काठमाडौं । यही जेठ १० गते (बुद्ध जयन्ती) देखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘पूजार सार्की’ को तेस्रो गीत ‘जाऊँ माया’ सार्वजनिक गरिएको छ । बि.पाण्डेको शब्द रचना तथा केतन क्षेत्रीको स्वर रहेको गीतमा फिल्मका निर्माता समेत रहेका सुभाष भुषालको संगीत रहेको छ ।
गीतमा अन्तरजातीय प्रेमले निम्त्याएको पीडा र निराशालाई देखाइएको छ । नेपाली फिल्म क्षेत्रका तीन सुपरस्टार आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको प्रमुख भूमिका रहेको फिल्म जातीय विभेदविरुद्धको कथामा बनेको फिल्मको ट्रेलर र गीतबाट बुझ्न सकिन्छ ।
आर्यन पूजारीको भूमिकामा छन् भने उनको जोडी बनेकी अञ्जना बराइलीले कथित तल्लो जातकी युवतीको भूमिका निभाएकी छन् । प्रदीप भने दमाई चरित्रमा छन् । उनको मगर समुदायकी परीक्षा लिम्बूसँग माया बसेको छ । फिल्ममा पलको सानो भूमिका भएपनि जातीय विभेदविरुद्ध लड्ने युवाको रहेको छ ।
दिनेश राउतको निर्देशन तथा विकास सुवेदीको लेखन रहेको यो फिल्ममा मोहन निरौला, शङ्कर आचार्य, प्रेम सुब्बा, तारा शर्मा, सुवास गजुरेल, लोकेन्द्र लेखक, विद्या कार्की, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय रहेको छ ।
गीतको लिंक- https://www.youtube.com/watch?v=e-1n5Pb6Shs
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ७ गते, २०८२ - १४:०८
काठमाडौं । डा. सुवर्ण पौडेल पाइल्स मुक्त नेपाल अभियानमा छन्। उनको अभियानले कति मानिसलाई छुन सक्ला? आफ्नै ठाउँमा छ। तर, हजारौं व्यक्ति उनको अभियान र से...
आषाढ़ ७ गते, २०८२ - १३:५६
पोखरा । पोखरामा झन्डै डेढ करोड मूल्यको सुनसहित २ जना पक्राउ परेका छन् । एक करोड ३० लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको अवैध सुनसहित दुई जनालाई पक्राउ ग...
आषाढ़ ७ गते, २०८२ - १३:५०
चितवन । पूर्व पश्चिम राजमार्गको चितवनको डडुवामा भएको दुर्घटनामा ७ जनाको मृत्यु र १८ जना घाइते भएका छन् । राप्ती नगरपालिका वडा नम्वर ४ खहरेपुल स्थित...
आषाढ़ ७ गते, २०८२ - ११:४३
बाजुरा । बाजुराको बडिमालिका नगरपालिका–८ गड्खेतका लालबहादुर ऐडी दम्पत्तिले गाउँमै व्यावसायिक खेत गर्दै आएका छन् । करिब एक दशक अगाडि काठमाडौँको थानक...
आषाढ़ ७ गते, २०८२ - ११:२३
काठमाडौँ । भारतले इरानमा फसेका नेपाली नागरिकलाई उद्धार गर्न मद्दत गर्ने भएको छ । इरानस्थित भारतीय दूतावासले आफ्नो सामाजिक सञ्जाल एक्समार्फत यसको जानका...
आषाढ़ ७ गते, २०८२ - ११:०३
झापा । झापामा ढुंगाले हानेर एक जनाको हत्या गरिएको छ । कमल गाउँपालिका–४ सितापुरी चोक बस्ने ३५ वर्षीय सूर्य बिक्रम लिम्बुले ढुंगाले हानी हत्या गरिएको ह...
आषाढ़ ७ गते, २०८२ - ११:०३
झापा । झापामा ढुंगाले हानेर एक जनाको हत्या गरिएको छ । कमल गाउँपालिका–४ सितापुरी चोक बस्ने ३५ वर्षीय सूर्य बिक्रम लिम्बुले ढुंगाले हानी हत्या गरिएको ह...
आषाढ़ ७ गते, २०८२ - ११:०१
झापा । चालु अवस्थामा रहेको हतियारसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बेलुका एयर पेस्तोल र त्यसमा लाग्ने गोलीसहित ३५ वर्षीय भार...
आषाढ़ ७ गते, २०८२ - १०:५७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ। खुमलट...
आषाढ़ ७ गते, २०८२ - १०:२०
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वलाई स्वास्थ्य, शान्ति र आत्मिक उन्नतिको बाटो देखाउने योगका सम्बन्धमा भएका अध्ययन, अनुसन्धान र ऐतिहासिक तथ...
प्रतिकृया लेख्नुहोस्: