Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

दोहोरो जिम्मेवारीले वालवालिकाको पढाइ प्रभावित

\"bhae जाजरकोट । खगेनकोट गाविस वडा नं ६ का प्रतिक चदारा विहानै उठेर अनुहार सफा नै नगरी आफ्नो बारीमा लगाएको मकै हेर्न पुग्छन् । विहान ६ वजे वाट करिव ९.३० वजे सम्म प्रतिक बारीमै बिताउछन् ,मकै खान बारीमा आएको वाँदरलाई सकिनसकी लखेट्छन् । ९.३० बजे पछि बारीमा मकै खाना आएको वाँदर,स्यालको चापको आधारमा उनी विद्यालय जाने वा नजाने मानसिकता बनाउने गर्दछन् । वाँदर नआएरमा विद्यालय जसोतसो गरी पढ्न जाँने गर्दछन यदि वाँदरले सताईराखेमा खाना र पढाई समेत अभिवावक वारीमा नआउजेल सम्म रोकिन्छ । उनीजस्तै जाजरकोटका ग्रामीण भेगका अधिकांश बालबालिकाहरुको वर्षायामको यो दैनिकी हो । वाँदर हेर्न नगए पनि घरमै वस्ने अनि १० वजे विद्यालय जाँने वालवालीकाले भाई वैनी पिठ्यूमा वोकेर पढ्नु उनीहरुको दैनिकी हुने गरेको छ । त्यस्तै मकैमा वाँदर नलाग्ने घरका अभिवावक विहान खाना खाएर दिउसो काममा जानु पर्ने भएका कारण यहाँका  साना वालवालिका समस्या पर्ने भन्दै ठुला विद्यालयमा पढ्ने उमेरका वालवालीकाले भाई वैनी वोकेर विद्यालय जाने गरेका छन् । कुनै विद्यालयले कार्यालय सहयोगी भएपनि विद्यार्थीहरुलाई पानी वोक्न लगाउदा पढाई प्रभावित हुने गरेको छ । विद्यालयमा पानी नभएका विद्यालयले विद्यार्थीलाई पानी वोक्न लगाउदा पढाई प्रभावित भएको हो । कार्यालय सहयोगी हुदाहुदै पनि विद्यार्थीलाई पानी वोक्न लगाउने गरेका छन् । यहाँका धेरै जसो वालवालीकाहरु यसरी दोहोरो जिम्मेवारीका कारण पढाईमा गम्भिर असर परेको बताउँछन् । विद्यालयमा भाई , वैनी बोकाएर विद्यार्थीहरुको पढाई नविगार्न अनुरोध गरेपनि अभिवावकले नमानेको हिमालय प्रावि मंसीरी खगेनकोटका शिक्षक हरीवहादुर सिंहले जानकारी दिए । विद्यार्थीहरुले भाई , वैनी वोकेर विद्यालय आउदा कापी किताव च्यातिने, रुने,दिसा पिसाव गर्दा विद्यार्थीहरु हैरान हुने गरेको शिक्षकले वताएका छन् । जाजरकोटको मुख्य वाली मकै भएका कारण यो वाँदरवाट वचाउनै पर्ने वाध्यता रहेको छ । पहिले यहाँका जंगलमा बाघ हुने भएकाले वादर,स्यालको संख्य कम हुने गरेको स्थानियहरु बताउछन् । अहिले जाजरकोटका जंगलमा बाघ नै नभएका कारण वादर र स्यालको संख्य अत्यधिक रुपमा बढेको छ । स्याल र वादरको संख्या बढेको कारण मकैवालीमा ब्यापक क्षति हुने गरेको स्थानिय जसुन्त खत्रीेले बताए । भिरालो जमिन ,समयमा पनि नपर्दा बाली नसप्रिएको अवस्थामा वादर र स्यालले थोरै भएको पनि खाँदा यहाँका किसानहरु चिन्तित भएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending