Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

पुस्तकालयको विकासका लागि मन्त्रालय प्रतिबद्ध – मन्त्री यादव

\"chitraकाठमाडौं । शिक्षामन्त्री चित्रलेखा यादवले पुस्तकालयको विकासका लागि आफ्नो मन्त्रालय प्रतिबद्ध रहेको बताएकी छन् । आठौँ पुस्तकालय दिवस मूल समारोह समितिको आयोजनामा मंगलबार भएको कार्यक्रममा मन्त्री यादवले नयाँपिँढीमा पढ्ने बानीको विकास गराउनका लागि पुस्तकालयको विकास गर्नुपर्नेमा जोड दिइन  । विद्यालय जीवनमा आफूले पुस्तकालयमा धेरै समय बिताउने गरेको स्मरण गर्दै उनले भनिन –‘हामीले पढ्दा एक पिरियड पुस्तकालय जानैपर्ने हुन्थ्यो । पुस्तकालयमा पढेका कुरालाई प्रतिवेदन तयार गरेर कक्षामा प्रस्तुत गर्नुपथ्र्यो यसले पनि हामीलाई पुस्तकालयमा पढ्ने बानीको विकास गर्न मद्दत ग¥यो ।’ मन्त्रालयका सचिव तथा समारोह समितिका अध्यक्ष विश्वप्रकाश पण्डितले भूकम्पपछि क्षति पुगेका पुस्तकालय भवनलाई राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत पुनःनिर्माण गरिने जानकारी दिए । पूर्वमन्त्री गणेश शाहले पुस्तकालयको अवस्था अहिले निकै दयनीय रहेको बताउँदै शिक्षामा ठूलो बजेट विनियोजन गरे पनि पुस्तकालय भने छायामा परेको उल्लेख गरे । कार्यक्रममा केन्द्रीय पुस्तकालयमा कार्यरत दिलीपमान स्थापित, पाठ्यक्रम विकास केन्द्रका पुस्तकालय अधिकृत अरुणकुमार राई, साक्षर कर्णाली अभियानका अभियन्ता प्रेमकुमार बोहरालगायतलाई सम्मानित गरियो । यसैगरी रक्तदातालाई प्रमाणपत्रसमेत प्रदान गरियो । यसअघि, आज बिहान सिंहदरबार मूलगेटदेखि रुसी सांस्कृतिक केन्द्रसम्म प्रभातफेरीको आयोजना गरिएको थियो । नेपालभर करिब एक हजारदेखि एक हजार २०० सार्वजनिक पुस्तकालय रहेको अनुमान गरिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending