Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

सरकारले भरतपुर रङ्गशाला आफ्नो स्वामित्वमा लिई निर्माण कार्य अगाडि बढाउने

खबरडबली संवाददाता
काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिकबाहदुर लिम्बूले चितवनको भरतपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय रङ्गशालालाई सरकारले आफ्नो स्वामित्वमा लिई निर्माण कार्य अगाडि बढाउने बताएका छन्  । 
 
प्रतिनिधिसभाको आज बसेको बैठकमा युवा तथा खेलकुद मन्त्रालयको आर्थिक वर्ष २०८०/८१ बजेट विनियोजन विषयक छलफलमा मन्त्री लिम्बूले धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण प्रक्रियाका अगाडि बढाएको निमार्णाधीन रङ्गशाला सरकारले स्वामित्व ग्रहण गर्ने र थप बजेट विनियोजन गरी निर्माण कार्य अगाडि बढाउने बताए  । उनले विद्यालयमा अध्ययरत बालबालिकाका लागि खेलकुद प्रतियोगिता आयोजना गर्न सबै स्थानीय तहमा बजेट विनियोजन गरेको बताए ।  
 
त्यसैगरी उनले चीनको होङझाउमा आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म आयोजना हुने १९औँ एसियाली खेलकुद (एसियाड) प्रतियोगिताको तयारीका लागि विभिन्न खेलका दुई सय ३३ जना खेलाडीलाई बन्दसत्रमा राखेर प्रशिक्षण गराइरहेको बताए  । एसियाडमा नेपालले २९ खेलमा सहभागिता जनाउँदैछ । 
 
खेलकुद क्षेत्रको विकासका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा दर्ता भएका एक सय वटा खेल सङ्घलाई खेलकुद प्रतियोगिता आयोजना गर्न रु दुई लाख ५० हजार अनुदान दिने गरी बजेट विनियोजन गरिएको उनले बताए । 
 
यसैगरी, देशका लागि पसिना बगाउने खेलाडीको वृत्ति विकास र प्रोत्साहन भत्ताका लागि के कति रकम बढाउन सकिन्छ त्यस विषयमा छलफल गरिने मन्त्री लिम्बूले उल्लेख गरे  । उनले खेलकुद प्रतियोगिता आयोजनाका हिसाबले सातै प्रदेशमा समान बजेट विनियोजन गर्न नसकेको स्पष्ट पार्दै कर्णाली प्रदेशमा आयोजना गरिने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीका लागि आवश्यक बजेट विनियोजन गरिएको जानकारी दिए ।  
 
उनले सभासद्हरूले पब्जी ई खेललाई समावेश गरिनुपर्ने मागलाई सम्बोधन गर्दै पब्जी खेलका लागि के कस्तो नीति बनाउन सकिन्छ त्यसका लागि विशेष छलफल गरिने बताए । मन्त्री लिम्बूले खेलाडीको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गर्दै यसपटक खेलाडीका लागि बीमाको व्यवस्था गरेको बताए । उनले कीर्तिपुरस्थित त्रिवि विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फ्लड लाइटको निर्माण कार्य आगाडि बढिसकेको भन्दै विभिन्न ठाउँमा रहेका निर्माणाधीन पूर्वाधारको विकासमा अघि बढ्ने बताए ।
 
उनले कपिलवतु र प्यूठान जिल्लामा खेलकुद मन्त्रालयका तर्फबाट बजेट विनियोजन गर्न नसकेकामा क्षमा माग्दै आगामी दिनमा यसलाई पुनः विचार गर्ने बताए। सरकारले आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयलाई रु दुई अर्ब ८७ करोड ५९ लाख रकम विनियोजन गरेको छ । 
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies