Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

संविधान निर्माण भदौभन्दा पर जाँदैनः मन्त्री रिजाल

\"1440140109578_AR-KTM-Mantriकाठमाडौं । सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले संविधान निर्माणको काम भदौ मसान्तभन्दा पर नजाने दाबी गरेका छन् । लायन्स क्लब ३२५ ए वानले शुक्रबार आयोजना गरेको कार्यक्रममा मन्त्री रिजालले मस्यौदा समितिले आजभोलिमा नै मस्यौदा सभामुखसमक्ष बुझाउने र त्यसमा सैद्धान्तिक छलफलपछि विधेयक संशोधनका लागि संविधानसभामा छलफल गर्ने काम अगाडि बढ्ने भएकाले भदौ मसान्तसम्म जान सक्ने बताए । उनले सके सर्वसम्मतबाट अन्यथा दुई तिहाइबाट भए पनि देशलाई निकास दिन आवश्यक रहेको भन्दै आन्दोलनभन्दा पनि छलफल र वार्ताबाट निकास खोज्न विपक्षी दललाई आग्रह गरे । उनले भने –‘संविधानमा आफूलाई चित्त नबुझेका कुरा काट्दै जाने हो भने खाली कागज मात्र हुन्छ ।’ कार्यक्रममा लायन्स क्लब ३२५ ए वानका डिट्रिक गभर्नर लायन सुनिलभक्त श्रेष्ठले क्लब सेवाको भावनाका साथ अगाडि बढेको बताए । उनले सन् १९१७ मा अमेरिकामा स्थापना भएको क्लब अहिले विश्वका २१० मुलुकमा फैलिएको र १४ लाख सदस्य यसमा आबद्ध भएको जानकारी दिए । क्लबले देशमा हुने गरेको रगत अभावलाई मध्यनजर राख्दै त्रिभुवन विश्वविद्यालयले उपलब्ध गरेको तीन रोपनी जग्गामा एक करोड २५ लाखको लागतमा रक्तसञ्चार केन्द्र स्थापना गर्न लागेको छ । भूकम्पले गरेको क्षतिलाई मध्यनजर राखी क्लबले राहत सामग्रीमा रु एक करोड खर्च गरिसकेको र पुनःनिर्माणमा ४० करोडभन्दा बढी रकम खर्च गरिने जनाएको छ । पुनःनिर्माणमा खर्च गरिने रकमबाट एक हजार घर र तीन सय विद्यालय निर्माण गरिने लायन्सले जनाएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending