गिरफ्तार गरिएको विरोधमा कैलालीमा सशस्त्र क्याम्प घेराउ, टीकापुर दोहोरिने खतरा
भाद्र १४ गते, २०७२ सोमवार 31st August, 2015 Mon१३:१०:४४ मा प्रकाशित
अपडेट:
जोशीपूर सशस्त्र प्रहरी बेसक्याम्प घेरिरहेका महिलाहरुलाई प्रहरीले तपाईका मान्छे भोलीसम्म छोड्छौं भन्दा पनि मानिरहेका थिएनन् । प्रहरीका अधिकृतले आफै आएर समातियका मानिसहरु भोलीसम्म छोडदिने बताएपछि महिलाहरु फर्किएका छन् भने प्रशासनले अहिले जोशीपुर आसपासको क्षेत्रमा कफ्र्यु लगाएको छ घटना लगत्तै जिल्ला प्रशासन प्रमुख टिकापुर पुगेको हाम्रा संवाददाताले बताएका छन् । टिकापुरको स्थिति अहिले सम्भावित झडपभन्दा बाहिर छ ।
--------------------------------------------------------------
काठमाडाैं । भदौ ७ को टीकापुर घटनाको कहाली साम्य नहुँदै फेरि त्यस्तै घटना दोहोरिने स्थिति देखापरेको छ । बरिष्ठ प्रहरीसहित ८ जनाको ज्यान गएको एक हप्तापछि थारु समुदायले आइतबार सद्भाव र्याली निकालेका थिए । तर, आइतबार दिउँसो निकालिएको र्यालीमा सहभागी भएकाको फोटो खिचेर गए मध्यराती सशस्त्र र जनपथ प्रहरीले केहीलाई गिरफ्तार गरेपछि कैलालीको टीकापुर क्षेत्रमा फेरि तनाव बढ्ने देखिएको हो ।
स्थानीय एक व्यक्तिका अनुसार आइतबार थापापुरको नवलपुर भन्ने ठाउँमा थारुहरुले सद्भाव र्याली निकालेको र दिउँसो प्रहरीले फोटो खिचेर राती गिरफ्तार गरेपछि उनीहरुको रिहाईको माग गर्दै स्थानीय महिलाहरु सशस्त्रको क्याम्प घेराउ गर्न पुगेका छन् ।
सद्भाव र्याली निकालेकै भरमा घरघरमा छापा मारेर थापापुरको ५ र ६ का केहीलाई गिरफ्तार गरेपछि उनीहरु आक्रोशित भएको ती स्थानीयले खबरडबलीलाई बताए ।
फोटोकै आधारमा बौनिपुर गाविस ४ का दरवारीलाल चौधरी, थापापुर ५ का सन्तराम चौधरी, किसुनलाल चौधरी, सिलकदाश थारु, थापापुर ६ का जितबहादुर चौधरी, थापापुर ७ नवलपुरका राजेश चौधरी, ब्रिजमोहन चौधरी र राजेश चौधरीलाई प्रहरीले गिरफ्तार गरेको थियो ।
गएराती घरघरमा छापा मारेर स्थानीयलाई जोशीपुर सशस्त्र वेशक्याम्पमा राखिएको थियो । गाउँलेहरुलाई यसरी बिनाकारण पक्रिएको भन्दै सयौं महिलाहरु अहिले रिहाईको लागि वेशक्याक्पमा घेरा हालेर बसिरहेका छन् ।
कैलालीका प्रमुख जिल्ला अधिकारी माेहन चापागार्इंले महिलाले वेशक्याम्प घेरा हालेकाे भन्ने बारेमा अाफूलार्इ जानकारी नभएकाे बताए ।
प्रहरीले तत्काल उनीहरुलाई नछोडे र सशस्त्र क्याम्प घेरिरहेका महिलामाथि दमन गरिए प्रतिरोध गर्ने तयारी स्वरुप गाउँगाउँबाट घरेलु हतियार लिएर थारु समुदाय टोलटोलमा बसिरहेको र तत्काल सचेतता नअपनाए टिकापुरको घटना दोहोरिन सक्ने स्थिति रहेको ति स्थानीयले बताए ।
खबरडबलीको सम्पर्कमा रहेका स्थानीयका अनुसार प्रहरी तथा सरकारले सचेतता अपनाएन र भिडन्तको स्थितिलाई टारेन भने फेरी ठुलो दूर्घटना हुनसक्छ । उनका अनुसार स्थानीय थारु समुदाय घटनाको उच्चस्तरिय छानविन बिना मानिसहरु पक्रनु र थुन्न नहुने पक्षमा छन् । दोषीमाथि कारवाही गरिनुपर्ने तर निदोर्षहरुलाई अनावश्यक दुःख दिनुनहुने माग उनीहरुको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: