Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

कोखको खत, जसले एउटा शिशुको जीवन बचायोः एउटी आमाको मार्मिक तस्विर

\"helenआमाको पेटमा गरिएको सर्जरी घाउको मुनितिर सुतिरहेको नवजात शिशुको तस्विर जुन अहिले विश्वभरी भाइरल बनिरहेको छ । आमाले तिन दिनको कष्टपूर्ण प्रसव पिडा सहेर सर्जरी मार्फत एउटा नवजात शिशुलाई जन्म दिन्छिन् । चर्चित फोटाग्राफर २९ बर्षिया हेलेन अलेरल शिशुलाई आमाको सर्जरी गरिएको घाउको मूनी तिर मस्त निदाइएरहेकोे दृश्यलाई आफ्नो क्यामेरामा कैद गरिन् । र उनले खिचेको त्यो तस्विर आफ्नो फेसबुक पेज मार्फत सेयर गर्छिन् । त्यसपछि सामाजिक सञ्जालमा तस्विरले भाईरल भएको छ । सामाजिक सञ्जाल फेसबुकमा मात्रै उक्त तस्विर हजारौँ पटक शेयर, लाखौँ पटक लाईक र विश्वका चर्चित मिडियाहरुले फिचर कभर गरेका छन् । तस्विरले के अर्थ दिन्छ या यस्को के महत्व छ भन्ने छुट्टै बहसको बिषय हुन सक्ला तर अहिले विश्वभरी यस्को नैतिक पाटो, यस्को सत्यता लगायतका पक्षहरुमा भने निकै ठुलो बहस श्रृजना भएको छ । दुई बच्चाकी आमा हेलेनले आफ्नो त्यो तस्विरले सामाजिक सञ्जाल फेसबुकमा भाइरलको रुप लिएपछि आश्चार्य व्यक्त गर्दै स्टाटसमा लेखेकि छिन्– ‘मैले सोचेकि पनि थिइन कि यो तस्विर यति टाढासम्म पुग्छ भनेर ।’ उनले तस्विर लिएको बारेमा फेसबुकमा लेखेकी छिन् ‘केहि हप्ता अघि  मैले ति आमाको तस्विर लिन जाँदा उनले सर्जरीकोे डर लाग्दो अवस्थाबारे मलाई बताएकी थिइन् । त्यसको केहि हप्ता पछि ति गर्भवति महिला काममा गएको बेला उनलाई बिलिडिङ् भयो र उनि पुनः सर्जरिका लागि गइन् । ती महिलाले सर्जरी गरेको घाउको तस्विर लिन मलाई पनि बोलाएकी थिइन्, जस्ले ती आमा र बच्चाको ज्यान बचाएको थियो ।’ तर हेलेन आफै आठ महिनाकि गर्भवति भएकोले उनि सर्जरी कक्षमा जान नकारेकी थिइन् । केहि समयपछि उनि आफै त्यहाँ जानु पर्ने भएकोले पनि उनि त्यहाँ जान डराई रहेकि थिइन् । उनी भन्छिन् ‘अरु मानिसको नकरात्मक प्रतिक्रियाले पनि मर्लाइ डर लागिरहेको थियो ।’ \"helen उनले यो तस्विर फेसबुकमा राखेपछि केहि प्रयोगकर्ताले यसलाई हटाउन फेसबुकलाई रिपोर्ट गरेका थिए । उनले भनिन् ‘केहि म्यासेजमा त्यो तस्विर आपत्तिजनक भएको प्रतिक्रिया पनि छन् ।’ उनी थप्छिन् ‘विश्वासनै लागि रहेको छैन कि तस्विरले यति धेरै ध्यानलाई केन्द्रित गर्छ भनेर । तस्विरमा भएकी महिला भने यो तस्विरलाई गोप्य नै राख्न चाहान्थिन् ।’  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies