काठमाडौं। दुई वर्षअघि कप्तान पारस खड्काले अकास्मक तरिकाले पारस खड्काले राष्ट्रिय टोलीमा राजीनामा दिए।
नेपाली क्रिकेट टिममा पारसको संन्यासले सन्नाटा नै छायो। खेलाडी र क्रिकेट प्रेमीका लागि पारसको निर्णय सरप्रायज थियो। उनको संन्यासको अप्रत्यासित निर्णय केका लागि खुट्याउन सकिने अवस्था थिएन। पारस निकटले अनुमान गरे पारस क्रिकेट टिमको मात्र समग्र क्रिकेटकै नेतृत्व गर्न चाहन्छन्।
जिज्ञासाका प्रश्न पारसतिर तेर्सियो। प्रश्नबाट पारस भागेनन्। घुमाउरो तवरले समर्थन जनाए। आजकै दिन उनले संन्यास लिएको दुई वर्ष भयो।
अब भने उनी नेपाली राष्ट्रिय क्रिकेट संघ (क्यान)कै नेतृत्वमा जान पनि वैध भए। किनकि, खेलाडीले क्यानको नेतृत्वमा उम्मेदवारी दिन दुई वर्ष कुर्नुपर्छ। आजैमात्र पारसले सामाजिक सञ्जालले क्यानमा जाने तयारीरहेको बताएका छन्।
पारसले आसन्न निर्वाचनबाट आफू नेतृत्वमा आउन खोजेको स्वीकारेका छन्। ‘खेलाडीको रुपमा क्रिकेटबाट मैले सन्यास लिएको दुई वर्ष बित्दै गर्दा अहिले मेरो लक्ष्य नेपाली क्रिकेटलाई अझै उचाइमा पुर्याउनेमा केन्द्रित छ,’ उनले भनेका छन्, ‘सोहीअनुरुप पदाधिकारी, खेलाडी र सम्पूर्ण सरोकारवालाको जोश, जाँगर र उर्जालाई संगठित बनाउने र क्रिकेटको स्तरोन्नतिमा टेवा पुर्याउने ध्येय बनाएको छु।’
पारसले सामाजिक सञ्जालमा भिडियो नै राखेर निर्वाचनमा ‘विधानअनुरुप योग्यता पुग्ने सम्पूर्ण खेलाडी, प्रशिक्षक, अम्पायर, स्कोरर तथा क्लबका प्रतिनिधिलाई आफ्नो सदस्यता सुनिश्चित गरी विधानले दिएको हक र अधिकारको अभ्यास गर्न’ आग्रह गरेका छन्।
क्यान अध्यक्षमै हो पारसको इच्छा?
पारस निकटस्तका अनुसार पारस अहिले नै क्यान अध्यक्षमा दाबेदारी देखाउने छैनन्। उनी अन्य पदमा अडिएर एक कार्यकाल हेर्न चाहन्छन्।
तत्पचात् मात्र अध्यक्ष बन्ने तयारीमा छन्। क्यान अध्यक्षमा अब फेरि एक पटक चतुरबहादुर चन्द दोहोरिन चाहन्छन्। पछिल्ला उनका गतिविधिले पनि देखाउँछ।
कोषाध्यक्ष रोशन सिंह पनि अध्यक्षकै दाबेदार रहेको उनी निकटस्थहरू बताउँछन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: