Khabar Dabali १३ श्रावण २०८३ बुधबार | 29th July, 2026 Wed
Investment bank

त्योबेला बीपी र राजा महेन्द्र मिलेको भए !

खबरडबली संवाददाता

काठमाडौं । ५६ वर्ष अघि मुलुकको पहिलो निर्वाचित सरकार र संसद माथि ‘कु’ गरेर राजा मेहन्द्रले सैन्यबलमा शाही निरंकुशता सुरु गरे । प्रजातन्त्रवादीहरु त्यसैले पुष १ लाई कालो दिनका रुपमा चिन्छन् ।

त्यो दिनले देशमै पहिलो पटक स्थापित प्रजातान्त्रिक शासन व्यवस्थाको अन्त्य मात्र गरेन बरु मुलुकमा कायम रहँदै आएको शाहवंशीय राजतन्त्र अन्त्यको मार्ग चित्र बनाउने आधार समेत स्थापित गरिदियो । धेरै मानिसहरु आजसम्म पनि भन्ने गर्छन् बीपी र राजा महेन्द्र मिलेर त्यो बेला प्रजातान्त्रिक शासन व्यवस्था चल्न पाएको भए देश धेरै अघि जाने थियो ।

कसरी आएको थियो पुस १ ?

२०१५ सालका सांसद श्रीभद्र शर्माले त्यो दिनको स्मरण गर्दै ‘बीपीसँगका केही स्मरण’ नामक आफ्नो पुस्तकमा लेखेका छन्, ‘घाम एकदमै प्यारो लाग्ने याममा आकाश जब बादलले डम्म ढाकिन पुग्छ र वातावरण पूरै रुदिलो र बुदिलो वन्छ, त्यस्तो दिनलाई संस्कृत भाषामा दुर्दिन भनिन्छ ।

रातिदेखि बुँदाबुँदी पानी परेको र आकाश पूरै कालो बादलले डम्म ढाकिएको । चिसो बतासले मुटु कमाउने र कुहिरोले गर्दा दृष्टि परसम्म फैलिन नपाउने दुर्दिन थियो पुष १ गते ।

बिहानैदेखि काठमाडौंका सडक गल्ली र चोक चोकमा सेनाका बख्तर बन्द गाडीहरु ओहरदोहर गर्न थाले। त्यो दृष्यले सम्भावित दुर्घटनाको संकेत गरिरहेको थियो । राजाले आज भोलीमा ‘कु’ गर्छन् भन्ने हल्ला धेरै दिनदेखि चलेको थियो ।’

खासमा राजा महेन्द्र बीपीलाई सत्ताबाट हटाएर उनको स्थानमा कांग्रेसकै अर्का नेता सुवर्णशमशेर राणालाई प्रधानमन्त्री बनाउन चाहन्थे । त्यसका लागि राजाले बीपीमाथि अनेकौ उपायमार्फत् दबाब दिए ।

कुनै उपाय नचलेपछि राजाले निर्वाचित सरकारलाई हटाउँछन् भन्ने हल्ला फिँजाउन लगाए । यो काममा उनले बीपीका दाहिने मानिएका कांग्रेस महामन्त्री ड। तुलसी गिरी र अंगरक्षक जर्नेल शेरबहादुर मल्ललाई उपयोग गरे ।

राजाले आफूलाई हटाए पनि प्रजातन्त्र माथि कु गर्छन् भन्ने विश्वास बीपीलाई थिएन। पुष १ भन्दा दिन अघि प्रमुख प्रतिपक्षी दलका नेता भरतशमशेर राणा बीपीलाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास त्रिपुरेश्वर ९दशरथ रंगाशालाको नजिक हाल भन्सार विभाग रहेको १ नं गेष्ट हाउस० गएका थिए ।

उनले त्यही मुलुकको अवस्था ठीक नभएको र राजाले जुनसुकै बेला प्रधानमन्त्रीलाई जेल हाल्ने पक्का भैसक्यो भन्दै देश छाडेर भागौं भन्ने प्रस्ताव राखे । राणालाई सम्झाउँदै बीपीले भनेका थिए ‘प्रधानमन्त्री र विपक्षी दलको नेता भाग्न हुँदैन। जे पर्छ हामीले बेहोर्नु पर्छ’।

कु भएकै दिन बिहान आफ्नो सरकारी निवासमा पुगेका पत्रकार मदनमणि दीक्षितसँग बीपीले राणासँग अघिल्लो दिन भएको वार्तालाप सुनाउँदै भने  ‘राजाले मलाई रुचाउँदैनन् भने म प्रधानमन्त्री पद त्याग्न तयार छु । सुवर्ण शमशेरलाई देशको प्रधानमन्त्री बनाउने उहाँको इच्छा हो भने म विरोध गर्दिनँ ।’

राजधानीमा चिसो बढ्दै जाँदा राजनीतिक तापक्रम भने उच्च विन्दुतर्फ उन्मुख थियो। कुन बेला के हुने हो थाहा छैन। विपक्षी दलका नेता भरतशमशेर २०१७ मंसिरको अन्तिम दिन राति सुत्नै सकेनन् ।

अन्धकार सन्नाटाबीच घोडचडीको टक्कर–वक्कर आवाज सुनियो। सके छन् की क्या हो भन्ने लाग्यो उनलाई । राजप्रसादको घोडचढी सिपाही राति  अचानक १२ बजे बबरमहलतर्फ बढेको देखियो । ‘अन्धकार सन्नाटामा घोडचडी राणाको ढोकै अगाडि आएर टक्क अडियो । किन, केको हतार पर्यो  त ? राणा छक्क परे ।

दरबारको पत्र दिउँसो नपठाएर मध्यरातमै किनरु उनलाई लाग्यो ल अब राजाले सके छन् क्यारे । राजाले आज सिध्याउँछन्, कि भोली भन्ने गज्जबको पृष्ठभूमिमा यिनै प्रश्नहरुको चापले हतारिएर उनी लिफफा च्यात्न थाले । त्यहाँ लेखिएको थियो भोलि ३ बजे श्री ५ को दर्शन गर्न नारायणहिटी दरबारमा हाजिर हुनुहोला ।

स्नेही निजी सचिव ।

दर्शन पाउँ सरकार भनेर विन्तिपत्र नचढाएसम्म दरबारले बोलाउने कुनै चलन थिएन । तर के हतार पर्योम र मध्यरातमा चिठी पठाएर भेट्न बोलाएको रु राणा छक्क परे ।

बिहानै राणा दिल्ली उड्ने तरखरमा थिए । बाहिर हेरे जताततै हुस्सुले ढपक्क ढाकेको। दरबारको पत्र बारे सोच्दा सोच्दै उनी रातभर सुत्नै सकेनन् ।

पुष १ को ‘कु’का योजनाकार पूर्व प्रधानमन्त्री तुलसी गिरीले गत जेठको अन्तिम साता एक बिहान मसँ भनेका थिए– ‘कु हुन्छ भन्ने हामी केहीलाई थाहा थियो तर मिति बारे राजाबाहेक कसैलाई सुइँकोसम्म थिएन ।

पुष १ को अघिल्लो रात नारायणहिटी दरबारमा राजा पनि जाग्राम नै थिए। नाताले आफ्नै जेठान सेनापति नीरशमशेर राणामाथि उनको विश्वास थिएन । प्रहरीको नेतृत्वमा २००७ सालको क्रान्तिमा कांग्रेसले बनाएको मुक्ति सेनाका कमाण्डहरु पुगिसकेका थिए । त्यसैले पुलिसमाथि उनी भर पर्न सक्ने अवस्था थिएन ।

राजाले कु को योजनाबारे पर्याप्त छलफल र गृहकार्य गरे पनि साइत भने आफ्नो मुटु भित्र बन्द गरेर राखेका थिए। कसलाई कसरी समाउने, के गर्ने भन्ने योजना पनि राजा आफैले आफ्ना निकट सहयोगीलाई समेत बताएका थिएनन् ।

कु को योजनामा राजालाई राजनीतिक तहमा सल्लाह दिने प्रमुख  योजनाकार तुलसी गिरी भन्छन् ‘हुन त मसँग कुरा भएरै एक्सनको प्लान राजाले बनाएका हुन् । तर पुष १ गते नै कदम चाल्दैछन् भन्ने मलाई पनि थाहा थिएन ।

कु भएको दिन पुष १ गते बिहान ५ बजे नै गिरी गृहमन्त्री सूर्यप्रसाद उपाध्यायलाई भेट्न गएका थिए। गिरीले उपाध्यायसँग सोधे, ‘सहरभरी सिपाही मात्र छन् । तपाई गृहमन्त्री, केही हुनेबाला छ ।’ उपाध्यायले भने ‘खै मलाई त केही थाहा छैन ।

हेर डाक्टर यो गृहमन्त्री हुनु भन्दा त सामान्य सिपाही भएको भए केही थाहा हुन्थ्यो की रु हिजो सुवर्णजीसँग बाटोमा भेट भएको थियो । ल वाईवाई म त कलकत्ता गए भनेर हिडे ।’

अर्कोतर्फ रातभर सुत्न नसकेका विपक्षी दलका नेता भरतशमशेर बिहानै बीपीलाई भेट्न प्रधानमन्त्रीको त्रिपुरेश्वरस्थित सरकारी निवास पुगे । दुई नेताबीच राजाले आजै कु गर्न सक्छन् भन्ने विषयमा कुरा भयो । बीपीले भने ‘राजाले हतियार प्रयोग गरे भने तत्काल त्यसको प्रतिरोध गर्ने साधन प्रजा पक्षमा छैन ।’

त्यस समयमा बीपीका भतिजा शेखर कोइराला शान्तभवन स्थित ९हालको पाटन अस्पताल० मा टन्सिलको उपचार गराउँदै थिए । पुष १ गतेकै बिहान उनको अप्रेशन हुँदै थियो । शेखर भन्छन्, ‘बिहान बीपी बाबा अस्पताल आउनुभयो र त्यही उहाँले भन्नु भएको थियो आज राजाले समाउँछन् होला ।’

अर्कोतर्फ राजाले राजनीतिक षड्यन्त्रको सम्पूर्ण योजना तयार गरेपछि पुष १ गते बिहान मात्र सेनापति नीरशमशेर राणा र प्रहरी प्रमुखलाई बोलाएर आफू मुलुकको शासनभार हातमा लिने निष्कर्षमा पुगेका सुनाए । उनले भने ‘तिमीहरु सहयोग गर्ने भए गर नत्र दरबारको सेनाले यो काम गर्ने छ ।’ सेनापति राणाले सोधे, ‘सरकारबाट कहिलेदेखि यो कदम उठाई बक्सन्छ ।’ राजाले भने ‘अहिले नै ।’

राजाको आदेश सुनेपछि प्रधानसेनापतिले आश्चर्य जनाउँदै भने, ‘सरकार यो त व्यवस्था विपरित हुन्छ । चुनिएर आएको यस्तो सरकारलाई गिरफ्तार गर्दा सरकारलाई नै नराम्रो पर्दछ ।’ सेनापतिको कुरा सुनेपछि राजाले उनलाई दरबारमै बस्न आदेश दिए ।

सेनामा उनी पछिका सुरेन्द्रबहादुर शाह पनि राजाको कदमप्रति सहमत हुन सकेनन् । सेनाको नेतृत्व कुको पक्षमा नदेखिएपछि राजाले राजदरबार भित्रकै सेनाका जेनरल समरबहादुर कुँवरको नेतृत्वमा प्रधानमन्त्री कोइरालालाई गिरफ्तार गर्न सैनिक खटाए ।

त्यो दिन थापाथली उकालोस्थित तुङगशमशेर राणाको दरबारमा तरुण दलको महाधिवेशनमा सुरु हुँदै थियो । बीपीले उद्घाटन गर्ने त्यो अधिवेशनमा देशभरबाट युवा प्रतिनिधिहरु आएका थिए । गणेशमान सिंह, श्रीभद्र शर्मा, कष्णप्रसाद भट्टराईलगायत कांग्रेसका शीर्ष नेता र सबैजसो मन्त्री त्यहीं थिए ।

अधिवेशनमा बीपीले भाषण नसक्दै कर्णेल समरराज कुवर सैनिक वर्दीमा मञ्चतर्फ उक्लिए । उनले केही समयमै प्रधानमन्त्रीका अंगरक्षकलाई बाहिर आउन इसारा गरे। त्यसपछि सेनाले सम्मेलन स्थल घेरिहाल्यो ।

अनी प्रधानसेनापतिको रोलमा रहेका शाही सेनाका दोस्रो तहका जर्नेल सुरेन्द्रबहादुर शाह मञ्चमा उक्लिए र प्रधानमन्त्रीलाई स्यालुट ठोके । अनि सुरुमै प्रधानमन्त्रीको सुरक्षाका लागि खटिएका बडीगार्डको रिभल्वर कब्जामा लिए । त्यो दृष्य देख्ने बित्तिकै गृहमन्त्री सूर्यप्रसाद उपाध्यायले भने, ‘ल सकियो । उनले प्रधानमन्त्री बीपीलाई भने देख्नु भएन तपाईको बडीगार्डको पिस्टल खोसेको ।’

मञ्चमा रहेका बीपीले १५ सेकेण्ड जति कुनै प्रतिकृया दिएनन् । त्यसपछि जर्नेल शाहले उहाँलाई पनि भनेर देखायो, अनि गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईतर्फ देखायो । मञ्चमा रहेका महामन्त्री श्रीभद्र शर्मालाई तपाईहरु सभा चालु राख्नुहोला भनेर बीपी बाहिरिए ।

त्यो दिनको स्मरण गर्दै गणेशमान सिंहले भनेका छन्, ‘डपुटी कमाण्डर इन चिफ सुरेन्दबहादुर शाहको ओठमुख सबै सुकिसकेको थियो । उनलाई समशरबहादुरको आदेशमा खटाइएको थियो । समरबहादुरले जसजसलाई गिरफ्तार गर्न भन्यो शाह उनीहरुलाई जीपमा बस्न अनुरोध गर्दै थिए ।  

थापाथलीबाट गिरफ्तार गरिएका बीपी, गणेशमान, सूर्यप्रसाद र कृष्णप्रसाद चारै जनालाई एउटै मोटरमा राखेर सिंहदरबार लगियो । बीपीलाई सिंहदरवारस्थित बिलियार्ड हल र मन्त्रीहरु गणेशमान सिंह र सूर्यप्रसाद उपाध्याय र सभामुख कृष्णप्रसाद भट्टराई लगायतलाई वरफवाग पुर्यााएपछि रेडियो नेपालबाट अपरान्ह्र साढे ३ बजे शाही घोषणा भयो । अनि हेलिकप्टरवाट शाही घोषणाको पर्चा देशभरी छरियो ।

१८ महिनाअघि भएको संसदीय चुनावमा दुई तिहाई बहुमतबाट निर्वाचित सरकारलाई अपदस्त गरियो । राजा आफैंले शासन सत्ता चलाए । भनिन्छ राजनीतिमा कोही कसैको स्थायी मित्र र शत्रु हुँदैन । राजा र बीपीको सम्बन्ध पनि त्यतै रह्यो ।

पूर्वप्रधानमन्त्री तुलसी गिरीले पुष १ को कदम उठाउनु पर्ने कारण बनाउँदै लेखकसँग भनेका छन् राजा महेन्द्र र बीपीबीच व्यक्तित्वको टकराव थियो, सिद्धान्तको होइन । बीपीले आफूलाई जी हजुरी गरुन् भन्ने अपेक्षा गर्दथे राजा ।

तर बीपीबाट त्यस्तो व्यवहार असम्भव थियो। बीपी सार्वभौमसत्ता जनतामा हुनु पर्छ भन्ने मान्यता राख्थे । राजा आफूलाई देवताको अवतार ठान्थे र राज्य शक्तिको श्रोत आफूमा निहित छ भन्ने मान्याता राख्दथे। त्यो झगडा राजा र बीपीबीचको भन्दा पनि शासन शक्तिको श्रोत जनता हुने कि राजा भन्ने मुद्दाको थियो ।

राजाका सचिवसमेत रहेका ईश्वरीमान श्रेष्ठले आफ्नो आत्मकथामा राजा महेन्द्र र बीपीको सम्बन्धबारे भनेका छन्, ‘राजा बीपीको भावना र विचारको कदर गर्थे भने कार्यशैलीको विरोध गर्थे। बीपीको व्यक्तित्वबाट भारतीयहरु झस्केका थिए ।

उनीहरु बीपी निर्वाचित प्रधानमन्त्री भएकोमा खुसी थिएनन् र राजालाई सहयोग गरेका थिए। राजा महेन्द्र बीपीलाई अपदस्त गरी शासनसत्ता आफ्नै हातमा लिँदा पनि बीपीलाई मात्र परिवर्तन गरी निर्वाचित सरकार राख्न चाहन्थे ।

धेरैपटक राजाले विश्ववेश्वरसँग कुरा गर्न चाहे तर बीपी झुक्दै नझुक्ने। त्यसैले त्यो राजा र बीपीको व्यक्तित्वको लडाई थियो र राजाले उनलाई कारावासको सजाय दिए । पञ्चायती व्यवस्था लागु गरे पछि उनले तुलसी गिरी, सूर्यबहादुर थापा, किर्तीनिधि विष्ट आदिलाई प्रधानमन्त्री बनाए ।

तर कुनैबाट पनि त्यति सन्तुष्ट हुन सकेनन् । त्यसैले त २०२८ सालमा स्वर्गे हुनु अघि नै उनले भनेका थिए ‘मैले धेरैलाई प्रधानमन्त्री र मन्त्री बनाए तर विश्ववेश्वर जस्तो योग्य र दुनियाँलाई देखाउन लायकको प्रधानमन्त्री अर्को हुन सकेन ।’ 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनसरी घटनाबारे प्रधानमन्त्री कार्यालयको अपिल : अफवाहमा नलाग्न र सामाजिक सद्भाव जोगाउन आग्रह

काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनावका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै पक्षलाई संयम ...

नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदाको दीर्घकालीन उपयोगमा जोड

काठमाडौं । जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा लिखित ‘नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक गरिएको छ। आइतबार नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा ...

बागमतीमा नेकपाभित्र मतभेद छताछुल्ल, माधव पक्षधर सांसदद्वारा संसदीय दलको बैठक बहिस्कार

काठमाडौं । नेकपा बागमती प्रदेश संसदीय दलभित्रको मतभेद सार्वजनिक भएको छ। सरकार गठनबारे छलफल गर्न मंगलबार हेटौँडामा बोलाइएको संसदीय दलको बैठकमा सहसंयोजक...

सरकारद्वारा ११२ शाखा अधिकृतको सरुवा, विभिन्न मन्त्रालय र कार्यालयमा नयाँ जिम्मेवारी

काठमाडौं । सरकारले ११२ जना शाखा अधिकृतको सरुवा गरेको छ। भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले सोमबार निर्णय गर्दै वि...

श्रीमानसँग झगडापछि शरीरमा आगो लगाएकी सालु गुरुङको निधन

काठमाडौं । गत साउन ४ गते बौद्धमा आत्मदाह प्रयास गरेकी सालु गुरुङको निधन भएको छ । उपचारका क्रममा ९ गते उनकाे निधन भएकाे हाे   । बौद्धमा खाजा घर सञ्च...

सद्भाव कसले भड्काउँदै छ ? सुनसरी घटनापछि उठ्यो गम्भीर प्रश्न

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म धार्मिक ध्रुवीकरण तीव्र बन्दै गएको छ। तर प्रश्न एउटा मात्र...

२४ उपसचिवको सरुवा, मन्त्रालयदेखि स्थानीय तहसम्म जिम्मेवारी हेरफेर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवाका २४ जना उपसचिवको सरुवा गरेको छ। मंगलबार भएको निर्णयअनुसार विभिन्न मन्त्रा...

सुनसरीमा तनाव कायमै, चारै सुरक्षा निकाय संयुक्त रूपमा परिचालित

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न तनाव अझै साम्य हुन सकेको छैन। एक युवाको मृत्यु र दर्जनौँ घाइते...

मुग्लिन–नारायणगढ सडकमा नयाँ पहिरोको जोखिम, दिनभर तीन पटक अवरुद्ध

काठमाडौं । देशकै व्यस्त सडकखण्डमध्ये एक मुग्लिन–नारायणगढ सडकमा नयाँ स्थानबाट पहिरो खस्न थालेपछि यात्रा थप जोखिमपूर्ण बनेको छ। मंगलबार खहरे खोलानजिक नय...

जापानमा ७।१ म्याग्निच्युडको भूकम्प स् सुनामीको चेतावनी फिर्ता

काठमाडौं । जापानको दक्षिणी मुख्य टापु क्युशुको कुमामोतो क्षेत्रमा मङ्गलबार सात दशमलव एकम्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण केही भवन तथा पूर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending