काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेले एसियाली खेलकुद खेल्न नसक्ने बताएका छन् । एकपछि अर्को पेसी स्थगित हुँदै गएपछि सन्दीप निकै कमजोर मनस्थितिमा पुगेका छन् ।
जिल्ला अदालतमा विचाराधीन मुद्दामा फैसला पेसी नै १७ पटक सरिसकेको छ । पछिल्लो दुईवटा पेसी ‘न्यायाधीश अभाव’ का कारण देखाउँदै स्थगित भए ।
यो मुद्दाको फैसला आफ्नो भागमा नपरोस् भनेर न्यायाधीशहरू भागाभाग गरिरहेका छन् । उनको पेसीको दिन न्यायाधीशहरू अदालत आउनसमेत डराउन थालेको स्रोतहरू बताउँछन् ।
हरेकपटक नेपालको अन्तर्राष्ट्रिय प्रतियोगिता आउँदा सन्दीपलाई मुद्दाले दुस्ख दिने गर्छ । उनी टीमसँग विदेश उड्न पाइरहेका छैनन् । अदालतले सन्दीपलाई क्रिकेट खेल्न कुनै रोकटोक गरेको छैन । विदेश जान पनि अनुमति छ ।
सन्दीपविरुद्ध परेको बलात्कार मुद्दाको अन्तिम सुनुवाइ सरेपछि नेपाल क्रिकेट सङ्घ (क्यान)ले लामिछानेलाई चीन पठाउन चाहेको थियो ।
नेपाली क्रिकेट टीम एसियन्स गेम्स खेल्न अस्ति चीनतर्फ प्रस्थान गर्यो । तर, सन्दीप नेपालमै छन् । नेपाली टीम चीन जाने भोलिपल्ट अर्थात् हिजो उनको पेसी थियो । तर, कुनै पनि न्यायाधीशले उनको मुद्दाको गोला नतानेको भन्दै सुनुवाइ स्थगित भएको छ ।
मुद्दा स्थगत भएपछि क्यानले आज उनलाई चीन पठाउने तयारी गरेको थियो । टिकट पनि काटिएको थियो । तर, सन्दीप आज नजाने भएका छन् । हिजो उनले क्यान अध्यक्ष चतुरबहादुर चन्दसँग भेटेर आफू खेल्नसक्ने अवस्थामा नरहेको बताएका थिए ।
तर उनले मानसिक रूपमा आफू प्रतियोगिता खेल्न तयार नरहेको बताएका छन् । सन्दीपको जवाफपछि सोमबारका लागि तय भएको टिकट समेत रद्ध भएको छ ।
क्रिकेटर सन्दीपविरुद्ध बलात्कारको मुद्दा जिल्ला अदालत, काठमाडौँमा विचाराधीन छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: