काठमाडौँ। कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत माग्न भोलि कोशी प्रदेशसभाको बैठक बस्दै छ।
मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने–दिन सोमबारको प्रदेशसभा बैठकमा उपस्थित हुन नसक्ने भन्दै नेकपा एमाले र राप्रपाका ज्येष्ठ सदस्यहरुले निवेदन दिएका छन्।
दुवै विपक्षी दलहरुलाई पत्र लेख्दै थापाले आइतबार विश्वासको मत मागिरहँदा राप्रपाले आफ्ना सबै सांसदलाई विश्वासको मतका दिन प्रदेशसभामा अनुपस्थित गराउने तयारी गरेको हो। विपक्षी दलको यस्तो तयारीले थापा नेतृत्वको कोशी सरकार फेरि संकटमा परेको छ।
९२ सदस्यीय कोशी प्रदेशको अंक गणित निकै अप्ठ्यारो रहेकाले भोलि के हुन्छ भन्ने चासो राजनीति वृतमा बढेको छ। सत्ता गठबन्धनसँग स्पष्ट बहुमत ४७ सदस्य रहे पनि बैठकको अध्यक्षता कसले गर्छ भन्ने विषयले कोशीको गणितलाई सकसपूर्ण बनाएको छ । प्रदेशसभाको सोमबारको बैठकमा अनुपस्थित हुन पार्टी अध्यक्ष राजेन्द्र लिङदेन र संसदीय दलका नेता भक्ति सिटौलले सांसदहरुलाई निर्देशन दिइसकेका छन्।
कोशी प्रदेशसभा सचिवालयका प्रवक्ता गौतमराज अमात्यले एमालेका सांसदहरु रोहितबहादुर कार्की, मालतीकुमारी लिम्बू, रामप्रसाद महतो, तारादेवी ढकाल, खड्गबहादुर बस्नेत, किशोरचन्द्र दुलाल र ज्ञानेन्द्र सवेदीले निवेदन दर्ता गराएको जानकारी दिए। उनीहरुमध्ये किशोरचन्द्र दुलाल भने अमेरिकामा छन्। अरु सबैले संसद सचिवालयमा उपिस्थित भइ निवेदन दर्ता गराएको अमात्यले बताए।
यस्तै राप्रपाका अम्बरबहादुर बिष्ट र गोपालबहादुर विश्वकर्माले संसदमा उपस्थित हुन नसक्ने भन्दै निवेदन दिनु भएको हो। सत्ता गठबन्धनले गयानन्द मण्डललाई मन्त्री बनाएपछि एमाले र राप्रपाका सांसदहरु प्रदेशसभामा ज्येष्ठ सदस्यको लाइनमा छन् । उनीहरुपछि नेपाली कांग्रेसका अमृत अर्यालको पालो आउँछ । अर्यालभन्दा ज्येष्ठ सदस्य रहेका उद्धव थापा मुख्यमन्त्री र कमलप्रसाद जवेगु मन्त्री भएकाले उनीहरुले सभा चलाउनु पर्दैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: