Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

विदेशमा बस्ने नेपालीलाई नागरिकता र मताधिकार दिनुपर्छः रौनियार

\"darsan\"काठमाडौं । नेपाली मूलका अमेरिकी राजनीतिकर्मी दर्शन रौनियारले ‘नयाँ नेतृत्व र नयाँ विचार’को नाराका साथ अब आफू नेपाली राजनीतिमा आउने बताएका छन् । रासससँग कुरा गर्दै रौनियारले नेपाली साथीहरुसँग मिलेर वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने आफ्नो ध्येय रहेको बताए । सूचना प्रविधि उद्यमी रौनियार सन् २०१२ को अमेरिकी सिनेट सदस्यमा वासिङ्टनबाट उम्मेदवार रहेका थिए । उनी सन् २००८ मा भएको राष्ट्रपतिको निर्वाचनमा बाराक ओबामाको चुनावी अभियानमा पनि संलग्न थिए । सन् १९८८ मा इलेन्ट्रोनिक इन्जिनियरिङ अध्ययन गर्न नेपालबाट अमेरिका गएका  रौनियार दश वर्षपछि त्यहाँ सूचना प्रविधि उद्यमी बनेका थिए । हार्डवेयर र सफ्टवेयर कम्पनीहरुमा उनी  इन्जिनियरिङ, बजार, बिक्री र व्यवस्थापन क्षेत्रमा विभिन्न तहको अनुभव हासिल गरिसकेका छन् । गत वैशाख १२ को ‘गोरखा भूकम्प’पछि नेपाल आई २५ जिल्लाका गाउँ र नगरमा उनले आफ्नै खर्चमा राहत पनि वितरण गरेका थिए । ‘मैले जनतामा निकै निराशा, पीडा र आक्रोश पाएँ, उनीहरुले नयाँ नेतृत्व चाहेका छन ’ उनले भने , ‘हामी सुनको पसलमा बसेर भीख मागिरहेका छौँ, यो रोकिनुपर्छ, अब राजनीतिक स्थायित्व ल्याएर विकास फैलाउनु जरुरी छ ।’ नेपाली जनता निकै स्वच्छ, सुशील  र निर्दोष रहेको तर यहाँ निकै शोषण भइरहेको आफूले पाएको बताउँदै उनले सरकारले जनतालाई न्यूनतम रुपमा गाँस, बास र कपासको व्यवस्था गर्नुपर्ने सुझाव दिए  । उनले सरकारले पूर्वाधार निर्माण र वातावरण तयार गरिदिनुपर्ने र यहाँका राजनीतिक दल, नेता, उद्यमी, र युवामा देखिएको अन्योल नै पहिले चिर्नुपर्नेमा जोड दिए । उनले अमेरिकाले आफ्नो संविधानमा मानिसको जीवन, स्वतन्त्रता र खुसीलाई नै मुख्य रुपमा जोड दिई संविधान, राज्य प्रणाली, राज्यका तीन अङ्गको शक्ति सन्तुलन र शक्ति विकेन्द्रीकरणका माध्यमबाट पारदर्शिता, जनताप्रतिको उत्तरदायित्व र अनुगमनबाट शक्तिशाली बनेको बनाउँदै नेपालमा पनि राष्ट्रपति वा प्रधानमन्त्री, संसद् र स्थानीय तहमा सबैमा दलगत नभई स्वतन्त्र प्रत्यक्ष निर्वाचन भएमा निर्वाचित प्रतिनिधि जनताप्रति बढी उत्तरदायित्व हुने विश्वास व्यक्त गरे । उनले युवा उमेरमै राजनीतिक नेतृत्व पाएमा मुलुकले निकै छिटो फड्को मार्ने विश्वास व्यक्त गर्दै गरे । आफूले वासिङ्गटनबाट अमेरिकी सिनेटमा उम्मेदवारी दिएपछि सगरमाथाको देश नेपाल र नेपालीलाई अमेरिकी जनताले बढी चिन्न थालेको जिकिर गर्दै उनले आफ्नो पहलमा सन् २०१३ मा नेपालको राजनीतिक स्थिरता र लोकतान्त्रिकीकरणका पक्षमा ‘नेपाल प्रस्ताव’बारे छलफल भएको र पछि सन् २०१५मा १० सांसदसँग भेटघाट र ह्वाइट हाउसका उच्च सल्लाहकारसँग नेपालका बारेमा अन्तर्क्रिया हुन पाएको जानकारी पनि दिए । ‘नेपाल सरकारले एक पटकको नेपाली सधैँको नेपाली भन्ने मागलाई मान्यता दिनुपर्छ, गैरआवासीय नेपालीलाई पनि बिनासङ्कुचन राजनीतिक अवसर दिनुपर्छ, एक्काइसौँ शताब्दीमा सरकारले खुला मन राख्नुपर्छ’  हालै यहाँ गठित मुभमेन्ट फर चेन्ज९एमफरसी०का संयोजक रौनियारले भने ,‘ विदेशमा बस्ने नेपालीलाई पनि राजनीतिक अधिकारसहित नागरिकता र मताधिकार दिनुपर्छ, ।’ एमफरसीले जन्मेदेखि नै सरकारबाट नागरिकता, नवजात बालिबालिकादेखि ५ वर्ष उमेरका बालबालिका र तिनका आमालाई निःशुल्क स्वास्थ्य, ५–२० वर्षका बालबालिका र  किशोरलाई निःशुल्क शिक्षा, २०–४० वर्षका युवालाई रोजगारीको वातावरण सिर्जना र बुढेसकालमा सामाजिक सुरक्षाभत्ता दिलाइदिनका लागि दबाब दिने बताउँदै त्यति उपलब्ध भएमा जनताले आफैँ मिहिनेत गरी उन्नति गर्ने विश्वास व्यक्त गरे । उनले भने – ‘अब म अमेरिकाको विलासी जीवन छाडेर मातृभूमिको सकारात्मक परिवर्तनका लागि भूमिका खेल्छु,  नेपाललाई संसारकै प्राङ्गारिक खेतीको मुलुक बनाउन चाहन्छु, यहाँको जलस्रोत, पर्यापर्यटन र कृषि पर्यटनमा सम्भावना खोज्नुपर्छ, म स्पष्ट दृष्टिकोणसहित बलियो नेतृत्व खोजिरहेको सार्वभौम नेपालको मागलाई परिपूर्ति गर्न चाहन्छु  ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending