Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

बन्दकर्ताद्वारा दुई ट्रकमा आगजनी, बस पल्टिँदा चौध घाइते

\"fireसप्तरी । सीमाङ्कनको विरोधमा उत्रिएका संयुक्त मधेसी मोर्चाले बन्द अवज्ञा गरेको भन्दै सप्तरीका छुट्टाछुट्टै ठाउँमा मोर्चाका कार्यकर्ताले शनिबार बिहान दुई वटा ट्रकमा आगजनी गरेका छन् । विराटनगरबाट तरकारी लिएर काठमाडौँतर्फ जाँदै गरेको को१ख ३३८९ नंको मालबाहक ट्रकमा बन्दकर्ताहरुले सप्तरीको भारदह–१ स्थित कोसी ब्यारेज सडकखण्डमा आगजनी गरेको प्रहरीले जनाएको छ । आगजनीबाट ट्रक पूर्ण रुपमा जलेर क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ । यस्तै आजै बिहान सप्तरीको पोर्ताहास्थित पूर्वपश्चिम राजमार्ग सडकखण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना३ख ७३०० नंको मालबाहक ट्रकमा समेत मोर्चाका कार्यकर्ताले बन्द अवज्ञा गरेको भन्दै आगजनी गरेका हुन् । त्यस्तै प्रहरीले सुरक्षा दिएर लैजाँदै गरेको ना३ख ४२६६ नंको बसमा बन्दकर्ताले ढुङ्गामुढा गर्दा बस एक्कासि अनियन्त्रित भई पल्टेको बताइएको छ ।  प्रहरीले भने ढुङ्गामुढाले नभई बस आफैँ मोडमा पल्टेको जनाएको छ । सो बसमा सवार १४ जना यात्रु घाइते भएका छन्  । घाइतेहरुको स्थानीय स्वास्थ्य क्लिनिकमा र गम्भीर घाइते भएकाहरुलाई विराटनगर पठाइएको प्रहरीले जनाएको छ । मोर्चाले आह्वान गरेको बन्दबाट दिनप्रतिदिन सप्तरीको जनजीवन प्रभावित हुँदै गइरहेको छ ।  सप्तरीको सदरमुकाम राजविराजबाट चल्ने लामो तथा छोटो दूरीका सवारी साधन चल्न दिइएका छैन् भने राजमार्गअन्तर्गतको भारदह, कञ्चनपुर, रुपनी, कल्याणपुरलगायतका ठाउँमा ढुङ्गा तेस्र्याएर सडक अवरुद्ध पारेका छन्  । कलकारखाना, बजार, पसल, शिक्षण संस्थासमेत पूर्ण रुपमा  बन्द रहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies