Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

माथिल्लो कर्णालीमा विद्युत् उत्पादन गर्न जीएमआरसँग गरिएको सम्झौता खारेज गर्न जनमोर्चाको माग

खबरडबली संवाददाता

काठमाडौँ। काठमाडौँ । राष्ट्रिय जनमोर्चाले  माथिल्लो कर्णालीमा विद्युत् उत्पादन गर्न जीएमआरसँग गरिएको सम्झौता तत्काल खारेज गर्न माग गरेको छ । 

नेपालको जलस्रोतमाथि एकाधिकार कायम गर्ने रणनीतिअन्तर्गत भारतले काम गरिरहेको दाबी गर्दै पार्टीले सो माग गरेको हो । 

नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजना भारतीय कम्पनी गान्धी मल्लिकार्जुन राओ (जीएमआर) लाई दिनु त्यसै रणनीति अन्तर्गतको एउटा कडी भएको पार्टीको भनाइ छ । 

अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हाम्रो पार्टीले लगातार माथिल्लो कर्णाली जीएमआरलाई सुम्पिने सरकारको निर्णयको विरोध गर्दै त्यसको खारेजका लागि संघर्ष गर्दै आएको छ । माथिल्लो कर्णाली जीएमआरलाई सुम्पेको ९ वर्ष बितिसक्दा पनि कम्पनीले लगानी जुटाउन नसकेबाट पनि भारतको नेपालका नदीनाला होल्ड गरी राख्ने उद्देश्यले काम गरिरहेको कुरा स्पष्ट नै छ । त्यो उद्देश्य प्रष्ट हुँदा हुँदै पनि सरकारले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको लगानी जुटाउनका लागि जीएमआर कम्पनीलाई दुई वर्ष म्याद थप गर्ने २०७९ असार ३१ गतेको निर्णयलाई सर्वोच्च अदालतले वैधानिकता दिने गरी फैसला गरेको छ ।’

सरकारको निर्णय र उक्त निर्णयलाई वैधानिकता दिने सर्वोच्चको फैसला दुइटै गलत भएको पार्टीको ठहर छ । लगानी जुटाउनका लागि जीएमआरलाई पटक पटक म्याद थप्ने सरकारको निर्णय र त्यसलाई वैधानिकता दिने सर्वोच्चले हालै गरेको फैसलाको पार्टीले विरोध गरेको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending