Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

कांग्रेसको वैधानिकतामा प्रश्न उठ्न लागेपछि संविधान संसोधन

\"congressकाठमाडौं । कांग्रेसले पार्टीको महाधिवेशन सार्न संसद्मा अन्तरिम संविधान संशोधन प्रस्ताव लैजान सरकारलाई आग्रह गर्ने भएको छ ।
आजको नयाँ पत्रिका दैनिका खबर छ पार्टीको वैधानिकतामा नै प्रश्न उठ्ने भएपछि कांग्रेसले १२ भदौसम्ममा अन्तरिम संविधान संशोधन हुने गरी प्रस्ताव लैजान सरकारलाई आग्रह गर्न लागेको छ ।
बालुवाटारमा शनिबार बसेको कांग्रेस पदाधिकारी बैठकले तत्काल संविधान नबन्ने अवस्था आएको र तोकिएको मितिमा पार्टीको १३औँ महाधिवेशन हुन पनि नसक्ने भएकाले संविधान संशोधन लागि आग्रह गर्ने निर्णय गरेको हो । यसबारे अन्य दलसँग पनि छलफल गर्ने बैठकको निर्णय छ । कांग्रेस विधानमा चार वर्षमा पार्टीको महाधिवेशन गर्ने उल्लेख छ । विशेष परिस्थितिमा एक वर्ष थप्न सक्ने पनि विधानमा व्यवस्था छ । तर, एक वर्ष थपेर २ देखि ५ असोजसम्म काठमाडौंमा महाधिवेशन गर्ने मिति तोकिएको छ । तर, अहिलेसम्म महाधिवेशनको तयारी भएको छैन । असोजमा महाधिवेशन नभएमा संवैधानिक संकट पर्ने भएकाले विकल्पका रूपमा संविधान संशोधनको प्रक्रिया तत्काल अघि बढाउनुपर्ने निष्कर्ष पदाधिकारी बैठकको छ । अन्तरिम संविधानमा प्रत्येक पार्टीको महाधिवेशन पाँच वर्षमा गर्नुपर्ने उल्लेख छ । यो समयमा नगरिए पार्टीको वैधानिकतमा नै प्रश्न उठ्नेछ । संविधान निर्माणमा लागेकाले महाधिवेशन तयारीमा केन्द्रित हुन नसकिएको नेताहरूले बताउँदै आएका छन् । नयाँ संविधानको मस्यौदामा भने दलहरूले विशेष परिस्थितिमा ६ महिनासम्म महाधिवेशन सार्न सकिने प्रावधान राखेका छन् । ‘नयाँ संविधान आइहालेको भए अन्तरिम संविधान २०६३ संशोधन गर्नुपर्ने थिएन । नयाँ संविधानको मस्यौदामा महाविधेशन गर्न पाँच वर्ष राख्ने र विशेष अवस्थामा ६ महिना थप गर्ने प्रावधान राखिएको छ । तर, नर्मल प्रोसेसमा पनि अब २२ र २५ भदौसम्म पनि संविधान जारी हुन गाह्रो देखिँदै छ,’ कांग्रेस प्रवक्ता दिलेन्दप्रसाद बडूले नयाँ पत्रिकासित भने, ‘अब तत्काल संविधान संशोधन नगरे कांग्रेसको वैधानिकतामा नै प्रश्न उठ्ने भयो । यस्तो अवस्थामा कि संविधान निर्माणको काम छोडेर महाधिवेशनमा केन्द्रित हुनुपर्‍यो कि संविधान संशोधनमा लाग्नुपर्‍यो भन्ने हाम्रो निर्णय हो ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending