Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

भक्तपुरका सयौँ घर डुबानमा, भूकम्पपीडितको बिचल्ली

\"flood\"भक्तपुर । बिहिबार बिहान परेको भीषण पानीका कारण आएको बाढीले भक्तपुर र मध्यपुर थिमि पूरै डुबानमा परेको छ । हनुमन्ते खोलामा आएको बाढीका कारण खोला आसपासका क्षेत्रहरुको जनजीवन निकै प्रभावित भएको छ । भक्तपुरको बस्तीमा बिहान ५ बजेदेखि र मध्यपुर थिमिमा बिहान नौ बजेदेखि बाढीको पानी पसेपछि धेरैले भागेरै ज्यान जोगाएका छन् । बाढी बस्तीभित्र पसेपछि अरनिको राजमार्ग, अस्पताल, विद्यालय, भूकम्पपीडितका अस्थायी शिविर, जगाती–च्याम्हासिंह क्षेत्र, भेलुखेल, राममन्दिर, बाराहीस्थानका घरहरु डुबानमा परेका छन् । भक्तपुर नगरपालिकास्थित महेश्वरी खेल मैदानमा रहेको भूकम्पपीडितको ८५० जना बस्दै आएको शिविर पूरै डुबानमा परेपछि बिहानैदेखि भागदौड मच्चिएको थियो । ‘बिहान ५ बजे सुतिरहेको शिविरमा एक्कासि पानी पसेपछि भूकम्पपीडितबीच भागदौड मच्चियो’, शिविरमा बस्दै आएकी राधिका त्वातीले भनिनण् –‘कोही बच्चा बोकेर दौडिए, बूढाबूढीलाई कसैले घिसार्दै दौडिए, शिविरका केही सामान झिक्न पाइएन, ज्यान जोगाउनै मुस्किल प¥यो ।’ शिविरको बस्तीमा बसेका भूकम्पपीडितले कुनै सामान झिक्न पाएनन् भने नेपाली सेना र प्रहरीले शिविरका धेरैलाई उद्धार गरेका थिए । खोलाको बाढी सडक हुँदै बस्तीमा पसेपछि यस क्षेत्रका घरहरु एकतलासम्म डुबानमा परेका थिए । लत्ता कपडा र ओछ्यान डुबेपछि शिविरका बासिन्दाको बिचल्ली भएको छ । भक्तपुर नगरपालिका भएर बग्ने हनुमन्ते खोला क्षेत्र आसपासमा जगाते– च्यामासिंह सडकखण्डका दायाँबायाँका बस्ती, महेश्वरी क्षेत्र, हनुमानघाट, भेलुखेल, राम मन्दिर क्षेत्र, बाराही स्थान, सल्लाघारी, सिर्जनानगरका सयौँ घर, पसल एवम् कारखाना डुबानमा परेका छन् । भक्तपुरको शान्ति निकेतन मावि, शारदा प्रावि, बालसेवक निमावि, ब्राइटस्टार, परोपकारको भवन डुबेपछि पढाइसमेत अवरुद्ध भएको छ भने बाढीले सडक अवरुद्ध बनाएपछि धेरै विद्यालयको पढाइ प्रभावित भएको छ । भक्तपुरकै सिद्धिस्मृति अस्पताल, इवामूरा अस्पताल डुबानमा परेपछि बिरामीको उपचार समेत प्रभावित भएको छ । इवामुरा अस्पतालमा पानी पसेर डुबानमा परेपछि आकस्मिक सेवा र ओपिडी सेवा र कलेज नै बन्द गर्नुपरेको अस्पतालका प्रबन्धक रञ्जीत मारिकुले जानकारी दिए । त्यसैगरी, सिद्धिस्मृति अस्पताल पौडी पोखरीमा परिणत भएपछि उपचार प्रभावित भएको छ । अस्पतालको एम्बुलेन्सदेखि इमर्जेन्सीसम्म डुबानमा परेको छ भने, अस्पतालको भुइँतला सबै डुबानमा परेपछि उपचारसमेत प्रभावित भएको अस्पतालका प्रमुख श्यामसुन्दर धौभडेलले जानकारी दिए । अस्पतालको जेनेरेटरदेखि प्राविधिक सामग्रीहरु डुबानमा परेपछि रु दुई करोड बराबरको क्षति भएको उनले जानकारी दिए । यता बिहान ९ बजे मध्यपुर थिमिमा बाढी पसेपछि यहाँका तीन सय ५० घर डुबानमा परेका छन् । बिहान ९ बजे बस्तीमा बाढी पसेपछि यहाँका बासिन्दा ज्यान जोगाउँदै भागेका छन् भने धेरै मानिस माथिल्लो तलामा गएर बसेका छन् । मध्यपुर थिमि नगरपालिका क्षेत्रको निकोसेरा, राधेराधे, चक्रवर्ती मार्ग पूरै डुबानमा परेको छ । चक्रवर्ती मार्गका स्थानीय बासिन्दा राधिका थापाले खाना खाएर बच्चालाई विद्यालय पु¥याउन जाँदासम्म केही नभएको तर बच्चालाई स्कुल पु¥याएर आउँदा घर एक तला डुबिसकेको बताए। राधेराधे बस्ने दुर्गा खड्काले बस्तीको पहिलो तला पूरै डुबानमा परेपछि धेरैले घर छाडेर निस्केको, केही घरको माथिल्लो तलामा गएर बसेको बताए । बस्तीमा घरभित्र परेका बच्चालाई प्रहरी वृत्त थिमिका प्रहरीले उद्धार गरेर बाहिर निकालेका थिए । बिहान ११ बजेसम्म मध्यपुर थिमि क्षेत्रमा पानीको सतह बढ्दै गएको थियो । वर्षाले अरनिको राजमार्गअन्तर्गत भक्तपुरको पलाँसेमा पहिरो जाँदा करिब पाँच घन्टा सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा उपत्यकाबाट रामेछाप, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, दोलखालगायतका जिल्ला जाने सवारी साधन र उताबाट उपत्यका आउने सवारी साधन बीचमै रोकिँदा सयौँ यात्रु अलपत्र परेका थिए । डोजरले पहिरो पन्छाएपछि सडक ९ बजे खुलेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending