Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

ईश्वर मगीयाको नयाँ गीत ‘आँखामा’ सार्वजनिक

खबरडबली संवाददाता

काठमाडौं । गायक, गीतकार तथा संगीतकार ईश्वर मगीयाको उन्नाईसौँ सांगीतिक एल्बम सेटिस्फ्याक्सनमा रहेको गीत ‘आँखामा’ सार्वजनिक गरिएको छ ।

गीतको भिडियोमा देबेन्द्र बब्लु र जुना विश्वकर्माले अभिनय गरेका छन् । मगीया आफै पनि गीतको भिडियोमा देखिएका छन् भने विशाल घिमिरेको निर्देशन रहेको छ । 

उनले भिडियो मेकिङमा आफ्नो टिमले निकै मिहिनत गरेको बताउँछन् । तास स्टुडियोमा रेकर्ड भएको गीतको मिक्सिङ तथा एरेन्ज विजेश्वर राज तन्डुकार हुन । यस भिडियाको सिनेम्याटोग्राफर तथा सम्पादक पवन सुस्लिङ हुन ।

गायक तथा गीतकार ईश्वर मागीया सांगितिक क्षेत्रमा प्रवेश गरेको एक दशक भयो । यो अवधिमा उनले दर्जन भन्दा वढी गीति एल्बमहरु सार्वजनिक गरिसकेका छन् । 

०६५ सालमा रेडियो नेपालबाट स्वर परिक्षा पास गरि यसक्षेत्रमा औपचारिक रुपमा प्रवेश गरेका मागीया आफ्नो नशा नशामा गीतसंगित बगेको बताउँछन् । इलाहावाद स्थित प्रज्ञा संगीत समितिबाट संगीत प्रभाकर उत्तीर्ण गरेका उनी विभिन्न विद्यालयमा संगीत शिक्षकका रुपमा सक्रिय रहँदै आएका छन् ।

गायनलाई नै औपचारिक पेशाका रुपमा अघि सारेका उनी प्रतिश्पर्धात्मक रुपमा आएका गीत संगितको भिडमा संघर्ष गर्न निकै कठिन भएपनि राम्रो सिर्जनालाई दर्शक र श्रोताले मन पराउने बताउँछन् । 

भविष्यमा यसक्षेत्रलाई नै अझै सशक्त रुपमा अघि वढाउने सोच भएका गायक मगीया गीत गाउने मात्रै गर्दैनन्, गीत लेखन र संगितका क्षेत्रमा पनि पोख्त छन् । अबको केहि महिना मै अर्को नयाँ एल्बम सार्वजनिकको तयारीमा रहेको बताउदै उनले हालै मात्र सेटिस्फ्याक्सन एल्बम बजारमा ल्याएका हुन् । 

सेटिस्फ्याक्सन एल्बममा समावेश ‘आँखामा’ गीतबाट गायक निकै उत्साही र आशावादी छन् । गीतको भिडियो ओे एस आरको युटुवमार्फत सार्वजनिक गरिएको छ ।

https://www.youtube.com/watch?v=Q1OyR9KR0u8

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending