काठमाडौं। प्रधानमन्त्री कार्यालयमा बसेको संवैधानिक परिषद्को बैठकले भावी प्रधानन्यायाधीश सिफारिस गर्ने भनिएपनि सहमति जुट्न सकेन।
प्रधानन्यायाधीशको कार्यकाल ४ दिन बाँकी रहँदा बसेको संवैधानिक परिषद्को बैठकमा संसदीय समितिका सभापति चयनको विषय उठेपछि प्रधानन्यायाधीश सिफारिस पनि अड्किएको हो।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष समेत रहेका केपी शर्मा ओलीले परिषद्को बैठकमा संसदीय समितिका सभापति चयनको विषय उठाएपछि प्रधानन्यायाधीश सिफारिसको विषयमा सामान्य छलफल मात्र भएको समितिका एक सदस्यले जानकारी दिए।
‘समिति सभापतिहरू नहुँदा अप्ठेरो परेको भन्दै यो विषय पनि तत्काल टुंग्याउनुपर्ने उहाँ(केपी ओली) को जोड थियो,’ ती सदस्यले भने, ‘सार्वजनिक लेखा समिति लगायतका महत्वपूर्ण समितिलाई लामो समय खाली राख्नु उचित नहुने कुरा उठेको थियो।’
आजै साँझ मन्त्रिपरिषद् बैठक पनि भएकाले धेरै छलफल हुन नपाएको ती सदस्य बताउँछन्।
संवैधानिक परिषद्को बैठकले सिफारिस गर्न सकेन प्रधानन्यायाधीशको नाम, बिहीबार पुनः बस्ने
संवैधानिक परिषद्को अर्को बैठक आगामी बिहीबार साँझ ५ बजे बस्नेगरी स्थगित भएको छ।
आगामी बैठकमा प्रधानन्यायाधीशसहित अन्य संवैधानिक पदमा नियुक्तिबारे छलफल हुने राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए।
असार १ गते प्रधानन्यायाधीश नियुक्त भएका हरिकृष्ण कार्कीको पदावधि यही साउन २० गते सकिँदैछ।
अघिल्लो प्रधानन्यायाधीशको पदावधि सकिनु एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने भए पनि ढिला गरिएको हो।
यो संवैधानिक परिषद् बैठकले विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने तयारी छ। वरीयताक्रममा अगाडि रहेका उनले हरिकृष्ण कार्कीलाई प्रतिस्थापन गर्नेछन्।
२० गतेसम्म प्रधानन्यायाधीश नियुक्त हुन नसके वरीयताक्रममा अघि रहेका श्रेष्ठ कामु प्रधानन्यायाधीश बन्नेछन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: