Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

नेपाल रेल सेवा : जाडोमा नयाँ समयतालिका निर्धारण

खबरडबली संवाददाता


जनकपुरधाम। विजलपुरा–जनकपुरधाम–जयनगरसम्म सञ्चालन भइरहेको नेपाल रेल सेवा अगामी मङ्सिर १ गतेदेखि हालको समयतालिकामा परिवर्तन गरिएको छ । 

मङ्सिर महिनादेखि चिसो बढ्ने र दिउँसोको समय छोटो हुने हुँदा यात्रुहरुको स्वास्थ्य सुरक्षाको दुष्टिकोणले हालको समयतालिकामा परिवर्तन गरिएको हो । दैनिक आउजाउ गरी ६ पटक सञ्चालन भइरहेको रेल भगहा (विजलपुरा)–जयनगर खण्डमा पूर्ववत दैनिक एक सेवा सञ्चालन हुनेछ।

जनकपुरधाम–जयनगर खण्डमा दैनिक तीन सेवा सञ्चालन यथावत रहेको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक (प्रबन्ध सञ्चालक) निरञ्जनकुमार झाले भने, “चिसो मौसमका कारण यात्रुहरुको स्वास्थ्यलाई मध्यनजर गरी समयसारणी मात्र परिवर्तन गरिएको छ।”

नयाँ समयतालिका

रेल सेवाको नयाँ समयअनुसार पहिलो ट्रिप रेल भगहाबाट ९बिजलपुरा० बिहान ७ः३० प्रस्थान र जयनगर ९ः१५ पुग्ने र अन्तिम जयनगरबाट दिउँसो ४ः१५ बाट चल्ने रेल साँझ ७ः१५ बजे भंगहा आइपुगेर रात्री बिश्राम बस्ने नेपाल रेल्वे कम्पनी लिमिटेड केन्द्रीय कार्यालय जनकपुरधामले जनाएको छ । 

त्यस्तै, जयनगरबाट बिहान १० बजे प्रस्थान हुने रेल जनकपुरधाम ११ः१५ बजे पुग्ने र सोही रेल जनकपुरधामबाट बिहान ११ः४५ बजे चल्ने रेल जयनगर दिउँसो १ः१५ बजे पुग्ने जनाएको छ । यसैगरी, फेरि जयनगरबाट दिउँसो १ः४५ बाट चल्ने रेल जनकपुरधाम दिउँसो ३ः१० बजे आइपुग्ने र सोही रेल पुनः जनकपुरधामबाट दिउँसो ३ः१५ बजे सञ्चालन भइ दिउँसो ४ः४० बजे जयनगर पुग्ने नेपाल रेल्वे कम्पनी लिमिटेड केन्द्रीय कार्यालय जनकपुरधामका कर्मचारी रञ्जितकुमार ठाकुरले जानकारी दिनुभयो । 

दिउँसो ४ः४५ बजे जयनगरबाट बिजलपुराको लागि अन्तिम रेल सेवा सञ्चालन हुने उनले भने। यो रेल साँझ ७ः१५ बजे भंगहा (विजपुरा) पुगेर रात्री बिश्राम बस्ने छ । 

यसअघिको समय

नयाँ वर्ष २०८० वैशाख १ गतेदेखि पहिलो पटक नेपाली भूमिबाट सिधै रेल सेवा सञ्चालन भएर जयनगरसम्म सञ्चालन भएको हो । यसअघिसम्म जयनगरबाट गुड्दैआएको रेल जनकपुरधामको कुर्थासम्म आउजाउ गरिरहेको थियो । जयनगरदेखि–जनकपुरधामको कुर्थासम्म दैनिक दुई पटक आउजाउ गर्दैआएको रेल सेवा कुर्था र जयनगरबाट छुटाछुट्टै समयमा रेल सञ्चालनमा ल्याएको थियो ।

महाप्रबन्धक (प्रबन्ध सञ्चालक) निरन्जनकुमार झाले भने, “रेल सेवाको प्रस्थान र विश्राम बिन्दु कुर्था नै थियो । त्यसबेला पहिलो ट्रिप रेल सेवा कुर्थाबाट बिहान ७ः१५ मा सञ्चालन भइ बिहान ९ः१५ बजे जयनगर पुग्ने र जयनगरबाट बिहान ९ः३० बजे चल्ने सोही रेल कुर्था बिहान ११ः३० पुग्ने गरिन्थ्यो ।” 

त्यस्तै, दोस्रो ट्रिप पनि कुर्थाबाट दिउँसो २ः४५ बजे रेल गुडेर ४ः४५ बजे जयनगर पुग्ने र त्यहाँबाट फेरि दिउँसो ५ः०० बजे गुडेर साँझ ७ः०० कर्था पुग्ने गरेको थियो, महाप्रबन्धक झाले जानकारी दिए। 

मौसम र वातावरणलाई ध्यानमा राखेर धार्मिक पर्यटक र व्यापार व्यवसायीलाई सहयोग पुग्ने हिसाबले समयतालिकामा परिवर्तन गरेको महाप्रबन्धक झाले बताए। 

अहिलेको समय तालिका अनुसार चिसोयामको छोटो दिनको समयमा व्यापारीलाई खरिदबिक्री गर्न र पर्यटकलाई दर्शन, घुमफिर गर्न समय मिल्ने र घर फर्किन सहज हुनेगरी समयतालिका परिवर्तन गरेको उनको भनाइ छ।

बिजलपुरादेखि जयनगरसम्म ५२ किलो मिटर रेलको दूरी छ भने जयनगर–जनकपुरधामको कुर्थासम्म ३५ किलो मिटर दूरी रहेको छ । सुरुमा रेलको रात्री विश्राम जयनगर बजार सीमावर्ती नेपालको इनर्वामा थियो । त्यहाँबाट जयनगर पुगेर दैनिक दुई पटक आउजाउ गरिरहेको थियो । २०८० वैशाख यतादेखि रात्री विश्राम कुर्थामा रहेको थियो । 

यस रेल विस्तार परियोजनाको प्रथम चरणमा जयनगर–जनकपुर कुर्था ३५ किलोमिटर, दोस्रो चरणमा धनुषाको कुर्थादेखि महोत्तरीको विजलपुरा भंगहासम्म १७।५ किलोमिटर रेलको लिक तयार भएको छ । तेस्रो चरणमा विजलपुरा भंगहादेखि बर्दिवाससम्म १८ किलोमिटर खण्डमा रेल सेवा सञ्चालनको लागि लिक निर्माण कार्य भइरहेको छ । 

विसं १९९४ जुद्धशम्शेरका पालामा सुरुभएको बिजलपुरा–जनकपुर–जयनगर ५२ किमी रेलमार्ग विसं २०५८ मा बाढीले बिग्हीपुल (लोहारपट्टी, महोत्तरी) भत्काएपछि जनकपुर–जयनगर ३५ किलोमिटरमा सीमित भएको थियो। नेपालमा पहिलो रेल सेवा वि।सं १९८४ मा चन्द्रशम्शेरको पालामा रक्सौल–अमलेखगञ्ज सुरु भएको थियो।

अहिले सञ्चालन भइरहेको नेपाली रेल, २०७७ असोज २ गते भारतीय रेल्वे कम्पनी कोंकणले कर्पोरेशनसँग ८४ करोड ६५ लाख रुपियाँमा दुई सेट ‘डेमो ट्रेन’ (डिजेल इलेक्ट्रिक मल्टिपल युनिट) खरिद गरी ल्याइएको थियो।

सो रेलमा एक हजार २०० देखि एक हजार ३०० जनासम्म यात्रु बसेर तथा उभिएर यात्रा गर्न सक्ने क्षमता छ। 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy