‘होइन, हामी हाम्रै तरिकाले बहुमतीय प्रक्रियाबाटै जान चाहन्छौं, माओवादी र विपक्षीहरुलाई देखाउँछौं भन्नेतिर जानुभयो भने जनताले नै देखाइदिनेछन् तपाईंहलाई । त्यो देख्नुहुनेछ तपाईंहले’ भन्दै प्रचण्डले अगाडि थपे– ‘होइन, हामी यसैगरी अगाडि जानेछौं भनेर जिद्दी गरिरहनुभयो भने साथीहरुले जिल्ला–जिल्ला कब्जा गरिदिनेछन् ।’‘अब आउने दिनमा नेपाल जनताको कब्जामा हुने छ’ उनले भने– ‘काङ्ग्रेस–एमाले दुईटा पार्टी होइनन्, विचार, प्रवृत्ति, दृष्टिकोण र व्यवहारले देखाएको छ– त्यो एउटै पार्टी हो ।’ प्रचण्डले भने– ‘आज म उत्तेजित भएको छैन र उत्तेजित भाषण पनि गर्दिनँ । सुरुदेखि आजसम्मको हाम्रो भनाइ एउटै रहँदै आएको छ, कथित बहुमतीय प्रक्रिया आजैबाट खारेज गर्नुहोस्, संवाद समितिबाटै समाधान निकाल्नेगरी फर्कनुहोस् ।’ उनले चेतावनी दिँदै भने– ‘नत्र परिणाम भोग्न तयार हुनुहोस्– हामी सत्तापक्षीय साथीहरुलाई यही चेतावनी दिन चाहन्छौं ।’ ‘होइन, हामी हाम्रै तरिकाले बहुमतीय प्रक्रियाबाटै जान चाहन्छौं, माओवादी र विपक्षीहरुलाई देखाउँछौं भन्नेतिर जानुभयो भने जनताले नै देखाइदिनेछन् तपाईंहलाई । त्यो देख्नुहुनेछ तपाईंहले’ भन्दै प्रचण्डले अगाडि थपे– ‘होइन, हामी यसैगरी अगाडि जानेछौं भनेर जिद्दी गरिरहनुभयो भने साथीहरुले जिल्ला–जिल्ला कब्जा गरिदिनेछन् ।’
आदिवासी बन्दुकसँगै जन्मिएका हुन् त्यसैले आवश्यक परे बन्दुक बोक्न समेत पछि हट्दैनौ : डा. ओम गुरुङनेपाः राष्ट्रिय पार्टीका विजय सैंजुले धारणा राखिसकेपछि कलाकारहरूद्वारा नृत्य प्रस्तुत गरियो । त्यसपछि परशुराम तामाङले धारणा राखेका छन् । त्यसलगत्तै सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी रुक्मिणी चौधरी बोलिन् । राष्ट्रिय मधेश समाजवादी पार्टीका नेता शरदसिंह भण्डारीले आफ्नो धारणा राख्दै भने– ‘काँग्रेस–एमालेलाई ३ मुद्धा हाल्दैछु– बिखण्डको जिम्मेवार, राज्यविरुद्धको अपराध
राजेन्द्र महतोले धारणा राख्दै भने– ‘केपी ओलीको इलाज डाक्टरले गर्न सक्दैन, उनको इलाज त नेपाली जनताले मात्रै गर्न सक्छन् ।’त्यसपछि तराई–मधेश पार्टीका महेन्द्र राय यादवले आफ्नो धारणा राखिसकेपछि सद्भावना पार्टीका राजेन्द्र महतोले धारणा राख्दै भने– ‘केपी ओलीको इलाज डाक्टरले गर्न सक्दैन, उनको इलाज त नेपाली जनताले मात्रै गर्न सक्छन् ।’ तमलोपाका नेता हृदयेश त्रिपाठीले भने– ‘सभामा आएका मधेशी युपी र बिहारबाट आएका होइनन् ।’ यो आन्दोलन आवश्यकताका रुपमा आएको छ भन्दै उनले भने– ‘काङ्ग्रेस–एमालेसँग के सहमति गर्ने ? यिनले त आएको ग्यास समेत जनतालाई दिन सकेको छैनन्, अरु के गर्न सक्छन् र !’ त्यसपछि सङ्घीय समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले धारणा राख्दै काङ्ग्रेस–एमालेले एकदलीय अधिनायकवाद लादने प्रयास गरिरहेको भन्दै आपत्ति जनाए । मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सभालाई सम्बोधन गर्दै भने– ‘काङ्ग्रेस–एमालेले पहिले पनि संविधान बनाएकै हुन् तर तिनीहरुले बनाएको संविधानले सबै वर्ग, क्षेत्र, लिङ्ग र समुदायका जनतालाई सम्बोधन गर्न नसकेकैले विभिन्न आन्दोलनहरु भए । त्यसैले अब पनि तिनले आफूखुशी र एकलौटी तरिकाले बनाउने संविधानबाट मुलुक र जनताका कुनै पनि समस्याको समाधान नहुने निश्चित छ ।\' अब विद्रोहबाहेक कुनै विकल्प बाँकी नरहेको जिकिर गर्दै यादवले जनता विद्रोहका निम्ति तयार भएकाले खुट्टा नकमाउन नेताहरूलाई आग्रह गरे ।
वरिष्ठ नेता डा. भट्टराईले भने– ‘हामी दुब्लाए पनि हात्ती नै हौं र हामी दुब्लाए पनि बाघ नै हौं । हात्ती दुब्लाएर मुसो हुँदैन र बाघ पनि दुब्लाएर बिरालो हुँदैन ।’सभालाई सम्बोधन गर्दै मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले भने– ‘सहमतिविना ल्याइने संविधान यो देशमा चल्नेवाला छैन । हामी अपिल गर्न चाहन्छौं कि सङ्घीय संविधान बनोस् र नेपाली जनताले फेरि पनि मारिनु नपरोस् ।’
प्रतिकृया लेख्नुहोस्: