Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

एकल जातीय राज्य असम्भव : सरकार

काठमाडौं । सरकारले टीकापुर घटना, संविधान निर्माण प्रक्रिया र असन्तुष्ट पक्षको आन्दोलनबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ संविधान निर्माण प्रक्रियामा सहयोग गर्न पनि सरकारले आग्रह गरेको छ । प्रधानमन्त्री सुशील कोइरालालाई मंगलबार टेलिफोनमार्फत भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले असन्तुष्ट सबैलाई सम्बोधन गरेर संविधान जारी गर्न सुझाब दिएका थिए । मोदीले सुझाब दिएको दुई दिनपछि सरकारले अन्तर्राष्ट्रिय समुदायलाई संविधान निर्माणबारे जानकारी गराएको हो । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र अर्थमन्त्री डा. रामशरण महतले बिहीबार परराष्ट्र मन्त्रालयमा दुई दर्जन देशका राजदूतलाई बोलाएर सरकारका तर्फबाट ब्रिफिङ गरेका हुन् । उनीहरूले सबैका माग पूरा गर्न नसकिने, तर अधिकतम मत समेटेर नयाँ संविधान जारी हुने बताएका छन् । ‘नेपाल एक सय २५ जात, एक सय २३ भाषा भएको मुलुक हो, बहुधार्मिक, बहुसांस्कृतिक र बहुवैचारिक मुलुकमा एकल जातीय आधारमा राज्य बन्नुपर्छ भन्ने जनचाहना पनि छैन, यो सम्भव पनि छैन,’ कूटनीतिज्ञहरूसँगको बैठकपछि परराष्ट्रमन्त्री पाण्डेले सञ्चारकर्मीसँग भने, ‘हामीले राजदूतहरूलाई स्पष्ट पारेका छौँ । उहाँहरूले यसमा टिप्पणी गर्नुभएन ।’ प्रमुख दलहरूले तत्काल लोकतान्त्रिक संविधान जारी गर्दै पछि प्रदेशहरूको संख्या हेरफेर गर्ने विकल्प खुला राखेर अघि बढ्न चाहेको पाण्डेले बताएका थिए । ‘उहाँहरूलाई सरकारले आधिकारिक धारणा बताएको छ,’ पाण्डेले भने, ‘अब उहाँहरूले पनि संविधान निर्माण प्रक्रियाको पक्षमा धारणा सार्वजनिक गर्नुहुन्छ भन्नेमा विश्वस्त छौँ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending