काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सधै आफू राम्रो भएको दाबी गर्छन्। आफूबाहेक अरू राम्रो भएको बताउँछन्। अधिकांश राजनीतिक नेताहरू अहिलेको राजनीति संकटमा परेको नै ओलीको संसद् विघटन भएको बताउँछन्।
यो बताउनेको पहिलो श्रेणीमा छन्। एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल छन्। उनी भन्छन्,'ओलीजीले संसद् विघटन नगरेको भए अहिले संकट आउने नै थिएन।'
तर अझै पनि ओली संसद् विघटन गलत गरेको भन्न चाहदैनन्। उनको त्यही हर्कतले एमालेले हरेक उपलब्धी बिग्रिदैछ। दुई तिहाइभन्दा बढीको सरकार उड्यो। त्यसबेलाका ७ प्रदेशमै एमाले फर्कियो। त्यसपछिको निर्वाचनमा दोस्रोमा खुम्चियो। वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारबाट पनि एमाले बाहिरियो। ओलीले प्रतिनिधिसभामा उभिएर संसद् विघटन सही थियो भन्ने अभिव्यक्तिपछि प्रचण्ड अतालिए। प्रचण्डले भनेका छन्, 'यो कुरा ननिकाल्ने सहमति भएको थियो। तर एकाएक त्यो कुरा निस्केपछि सँगै बस्न सकिँदैन भन्नेमा पुग्यौ।'
यही कारण एमाले संघीय सरकारबाट खेदियो। संघबाट मात्र नभई सातै प्रदेशमा एमाले प्रतिपक्षी बन्यो। आज पनि ओली प्रतिनिधिसभा विघटन सही भएको तर्क गर्दैछन्। ओलीले माधव नेपाललाई क्षति गर्दै वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजनालाई रोक्न आफूले प्रतिनिधिसभा विघटन गरेको तर्क गरेका छन् ।
मंगलबार एमाले बागमती प्रदेश कमिटीको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजनालाई रोक्न आफूले प्रतिनिधिसभा विघटन गरेको बताएका हुन् । प्रतिनिधिसभा विघटन नगरेको भए देशको वामपन्थी आन्दोलन ध्वस्त हुने उनको भनाइ छ ।
‘हामीले पुष ५ गते प्रतिनिधिसभा विघटनको सिफारिस गर्यौँ । विघटन गर्यौँ । हामीले ठीक ठानेर गर्यौँ । ठीक भनेर गर्यौँ । ठीक थियो र गर्यौँ । नगरी नहुने थियो र गर्यौँ,' ओलीले भने, 'होइन भने हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो । ध्वस्त पार्ने षड्यन्त्र थियो ।'
तत्कालीन समयमा आफूहरूलाई झुण्ड्याएर मार्ने डोरी बनाइएको भन्दै ओलीले आफूले संसद विघटन गरिदिएर सो डोरी छिनाल्दिएको दाबी गरे । 'हामीलाई झुण्ड्याउन जुन डोरी उनीहरूले तयार गरेका थिए, त्यो डोरी हामीले छिनाल्दियौँ । पुस ५ गतेको कदम भनेको त्यही हो,' ओलीले भने, 'हामीलाई झुण्ड्याएर मार्ने जुन डोरी उनीहरूले बनाएका थिए त्यो डोरी हामीले काटिदियौँ ।'
प्रतिनिधिसभा विघटनपछि पार्टीको सदस्यबाटै निकालिएका आफूहरूले संगठन विस्तार र सुदृढ गरेर मजबुत र प्रमुख पार्टीको रूपमा पुनःस्थापित गरी प्रतिनिधिसभामा प्रवेश गरेको उनको भनाइ छ । प्रतिनिधिसभा विघटन त्यस बेलाको अपरिहार्यता भएको उनको दाबी थियो । उनले आफ्नो कदम राजनीतिक, संवैधानिक र संसदीय भएको जिकिर गरे ।
माधवकुमार नेपाल वामपन्थी आन्दोलन समाप्त पार्नका लागि हदैसम्म गिरेको ओलीको आरोप छ । नेपालले दुई तिहाईको कम्युनिस्ट सरकार ढालेर प्रतिक्रियावादी र दक्षिणपन्थी सरकार बनाउन भोट दिएको उनले तर्क गरे ।
‘विचरा माधव नेपाल । नाम त नलिए हुने हो । तर, यो आन्दोलन समाप्त पार्नका निम्ति उनी यति तल गिरे । अदालत गए । कहाँ गएनन् रु के गरेनन् उनले रु र प्रतिक्रियावादी, दक्षिणपन्थी सरकार बनाए,' ओलीले भने, 'यो पार्टीमा बस्दाबस्दै, यसको वरिष्ठ नेता हुँदाहुँदै पछाडिको सिटमा बसेर, पछाडिको ढोकाबाट घोसे मुन्टो लगाएर लुसुक्क गएर हाम्रो सरकार गिराउन भोट दिए । दक्षिणपन्थी सरकार बनाउन भोट दिए । कहाँसम्म गिरेका होलान् ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: