काठमाडौ। चीनले संघीय संसद् सचिवालयलाई ८ वटा विद्युतीय गाडी उपहार दिएको छ। जसमध्ये ३ वटा एसयूभी मोडलका छन् भने बाँकी इ–६ मोडलका छन्।
संसद सचिवालयका अनुसार सबै गाडीको मूल्य करिब साढे ३ करोड जति पर्न आउँछ।
गत वर्ष तत्कालीन सभामुख अग्नि सापकोटाको निमन्त्रणमा नेशनल पिपुल्स कंग्रेसका अध्यक्ष ली चाङ्शु नेपाल भ्रमणमा आएका थिए। उक्त भ्रमणको क्रममा नेपाललाई सहयोग प्रदान गर्ने विषयमा समझदारी भएको थियो। उक्त समझदारी अनुसार चीनले उपहारका रूपमा विद्युतीय गाडी पठाएको हो।
'तत्कालीन पिपुल्स कंग्रेसका अध्यक्ष ली चाङ्शुको भ्रमणका क्रममा नेपाललाई सहयोग प्रदान गर्ने समझदारी भएको थियो। त्यस अनुसार ८ वटा गाडी आएको होु,' संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भने, 'उपहारको गाडी तीन दिनअघि आइपुगेको हो।'
चीनले पहिलोपटक नेपाललाई गाडी दिएको भने होइन। तर यसपटक चीनले उपहार पठाएको गाडीमा 'चाइना एड' लेखेर पठाइएको छ। यसअघि नेपालले २०७२ सालमा नाकाबन्दीताका ९ वटा किया गाडी उपहार प्राप्त गरेको थियो। नाकाबन्दीका बेला वीरगंजबाट गाडी भित्र्याउन नसकेपछि विराटनगरको नाकाबाट उक्त गाडी नेपाल ल्याइएको थियो। यसपटक भने रसुवागढी नाकाबाट गाडी भित्रिएको हो।
चीनले गाडी दिए पनि चार्जर दिएको छैन। संसद सचिवालय चार्जिङ स्टेशनको अभावमा गाडी कसरी सञ्चालन गर्ने भन्ने अन्यौलतामा फसेको छ।
सचिवालयका एक कर्मचारीका अनुसार गाडीका लागि चार्जिङ स्टेशन बनाउन नेपाल विद्युत प्राधिकरणलाई पत्राचार गरे पनि प्राधिकरणले बजेट अभाव देखाएको छ।
'प्राधिकरणले ५० लाख जति बजेट व्यवस्था गरिदिए टेण्डर गरेर निर्माण गरिदिने बताएको छु,' ती कर्मचारीले भने, 'चार्जिङ स्टेशनको अभावमा गाडी उपत्यका बाहिर प्रयोग गर्न मुस्किल पर्ने देखिन्छ।'
संसद सचिवालय स्रोतका अनुसार आएका गाडीमा लेखिएको 'चाइना एड' मेटेर सभामुख, राष्ट्रिय सभा अध्यक्ष र पूर्व सभामुख, उपसभामुख र राष्ट्रिय सभाका उपाध्यक्षलाई गाडी दिने तयारी छ।
अन्य गाडी केही दलका नेतालाई प्रयोग गर्न दिने तयारी छ।
संसद सचिवालयले विगत लामो समयदेखि विभिन्न दातृ निकायबाट गाडी लिने गरेको छ।
संविधान सभाका दौरान रातको समयमा बैठक हुने गरेकाले सांसद र कर्मचारी ओसार्नका लागि भारतीय सहयोगमा सचिवालयले ठूला बस प्राप्त गरेको थियो। भारतीय दूतावासबाट प्राप्त सहयोग लेखिएको गाडी चढ्न सांसदहरूले नमानेपछि रातारात रंग लगाएर मेटिएको थियो। उक्त बस अझै पनि संसद सचिवालयले सञ्चालन गर्दै आएको छ।
त्यस्तै, शान्ति प्रक्रिया मिलाउन आएको संयुक्त राष्ट्रसंघीय निकाय 'अनमिन'ले नेपाल छाड्दा २०६४ सालमा संसद सचिवालयलाई ३० वटा स्कोर्पिया गाडी दिएको थियो।
संसद सचिवालयले संसदका पदाधिकारी, समितिका सभापति र सचिवालयका उच्च पदस्थ कर्मचारीका लागि गाडी व्यवस्थापन गर्ने गरेको छ।
संसदीय समितिका सभापतिहरूले राज्यमन्त्री सरहको सेवा सुविधा प्राप्त गर्ने गर्छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: