Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

टिकापुर घटना सरकारले विवेक पु¥याउन नसक्दाको परिणाम : गुरुङ

\"devभक्तपुर । नेकपा–माओवादीका सचिव देब गुरुङले  सरकारले विवेक पु¥याउन नसक्दा टिकापुर घटना घटेकाे बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा उनले अखण्ड सुदुर पश्चिम आन्दोलनकारीलाई संरक्षण गरेर थारुहरुको वर्चश्व रहेको टिकापुरमा मात्र लगाएको कर्फ्युका कारण कैलाली घटना भएको बताए । उनले भने, \'बारम्बार कर्फ्यु हटाउन माग गर्दा समेत नहटाएपछि बाध्य भएर कर्फ्यु तोड्ने क्रममा सो घटना घटेको हाे र आन्दोलनका क्रममा यस्ता दुःखद् घटना स्वभाविक हुन्छ ।\' कैलाली आन्दोलनमा घुसपैठ भएको भन्दै सरकार र राजनीतिक दलहरूले लगाएको अारोप सरासर गलत भएको भन्दै आन्दोलनलाई आफ्नो पार्टीको पूर्ण समर्थन रहेको र आन्दोलनमा प्रशासन र नेपाल सरकारको कमजोरीकै कारण दुःखद् घटना घटेको उनको टिप्पणी थियो । उनले सरकार पक्षसँग मात्र हतियार भएको र बालकको मृत्यु सरकार पक्षकै गोली लागि भएको भन्दै अन्य पक्षलाई आरोप लगाउनु गलत भएको बताए । संविधान निर्माण भन्दा पनि पदको बार्गेनिङ्गले संविधान जारी नहुने भन्दै विदेशीहरुले ठूला राजनीतिक दलका नेताहरुलाई आफू अनुकूल परिचालन गरेको उनले बताए । दलाल नेताहरुको उत्पादन गर्दै नेपाली भूमिमा आफ्नो शक्ति कायम जारी राख्ने र आफ्नो स्वार्थ पुरा गर्ने बिदेशीहरुको चाहनालाई नेताहरुको सहयोगले देशमा संक्रमण परेको र देशको सुरक्षा अवस्था खतरामा परेको उनको धारणा थियो । बर्तमान समयमा संकलन गरिएको मस्यौदा संकलनलाई नियाल्दा त्यसले पनि पश्चगामी संविधान जारीको दिशा समातेको भन्दै संविधान जारी भए पनि त्यो नेपालीका लागि भन्दा बिदेशीका हितमा हुने र त्यो पश्चगामी नै हुने भन्दै त्यस्तो संविधान अाफूहरूलार्इ मान्य नहुने बताए । नेपाली भूमि अहिले मात्र मिचिएको होईन यो परापूर्वकाल देखिकै निरन्तरता भएको भन्दै उनले भने, \'लिपुलेक नेपालको भएको र भारतले गरेको हस्तक्षेपका बारे नेपालका ठूला दल र नेपालको कुटनीतिक पक्ष चुप लाग्दा नेपालको भूमिमा भारतको रजाई चलेको छ ।\' आफ्नो सिमाका बारे बेलैमा सरकारले नेपालीलाई जानकारी दिनु पर्ने उनको भनार्इ थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending