Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

धान रोप्ने खेतमा तरकारी खेती

\"vegetableबुटवल । जैविक तरकारी खेतीका रुपमा परिचित रुपन्देहीको देवदह–७, सरङटारीका कृषकले धानको सट्टा तरकारी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । धान रोप्ने खेतमा बेमौसमी तरकारी खेती गरी किसानले मनग्य आम्दानी लिन सफल भएका हुन् । जिल्लाको यो सरङटारी गाउँ जैविक तरकारी खेतीका लागि जिल्लामै नमुना मानिन्छ । त्यहाँ उत्पादन हुने तरकारी खरिदका लागि व्यवसायी गाउँमै पुग्ने भएकाले कृषक निकै उत्साहित देखिएका छन् । धान रोप्ने खेतमा अहिले तरकारीका रुपमा बोडी, करेला, भिन्डी, घिरौला लगायतका तरकारी लगाएको सरङटारीका अगुवा कृषक मानबहादुर गाहा बताउँछन् । गाहाका अनुसार धान रोपेर त्यसबाट आउने आम्दानीभन्दा तरकारी खेतीबाट बढी आम्दानी हुने भएकाले तरकारी खेती गरिएको हो । करिब २५ कट्ठा क्षेत्रफलमा लगाएको तरकारी स्थानीय बजारमा लगेर बिक्री–वितरण गर्न सुरु गरेको कृषक गाहा बताउँछन् । एक लाखभन्दा बढी लगानी गरेर लगाइएको तरकारी खेतीबाट उत्पादन सुरु भइसकेको उनले बताए । उत्पादित तरकारीको उचित बजार मूल्य पाउन नसकेको कृषकको भनाइ छ । देवदहको सरङटारी क्षेत्रमा लाखौँ रुपैयाँको तरकारी उत्पादन हँुदै आए पनि धानको सट्टा तरकारी खेती गरिएको भने यो पहिलोपटक हो । विगतका वर्षमा थोरै जग्गामा बेमौसमी तरकारी खेती गरे पनि यस वर्ष भने आफ्नो सम्पूर्ण जग्गामा बेमौसमी तरकारी खेती गरेको स्थानीय कृषक दलबहादुर रेस्मी बताउँछन् । तरकारी खेतीका लागि जिल्ला कृषि विकास कार्यालयबाट आफूहरुले आर्थिक सहयोग पाउँदा पनि खेती गर्न उत्साहित भएको कृषक रेस्मी बताउँछन् । अहिले सम्पूर्ण जमिनमा तरकारी खेती गरेकाले प्राविधिक सहयोगको समेत खाँचो रहेको छ । जिल्ला कृषि विकास कार्यालयबाट आर्थिक तथा प्राविधिक सेवा प्रदान गर्ने काम भइरहेको कृषि सेवा केन्द्र देवदहका प्राविधिज्ञ लक्ष्मी आचार्यले बताए । कृषकले कार्यालयमा आएर प्राविधिक जानकारी लिने गरेका छन् । लगाइएको बालीमा समस्या आइरहेको स्थानीय अगुवा कृषकको भनाइ छ । प्राविधिक र थप आर्थिक सुविधा पाउने हो भने तरकारी खेतीबाट प्रशस्त कमाउन सकिने देखिन्छ । जिल्लाको कुल ८० हजार पाँच सय हेक्टर खेतीयोग्य जमिनमध्ये तरकारी खेती तीन हजार नौ सय हेक्टरमा हुने गरेको छ । त्यसमध्ये दुई हजार चार सय ८० हेक्टर क्षेत्रफलमा हिउँदे तरकारी, चार सय ६० हेक्टर क्षेत्रमा बर्खे र एक हजार ५० हेक्टरमा बेमौसमी तरकारी लगाउने गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies