ता भएका रु ५० हजार कर तिर्नुपर्नेछ । घरेलु उद्योगबाट उत्पादन हुने सोडा आदि हलुका पेयपदार्थ उत्पादन गर्ने उद्योगको नवीकरणका रुपमा वार्षिक शुल्क रु दुई हजार, डिस्टिलरी उद्योगलाई रु ५० हजार, विभिन्न निर्यातयोग्य वस्तु तथा व्यवसायलाई रु पाँच हजार र आयातयोग्य वस्तु तथा व्यवसायलाई रु १० हजार कर तोकिएको छ ।

चलचित्र निर्माण कम्पनीलाई रु १५ हजार तथा वितरक कम्पनीलाई रु पाँच हजार कर तोकिएको छ । मिनरल वाटर उद्योगलाई रु पाँच हजार, आइसक्रिम उद्योग ठूलो ९तीन किलोवाटभन्दा माथि० लाई रु १० हजार र यस्तो घरेलु उद्योग (तीन किलोवाट सम्म) लाई रु दुई हजार कर तोकिएको छ ।

ब्रान्डेड बिस्कुट, पाउरोटी, केक उद्योगलाई रु १० हजार र यस्ता घरेलु उद्योगलाई रु दुई हजार कर तोकिएको छ । डेरी उद्योगले रु १० हजार, कुटानी–पिसानी मिलले रु पाँच हजार, ब्रान्डेड जुत्ता, चप्पल उद्योगले रु १२ हजार, ब्याग, बेल्ट, पर्स आदि उत्पादन उद्योगले रु पाँच हजार कर तिर्नुपर्नेछ ।

खाद्यान्न उद्योग (पाँच किलोवाटभन्दा माथि) का लागि रु १० हजार र यस्ता साना उद्योगलाई रु पाँच हजार कर तोकिएको छ । कार्पेट, गार्मेन्ट, पस्मिना र प्लाष्टिक उद्योगले रु १० हजार कर तिर्नुपर्नेछ । कापी, किताब तथा मुद्रण उद्योगका लागि क्षमताअनुसार रु दुई हजारदेखि १२ हजार, जमिनमुनिको पानी प्रशोधन उद्योगका लागि रु ५० हजार, बोटल र जार पानी उद्योगका लागि रु सात हजार कर तोकिएको छ ।

त्यस्तै, डसना, कुसन बनाउने उद्योगलाई रु पाँच हजार र हर्बल उद्योगलाई रु दुई हजार कर लाग्नेछ । सडक पुल, रोपवे, रेलवे, टनेल, फ्लाइब्रिज तथा औद्योगिक, व्यापारिक एवं आवास कम्प्लेक्स आदि निर्माण गरी सञ्चालन गर्ने उद्योग व्यवसायलाई रु २५ हजार कर लाग्नेछ । किराना पसल खुद्रा पसलका लागि दुई हजार, थोक किराना पसलका लागि पाँच हजार, थोक खाद्यान्न बिक्रेतालाई रु १० हजार, खाद्यान्न खुद्रा बिक्रीमा रु तीन हजार, मौरीपालन व्यवसायमा रु दुई हजार र कुखुराको चल्ला बिक्री गर्दा रु तीन हजार कर तिर्नुपर्नेछ ।

त्यस्तै, फलफूल, जुस तथा तरकारी बेच्ने खुद्रा पसलका लागि रु एक हजार, फलफूल तथा तरकारी थोक पसलका लागि रु दुई हजार, फलफूल र बिरुवा बिक्रेता (नर्सरी)लाई रु दुई हजार कर तोकिएको छ । माछा÷मासु, अण्डा खुद्रा बिक्रेताले रु दुई हजार पाँच सय र थोक बिक्रेताले रु ६ हजार कर तिर्नुपर्नेछ । प्रशोधित मासुजन्य बिक्री व्यवसायमा रु पाँच हजार कर तोकिएको छ । तरकारी खेती, पशुपक्षी पालनलगायत अन्य कृषिजन्य कार्य गर्ने व्यवसायका लागि रु दुई हजार, पेट शप ९घरपालुवा पशुपक्षीको दाना/आहारा बिक्री० गर्ने थोक पसलका लागि रु सात हजार र खुद्रा पसलका लागि रु तीन हजार कर तोकिएको छ । त्यसैगरी, कुकुर प्रजनन केन्द्र ९डग व्रिडिङ्ग फर्म० का लागि रु पाँच हजार, आधुनिक पशु बधशाला, तरकारीको बीउ बिजन खरिद बिक्री गर्ने पसलका लागि रु दुई हजार कर तोकिएको छ ।

होटल, पर्यटन तथा मनोरञ्जन व्यवसायमा पाँचतारे होटलका लागि रु एक लाख, चारतारे होटलका लागि रु ८० हजार, तीनतारे होटलका लागि रु ६० हजार, दुईतारे होटलका लागि रु ४० हजार र एकतारे होटलका लागि रु २०  हजार कर लाग्नेछ । चलचित्र प्रदर्शनी घर, साधारण होटल, लज, गेष्टहाउस, ५० जनाभन्दा बढी क्षमताको होमस्टे, रेष्टुरेन्ट एन्ड बार ९डान्स, दोहोरीबाहेक०, ट्राभल एन्ड ट्रेकिङ एजेन्सीहरुका लागि रु १० हजार कर लगाइएको छ ।

मसाजपार्लर, स्पा, ज्याकुजी, सौनाबाथ, स्विमिङपुलका लागि पनि रु १० हजार कर तोकिएको छ । पर्यटकीय खेल ९गल्फर्कोस, र्याफ्टिङ, सफारी, अश्वारोहण, स्किइङ, ग्लाइडिङ, वाटरर्याफ्टिङ पोनिट्रेकिङ, प्याराग्लाइडिङ, पोलो, बन्जिजम्प, केबुलकार, रिसोर्ट, होटल आदि० को सम्पर्क कार्यालयका लागि रु तीन हजार कर लाग्नेछ ।

विदेशी विमान सेवा प्रदायक कम्पनीलाई रु ५० हजार र स्वदेशी विमान सेवालाई रु २५ हजार कर तोकिएको छ । वायुयान भाडामा लगाउने व्यवसाय गर्ने कम्पनी, डिस्को, नाइट क्लब, वैदेशिक रोजगार सम्पर्क व्यवसायलगायतलाई लाई रु २५ हजार कर लाग्नेछ ।

त्यसैगरी, क्यासिनोमा रु तीन लाख र मिनी क्यासिनोलाई रु २५ हजार कर लगाइएको छ । टे«किङ सामान पसल, मनोरञ्जन सेवा प्रदान गर्ने व्यवसाय, थान्का पसल, डान्स टे«निङ सेन्टर, सङ्गीतसम्बन्धी सेवा प्रदान गर्ने व्यवसाय, ट्याटु हाउसलाई रु पाँच हजार कर तोकिएको छ । ५० जना सम्मको होस्टेलका लागि रु तीन हजार र ५० जनाभन्दा बढीको होस्टेलले रु पाँच हजार कर तिर्नुपर्नेछ । मेकअप स्टुडियोले तीन हजार, पाँच रोपनीसम्म क्षेत्रफल भएको फन पार्कले रु १० हजार, दश रोपनीसम्म क्षेत्रफलमा फैलिएकाले रु २० हजार र दश रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको फनपार्कले रु ३० हजार कर तिर्नुपर्नेछ ।

सञ्चार क्षेत्रतर्फ टेलिभिजन प्रसारण कम्पनीलाई रु पाँच हजार, एफएम स्टेसनलाई रु एक हजार, अनलाइन सेवा बिजनेसलाई रु दुई हजार, अनलाइन न्यूज पोर्टललाई रु पाँच सय, राष्ट्रिय पत्रिकालाई रु दुई हजार, स्थानीय पत्रिकालाई रु एक हजार र साइबर क्याफेलाई रु दुई हजार कर तोकिएको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies