काठमाडौं । वीर अस्पतालको फार्मेसीमा स्वास्थ्य बीमा कार्यक्रममा समावेश भएका आधा औषधि नरहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको अनुगमनका क्रममा स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सुविधाको थैलीमा समावेश गरिएका अनिवार्य रूपमा उपलब्ध हुनुपर्ने अत्यावश्यक औषधीहरू उपलब्ध नरहेको पाइएको हो ।
वीर अस्पतालको फार्मेसीमा सुविधाको थैलीमा समावेश गरिएका सर्जिकल सामान र सर्जरी गर्दा आवश्यक पर्ने औषधीहरूमध्ये आधाआधी औषधीहरू मात्र उपलब्ध रहेको, म्याद नाघेका औषधीको नियमानुसारको भण्डारण नभएको पाइएकाे हाे ।
सरकारी अस्पतालहरूको फार्मेसीमा स्वास्थ्य बीमा, क्यान्सर, कडा रोग ठुलो शल्यक्रियाहरूको औषधी नराखी निजी फार्मेसीहरूमा किन्न बाध्य बनाउने गरेको र निजी फार्मेसीहरूले बिरामीहरूलाई दर्ता नभएका र कम गुणस्तरका औषधीहरू बेच्ने गरेको मन्त्रालयले जनाएको छ । यसले बिरामीको स्वास्थ्यमा असर पर्नुका साथै आर्थिक बोझ समेत बढ्न गएको गुनासो मन्त्रालयमा परेको छ ।
यस विषयमा मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको बताउँदै औषधी व्यवस्था विभागलाई यस सम्बन्धमा तत्काल आवश्यक कारबाही अघि बढाउन निर्देशन दिइसकेको जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३१ गते, २०८३ - १०:०८
ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...
श्रावण ३१ गते, २०८३ - ०९:५८
भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...
श्रावण ३१ गते, २०८३ - ०९:५१
भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...
श्रावण ३१ गते, २०८३ - ०९:४८
पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...
श्रावण ३१ गते, २०८३ - ०९:४५
ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजारमा बढ्दो सवारी चाप र अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न चारपाङ्ग्रे सवारीसाधनका लागि एकतर्फी यातायात प्रणाली लागू ...
श्रावण ३१ गते, २०८३ - ०९:४२
नवलपुर । बालविवाह रोक्न कानुनी व्यवस्था र विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहे पनि नवलपुरमा उमेर नपुग्दै विवाह गर्ने तथा किशोरावस्थामै गर्भवती ह...
श्रावण ३१ गते, २०८३ - ०९:४०
काठमाडौँ । कर्णाली नदीको अछामस्थित चितवन जलमापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ। बाढी पूर्वानुमान महाशाखाले नदीको बहाव अझै बढ्दो क्रममा ...
श्रावण ३१ गते, २०८३ - ०९:३५
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकासहित देशका २९ जिल्लामा साना नदी तथा खोलामा आकस्मिक बाढीको मध...
श्रावण ३१ गते, २०८३ - ०९:२८
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित हुन थालेका छन्। गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्ने उद्देश्यले सञ...
श्रावण ३१ गते, २०८३ - ०९:२३
इलाम । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई ‘भवितव्य’बाट बनेको सरकारको संज्ञा दिएका छन्। इलाममा आयोजित...



प्रतिकृया लेख्नुहोस्: