Ntc summer Offer
Khabar Dabali २ कार्तिक २०८१ शुक्रबार | 18th October, 2024 Fri
Investment bank

बानेश्वर झडपमा ५ प्रहरी सहित ५५ जना घाइते, प्रभावकरद्वारा घाइतेको निरीक्षण (फाेटाे फिचर सहित)

काडमाडौं, तीनकुने हुदै खुलामञ्च तर्फ जाँदै गरेको शान्तिपूर्ण र्‍यालीलाई बानेश्वरमा प्रहरीले हस्तक्षेप गरेपछि र्‍यालीमा सहभागि गठबन्धन मोर्चाका ५० सहित ५ प्रहरी घाइते भएका छन् । मोर्चाका ५ जना गम्भिर घाइते छन् । प्रहरीले निषेधित क्षेत्र प्रवेश गर्न नपाउने भनेर र्‍यालीमाथि हस्तक्षेप गरेपनि पछि जुलुसमा सहभागीहरुले निषेधित क्षेत्र तोडेर खुलामञ्च प्रवेश गरेका छन् । गठबन्धन मोर्चाको नेतृत्व गर्दै गरेको एमाओवादीका पोलिटव्युरो सदस्य तथा पूर्वस्वास्थ्य मन्त्रि शान्ता श्रेष्ठ, केन्द्रीय सदस्य गंगा श्रेष्ठ सहितका घाइते भएका हुन् भने प्रहरी तर्फ असई रुपेशकुमार सिंह सहित चार जना जवानहरु घाइते भएको प्रहरीले जानकारी दिएको छ । \"Ganga2\"घाइतेहरुको बानेश्वरकै सिविल अस्पताल तथा तिनकुनेस्थित कान्तिपुर अस्पतालमा उपचार हुदैछ । घाइतेहरुको अवस्था बारे निरिक्षण गर्न एमाओवादी नेता जनार्दन शर्मा ‘प्रभाकर’ अस्पताल पुगेका छन् । घाइतेहरुबारे तथ्यांक संकलन गर्दै गरेका साधुराम लामिछानेका अनुसार अहिले सम्म सिविल अस्पतालमा ३५ जनाले उपचार गराई सकेको र अन्यको कान्तिपुर अस्पतालमा उचार हुदै गरको बताए । घाइतेहरुको अवस्थाबारे निरक्षण गरेपछि एमाओवादी नेता प्रभाकरले सरकारले डराएर शान्तिपूर्ण जुलुसमा हस्तक्षेप गरेका बताएका छन् । बानेश्वरमा प्रहरीले र्‍यालीमा सहभागिहरुलाई तितरवितर पार्न अश्रु ग्यास, पानीको फोहरा प्रयोग गर्दै लाठि चार्च गरेको थियो । यसैबीच बानेश्वरमा झडपसँगै बानेश्वर लगायतका क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको छ । बानेश्वरमा अहिले डिआईजी नेतृत्वको टोलीले सुरक्षा दिई रहेको छ । तीनकुनेबाट नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, अग्नी सापकोटा, हरिबोल गजुरेल तथा गोपाल किरातीले नेतृत्व गरेको टोलीलाई प्रहरीले निषेधित क्षेत्र भन्दै बानेश्वरमा दमन गरेको माओवादीका केन्द्रीय सदस्य पेशल खतिवडाले जानकारी दिए । घाइते भएपनि खुलामञ्च नै जाने\"Ganga\" बानेश्वरमा घाइते भएकाहरुले सिविल र कान्तिपुर अस्पतालमा उपचार गराई खला मञ्च तर्फ नै लागेका छन् । घाइते भएपनि सभामा सहभागी हुने भनेर माओवादी नेतृ शशि श्रेष्ठले भने पछि अन्य घाइतेहरु पनि खुलामञ्चतर्फ लागेका छन् । घाइतेहरु खुलामञ्च पुगे पछि सभामा एक पटक ठुलो स्वरमा सबैले हुटिङ गरेको थियो । अत्याचारको पनि हद हुन्छ नि ! यसैबीच झडपका गम्भीर घाइते एमाओवादी नेता गङ्गानारायण श्रेष्ठले अस्पतालको शैयाबाटै फेसबुकमा लेखेका छन्–\'अत्याचारको पनि हद हुन्छ नि ! श्रीपेचबिनाका छोटे महाराजहरू यसरी टाउको फुटाएर आन्दोलनको आधिबेहरी कति दिन रोक्छौ ? साथीहरू ! आन्दोलनको मैदानमा डटिरहनुस्; हस्पिटलको बेडबाटै शुभकामना ! चिन्ता नगर्नुस्, म ठीक छु । अहिले म कान्तिपुर हस्पिटल तीनकुनेमा छु ।\'   \"_91A2297\" \"baneswor_jhadap \"baneswor_jhadap \"baneswor_jhadap \"baneswor_jhadap \"baneswor_jhadap \"baneswor_jhadap \"baneswor_jhadap \"baneswor_jhadap
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy