Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

४२ प्रतिशतमा यौन रोगको लक्षण, परिवारलाई छैन जानकारी

खबरडबली संवाददाता

काठमाडौं । यौन व्यवसायमा संलग्न महिलालाई विभिन्न प्रकारका यौन रोगको लक्षण देखिएको अध्ययनमा पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सार्वजनिक गरेको ‘महिला यौनकर्मीबीच एकीकृत जैविक र व्यावहारिक निगरानी सर्वेक्षण’ मा गरिएको अध्ययनमा ४२ प्रतिशतमा यौन रोगको लक्षण देखिएको पाइएको हो ।     

अध्ययनमा सहभागी अनुसन्धानकर्ता प्रतिमा दवाडीले एचआइभी÷एड्स, हेपाटाइटिस ‘बी’, हेपाटाइटिस ‘सी’ र भिरङ्गीजस्ता रोग ती महिलामा देखिएको बताए ।     

उनका अनुसार एचआइभी तथा एड्स चार जनामा, हेपाटाइटिस ‘बी’ चार जनामा, हेपाटाइटिस ‘सी’ छ जनामा र भिरङ्गी ५४ जनामा देखिएको देखिएको थियो । अध्ययनमा यौन रोग लागेका ३४ प्रतिशतले मात्र औषधि सेवन गरिरहेको पाइएको छ । यौन व्यवसायमा लागेका ५५ प्रतिशत महिलाले एचआइभी परीक्षण पनि नगरेको पाइएको छ ।

परिषद्ले पोखरामा गत वैशाखदेखि असोजसम्म ३६४ जनामा यौन व्यवसायमा संलग्न महिलामा अध्ययन गरेको थियो । तीमध्ये विवाहित १६९, अविवाहित ८१ र सम्बन्धविच्छेद गरेका ९९ र विधवा १५ जना थिए । अध्ययनमा १८ वर्षदेखि ५८ वर्ष उमेरसमूहका महिला थिए ।

परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले धेरै महिलामा एचआइभी एड्स र शारीरिक सम्बन्धबाट लाग्ने रोगबारे कम जानकारी रहेको पाएको बताए । अध्ययनअनुसार पहिलो पटक शारीरिक सम्र्पक हुँदा १० बर्ष र बढीमा २५ वर्ष उमेर रहेको पाइएको अनुसन्धानकर्ता दवाडीको भनाइ थियो ।

उनले यौन व्यवसायमा २१ वर्षदेखि ३० वर्ष उमेरसमूहका बढी रहेका, ६० प्रतिशत महिलाले १६ देखि २० वर्षभित्रमा विवाह गरिसकेका र ३५ प्रतिशत महिलाले गर्भपतन गराएको पाइएको जानकारी दिनुभयो । अध्ययनमा धेरैले परिवार पाल्नका लागि यौन व्यवसायमा आबद्ध भएको बताएका अनुसन्धानकर्ता दवाडीको भनाइ थियो । “धेरैजसोले परिवारमा पैसाको अभावकै कारण यौन व्यवसाय लाग्नुपरेको बताएका थिए । यसैगरी लकडाउन, श्रीमान्को मृत्यु, श्रीमान्ले छोडेर गएकाले पनि यौन व्यवसायमा संलग्न भएको पाइयो”, उएले भने ।

लागुऔषधको दुव्र्यसनी     

अध्ययनमा यौन व्यवसायमा संलग्नले मादक पदार्थ तथा लागुपदार्थ सेवन गरेको पनि पाइएको छ । उनका अनुसार ६० प्रतिशतभन्दा बढीले मादकपदार्थ सेवन गर्ने गरेको र ११ दशमलव आठ प्रतिशतले दैनिक मादक पदार्थ खाने गरेको पाइएको छ ।

यस्तै यौन व्यवसायमा संलग्नमध्ये १० दशमलव चार प्रतिशत लागुऔषध प्रयोगकर्ता रहेको पाइयो । लागुऔषध सुईमार्फत प्रयोग गर्ने गरेको अनुसन्धानकर्ता दवाडीले बताउनुभयो । यसैगरी दुई दशमलव सात प्रतिशतले लागुऔषधका लागि शारीरिक सम्पर्क गर्ने गरेको पाइएको उनले बताए । 

परिवारलाई जानकारी छैन

अध्ययनअनुसार सवैजनाले परिवारमा आफ्नो पेसाबारे जानकारी नभएको बताएका थिए । परिवारिक मेलमिलाप तथा सामाजिक प्रतिष्ठामा असर पर्ने भएकाले यस्ता कुरा सुरक्षित राख्ने गरिएको छ । 

यौन व्यवसायमा लाग्ने धेरैजसोले आधारभूत शिक्षा लिएको पाइएको छ । छदेखि १० कक्षा पास गरेका धेरैजसो थिए भने १० कक्षामाथिका २७ दशमलव चार प्रतिशत थिए । परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा मेघराज धिमालले यौन व्यवसायमा लाग्ने महिलालाई आम्दानी हुने खालका सीपमूलक तालिम दिएर सम्पन्न गराउनसके यौन व्यवसायमा छोड्ने भएकाले महिलालाई मानसिक स्वास्थ्य र परामर्श सेवा सरकारले उपलब्ध गराउनुपर्नेमा जोड दिए । 

उनले अध्ययनले नीति निर्माता तथा कार्यक्रम तर्जुमा गर्नेलाई वास्तविक यौन व्यवसायका पीडा देखाउने र तिनीहरुका पक्षमा योजना बनाउन सजिलो हुने बताए ।     

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भिजिट भिसा काण्डका आरोपी तीर्थराज भट्टराई २५ लाख धरौटीमा रिहा

काठमाडौँ । भिजिट भिसा प्रकरणमा मुछिएका तत्कालीन अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराई २५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। भ्रष्टाचार र सम्पत्ति ...

नाति बोकेर, रात छिचोलेर: ओली महाधिवेशनमा कार्यकर्ताको भीड, मनमा भने द्विविधा

भक्तपुर । नेकपा एमालेको ११औँ महाधिवेशनमा सहभागी हुन देशभरका जिल्ला–जिल्लाबाट कार्यकर्ताहरू बिहानै भक्तपुर आइपुगेका छन्। खेतीपाती र दैनिक काम छाडेर गाड...

एमाले महाधिवेशन उद्घाटनमा देउवा नजाने, कांग्रेसबाट पूर्ण खड्का सहभागी

काठमाडाैं । नेकपा (एमाले)को ११औँ महाधिवेशनको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी नहुने भएका छन् । कांग्रेसका तर्फबाट क...

सत्ता लोभको खेल, मधेसवादी दलहरू फेरि ‘एकताको पिँजडा’ भित्र

मधेसमा फेरि ‘एकताको हुरी’ : दशकौँको फुट र जुटको खेल पुनः सुरु

‘गोली आदेश’ विवाद नथामिँदै सहसचिव रिजालमाथि अर्को आरोप—भ्रष्टाचार

काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको आरोप सामना गरिरहेका सहसचिव छवि रिजालमाथि अब भ्रष्टाचारको गम्भीर आरोपमा पनि अनुसन्धान सुरु भएको छ । काठमाडौंका ...

मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९ भेडा मरे

मुस्ताङ । घरपझोङ-२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकै गएराति हिउँ चितुवाको आक्रमणमा १६ भेडा र ३ च्यांग्रा मरेका छन्। स्थानीयवासी सन्तो...

एमाले आन्तरिक द्वन्द्व चर्कीँदै: पोखरेल समूहका युवाहरू राजधानीमा

एमाले महाधिवेशन नजिकिँदै : वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षधर युवा समूह सक्रिय, काठमाडौंमा रणनीतिक भेला काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन न...

भोजपुरबाट प्रतिनिधिसभा चुनावका लागि काँग्रेसले प्रत्यक्षमा ६ र समानुपातिकमा ८ जनाको नाम सिफारिस

भोजपुर । नेपाली कांग्रेस जिल्ला कार्य समितिले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ६ जनाको नाम सिफारिस गरी कोशी प्रदेश समितिमा पठाएको छ। ...

जति प्रयास गरे पनि सफिन सकेनन् उपत्यकाका नदी

काठमाडौँ । वर्षौँदेखि चलिरहेका सरसफाइ अभियान, सचेतनामूलक कार्यक्रम र सरकारी पहलका बाबजुद काठमाडौँ उपत्यकाका नदीहरू अझै पनि फोहोरमै डुबिरहेका छन्। म...

नेपाली बजारमा इतिहासकै उच्च मूल्यमा अमेरिकी डलर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आजको विदेशी विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेको छ। राष्ट्र बैंकका अनुसार एक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending