Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

एकै स्थानिय तहका ४ सय जनाको आँखामा मोतिबिन्दु, ३०१ जनाको निःशुल्क शल्यक्रिया

खबरडबली संवाददाता

सुर्खेत । नेपाल नेत्रज्योति संघ आँखा उपचार मेहलकुना र मेहलकुना नगरपालिकाको सहकार्यमा गत माघ १७ गते देखि फागुन १ गतेसम्म वडास्तरमा संचालित आँखा शिविरमा आँखा जाँच गर्दा मोतिबिन्दुको समस्या देखिएका ४०० बिरामी मध्य ३०१ जनाको निःशुल्क शल्यक्रिया गरिएको छ ।

नगरपालिकाको वडास्तरमै गएर आँखा परिक्षण गर्दा १४ प्रतिशतमा मोतिबिन्दुको समस्या देखिएको हो । जम्मा २ हजार ८ सय ४० जना व्यक्तिको आँखा परिक्षण गर्दा ४०० जनामा मोतिबिन्दुको समस्या देखिएको थियो ।

वडास्तरमै गएर आँखा परिक्षण गरी मोतिबिन्दु भएको र त्यसको शल्यक्रिया समेत निःशुल्क हुन्छ भन्ने जानकारी गराँउदा समेत करिब १०० जना बिरामीहरु शल्यक्रियाका लागि नआएको नेपाल नेत्रज्योति संघ एकिकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णालीका प्रमुन मान बहादुर कुँवरले बताए  ।

‘कर्णाली प्रदेशको सुगम क्षेत्रमा पनि मोतिबिन्दुको समस्यो यस्तो छ यहाँबाट जम्मा एक घण्टामा अस्पताल पुग्न सकिन्छ तर पनि वहाँहरु उपचार गराउन जानु भएन’ कुँवरले भने ‘वहाँहरुलाई मेरो आँखामा रोग लागेको छ उपचार गरे निको हुन्छ भन्ने ज्ञान नै छैन अहिले हाम्रो प्रमुख चुनौति नै यहि हो यहाँका मानिसहरुलाई आँखा उपचारको आवश्यकता महशुस नै छैन ।’

सुर्खेत जस्तो सुगम जिल्लाको एउटै पालिका समेत ४०० जनामा मोतिबिन्दुको समस्या देखिनु सामान्य नभएको  नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक डा.शैलेशकुमार मिश्रले बताए । ‘यसबाट अहिले पनि नागरिकहरुलाई आँखा उपचारको आवश्यकता महशुस नै भएको छैन भन्ने देखिन्छ त्यसैले अब हामिले नागरिकहमा आँखा स्वास्थ्य सम्बन्धी जनचेतना अभिबृद्धि गर्न जरुरी छ’ मिश्रले भने ।

राप्ती आँखा अस्पतालको नेत्ररोग विशेषज्ञ डा.शुरेश रसाईलीको नेतृत्वको टोलीले बिरामीहरुको निःशुल्क शल्यक्रिया गरेको थियो ।

नेपाल नेत्रज्योति संघ एकिकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम कर्णालीको आर्थिक सहयोग तथा राप्ती आँखा अस्पतालको प्राविधिक सहयोगमा मोतिबिन्दुका बिरामीहरुको निःशुल्क शल्यक्रिया गरिएको हो ।

सिबिएम ग्लोबलको आर्थिक सहयोगमा कर्णाली प्रदेशमा संचालित नेपाल एकिकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम मार्फत हालसम्म प्रदेशका ६ हजार भन्दा बढि आँखाका बिरामीहरुको निःशुल्क शल्यक्रिया गरिसकिएको कुँवरले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भिजिट भिसा काण्डका आरोपी तीर्थराज भट्टराई २५ लाख धरौटीमा रिहा

काठमाडौँ । भिजिट भिसा प्रकरणमा मुछिएका तत्कालीन अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराई २५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। भ्रष्टाचार र सम्पत्ति ...

नाति बोकेर, रात छिचोलेर: ओली महाधिवेशनमा कार्यकर्ताको भीड, मनमा भने द्विविधा

भक्तपुर । नेकपा एमालेको ११औँ महाधिवेशनमा सहभागी हुन देशभरका जिल्ला–जिल्लाबाट कार्यकर्ताहरू बिहानै भक्तपुर आइपुगेका छन्। खेतीपाती र दैनिक काम छाडेर गाड...

एमाले महाधिवेशन उद्घाटनमा देउवा नजाने, कांग्रेसबाट पूर्ण खड्का सहभागी

काठमाडाैं । नेकपा (एमाले)को ११औँ महाधिवेशनको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी नहुने भएका छन् । कांग्रेसका तर्फबाट क...

सत्ता लोभको खेल, मधेसवादी दलहरू फेरि ‘एकताको पिँजडा’ भित्र

मधेसमा फेरि ‘एकताको हुरी’ : दशकौँको फुट र जुटको खेल पुनः सुरु

‘गोली आदेश’ विवाद नथामिँदै सहसचिव रिजालमाथि अर्को आरोप—भ्रष्टाचार

काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको आरोप सामना गरिरहेका सहसचिव छवि रिजालमाथि अब भ्रष्टाचारको गम्भीर आरोपमा पनि अनुसन्धान सुरु भएको छ । काठमाडौंका ...

मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट १९ भेडा मरे

मुस्ताङ । घरपझोङ-२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्र नजिकै गएराति हिउँ चितुवाको आक्रमणमा १६ भेडा र ३ च्यांग्रा मरेका छन्। स्थानीयवासी सन्तो...

एमाले आन्तरिक द्वन्द्व चर्कीँदै: पोखरेल समूहका युवाहरू राजधानीमा

एमाले महाधिवेशन नजिकिँदै : वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षधर युवा समूह सक्रिय, काठमाडौंमा रणनीतिक भेला काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन न...

भोजपुरबाट प्रतिनिधिसभा चुनावका लागि काँग्रेसले प्रत्यक्षमा ६ र समानुपातिकमा ८ जनाको नाम सिफारिस

भोजपुर । नेपाली कांग्रेस जिल्ला कार्य समितिले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ६ जनाको नाम सिफारिस गरी कोशी प्रदेश समितिमा पठाएको छ। ...

जति प्रयास गरे पनि सफिन सकेनन् उपत्यकाका नदी

काठमाडौँ । वर्षौँदेखि चलिरहेका सरसफाइ अभियान, सचेतनामूलक कार्यक्रम र सरकारी पहलका बाबजुद काठमाडौँ उपत्यकाका नदीहरू अझै पनि फोहोरमै डुबिरहेका छन्। म...

नेपाली बजारमा इतिहासकै उच्च मूल्यमा अमेरिकी डलर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आजको विदेशी विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेको छ। राष्ट्र बैंकका अनुसार एक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending