Ntc summer Offer
Khabar Dabali ११ मंसिर २०८१ मंगलवार | 26th November, 2024 Tue
Investment bank

इंग्लिस प्रिमियर लिगको सुरुवातमै ‘ट्रेबल’ विजेता सिटीको सनसनी

ट्रफी जित्न भन्दा पनि सिटी रोक्न चुनौती

खबरडबली संवाददाता

काठमाडौं। इंग्लिस प्रिमियर लिगको नयाँ सुरु भइसकेको छ । सुरुवातमै म्यानचेस्टर सिटीले डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा शुक्रबार शानदार सुरुआत लिएको छ। 

उसले बर्नलीलाई ३–० ले हरायो र त्यसमा इर्लिङ हालान्डले दुई गोल गरे।

तर सिटीको यो जित केभिन डे ब्रुएनाले बेहोरेको चोटका कारण ओझेलमा पर्‍यो । ह्याम्सट्रिङ इन्ज्युरीका कारण ब्रुएनाले केही साता खेल गुमाउन सक्ने छन् ।

हालान्डले ४ र ३६ औं मिनेटमा गोल गरेयता रोड्रीले ७५ औं मिनेटमा तेस्रो गोल थपे । सिटी लगातार चौथो पल्ट लिग उपाधि जित्ने पहिलो क्लब हुने प्रयासमा छ ।

इंग्लिस प्रिमियर विश्वको सबैभन्दा लोकप्रिय र प्रतिस्पर्धात्मक लिग हो । फेरि एकपल्ट म्यानचेस्टर सिटी नै उपाधिका लागि बलियो दाबेदार देखिएको छ ।

टोलीले पछिल्ला ६ सिजनमा पाँचपल्ट उपाधि जितेको छ । पेप ग्वार्डिओलाको सिटीले गत सिजन लामो न लामो प्रयासपछि युरोपेली च्याम्पियन्स लिगको उपाधि जित्न सफल रह्यो । खासमा सिटीले तीन उपाधि जितेको थियो ।
यो ‘ट्रेबल’ उपलब्धिमा च्याम्पियन्स लिगसँगै लिग र कपको उपाधि थियो । यो उपलब्धिपछि स्पेनी ग्वार्डिओलालाई सर्वकालीन महान् प्रशिक्षकको सूचीमा राख्न सुरु भएको छ । यस सिजन उनले आठौं वर्ष इतिहादको जिम्मेवारी सम्हाल्ने छन् ।

लिगका बाँकी टिमको काम भने सिटीलाई रोक्ने नै हुनेछ । प्रश्न हो, यसमा को सफल हुनेछ त रु फेरि एक अर्को सिजन सिटीलाई सबैभन्दा बलियो चुनौती दिने टिमका रूपमा आर्सनल नै रहनेछ ।

सिजनको अधिकांश समय लिगमा अग्रता लिएर पनि अन्त्यतिर आर्सनलले माथ खाएको थियो । यस्तोमा आर्सनल सिटीपछि दोस्रोमै मात्र सीमित रह्यो । लिग उपाधि जित्नका लागि २० वर्षदेखि प्रतीक्षा गरिरहेको आर्सनलका लागि यो ठूलो धक्काका रूपमा रहेको थियो ।

यसको सबैभन्दा राम्रो उदाहरण हो आर्सनलले सिटीलाई कम्युनिटी सिल्डमा पराजित गर्नु । आर्सनलले नयाँ सिजनका लागि पर्याप्त खर्च गरेको छ, कीर्तिमान २० करोड पाउन्डभन्दा बढी । त्यसमाथि डेक्लेन राइस, काइ हाभर्टेज र जुरने टिम्बरको आगमनले आर्सनल उत्साहित रहको देखिन्छ ।

प्रशिक्षक मिकेल आर्टेटा भन्छन्, ‘हामी पक्कै पनि उपाधि जित्न चाहन्छौं । त्यस अर्थमा कम्युनिटी सिल्ड जितेर हामी खुसी छौं । हामी वास्तवमै सफल हुन चाहन्छौं ।’
गत सिजन म्यानचेस्टर युनाइटेडको प्रदर्शनमा पनि धेरै सुधार आयो । एरिक टेन हागको नेतृत्वमा टिमको प्रदर्शनमा सुधार आएको छ, एकरूपता आएको छ । यसैक्रममा युनाइटेड लिगको तेस्रो स्थानमा मात्र आएन, लिग कप जित्न पनि सफल रह्यो । यो ६ वर्षयता युनाइटेडले जितेको पहिलो उपाधि थियो ।

युनाइटेडलाई लिएर मूल प्रश्न हो, के टेन हागले यो टिमलाई कसरी अगाडि बढाउने छन् । लिगमा अझ राम्रो गर्ने हो भने युनाइटेडले पोहोरको सिजनभन्दा अझ बढी राम्रो खेल्नुपर्नेछ ।

न्युकासल युनाइटेड आश्चर्यजनक रूपमा चौथो स्थानमा आएको थियो गत सिजन । दुई दशकमा यो न्युकासलको सबैभन्दा राम्रो प्रदर्शन रहेको छ । साउदी अरेबियाको सिधा– सिधा लगानीपछि न्युकासल एकाएक असाध्यै बलियो देखिएको छ । एडी होको नेतृत्वमा न्युकासल यो सिजन युरोपेली च्याम्पियन्स लिग पनि खेल्दै छ । इंग्ल्यान्डका पारम्परिक केही शक्तिशाली क्लबका लागि न्युकासल फेरि एकपल्ट ठूलो तगारो हुने निश्चित देखिन्छ ।

पछिल्ला आठ सिजनयता लिभरपुलले पहिलोपल्ट युरोपेली च्याम्पियन्स लिग खेल्ने छैन् । चार वर्षअगाडि पहिलोपल्ट इंग्लिस प्रिमियर लिगको उपाधि जितेको योर्गन क्लोपको लिभरपुलका लागि पाँचौं स्थान पनि ठूलै उपलब्धि थियो । सुरुमा खराब खेलेको लिभरपुलले अन्त्य भने राम्रो गरेको थियो पछिल्ला ११ खेलमा अपराजित रहेर । क्लोपले भनिसकेका छन्, यसपल्ट लिभरपुल फेरि एकपल्ट लिग उपाधिका लागि बलियो दाबेदार हुनेछ ।

अझै पनि लिभरपुलका प्रमुख खेलाडी मोहम्मद सलाह नै हुनेछन् । तर, लिभरपुलले केही अनुभवी खेलाडी भने गुमाउने छ । जस्तो, कप्तान जोर्डन हेन्डरसनदेखि जेम्स मिल्नर, नेबी केइटा, रोबर्टो फाबिनो आदि आदि । जस्तै स्थितिमा पनि चेल्सी र टोटेनहमको चुनौती नकार्न सकिन्न । पछिल्लो सिजनयता यी दुवै टिममा धेरै परिवर्तन आएका छन् । दुवै टिमका लागि पछिल्लो सिजन निकै खराब जस्तै रह्यो, तर दुवैको इच्छा त्यसमा सुधार त पक्कै होला ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy