Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

मुगुमा प्रहरीले गोली चलायो

\"Police\" मुगु । गाउँको चलनचल्तीअनुसार नचलेको भन्दै गाउँलेले जरिवाना तोकेका व्यक्तिलाई प्रहरीले संरक्षण गरेको आरोप लगाउँदै मुगुका स्थानियले सीमा प्रहरी चौकी मुगुमा ढुङ्गामुढा गरेपछि प्रहरीले आत्मरक्षामा ११ राउन्ड गोली चलाएको छ । गाउँलेका अनुसार जडीवुटी संकलन गर्ने ठेकेदारले सहमति अनुरुप गाउँका स्थानिय समुदायलाई रोजगारी दिने सहमति विपरित अन्य समुदायलाई रोजगारी दिएको कसुरमा दोषी ठह¥याएकालाई प्रहरीले संरक्षण गरेको भन्दै मंगलबार राती ढुंगामुढा गर्दै विरोध गेका थिए । दुई–तीन सयको संख्यामा आएका गाउँले सीमा प्रहरी चौकीमा राती ढुँगामुढा गर्दै प्रहरी चौकीको झ्यालढोका, पर्खाल समेत भत्काई दिएका छन् । स्थानिय गाउँलेको ढुँगा प्रहारबाट प्रहरी सहायक निरीक्षक रुद्र रावलसहित पाँच जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक श्रीहजुर सिलवालले बताए । जिल्ला वन कार्यालयबाट कटुकी सङ्कलन पुर्जी लिएका कटुकी संकलनमा गएका ठेकेदारलाई स्थानियले जडिबबुटी चोरी निकासी गरेको आरोपमा मंगलबार दिउँसो जरीमाना तोकेका थिए । जरिमाना तिर्न ठेकेदारले नमानेपछि गाउँलेले चलनचल्ती अनुसार नचलेको भन्दै कुटपिट गर्न खोज्दा प्रहरीले झडप हुन नदिन ठेकेदारलाई प्रहरी चौकीमा राखेको निउँमा स्थानियले प्रहरी चौकमाथि हमला गरेका थिए । रातभरि तनाव भएपछि गएराति ८ बजे प्रहरी निरीक्षक मित्रप्रसाद आचार्यको नेतृत्वमा थप १५ जना प्रहरी पठाइएको छ । ठेकेदार केसीबहादुर भण्डारीका अनुसार जिल्ला वन कार्यालयबाट कटुकी सङ्कलनको वैधानिक पुर्जी लिएर सङ्कलन गर्दा पनि गाउँलेले दोहोरो कर उठाउन खोजेको र आफूले नमाने पछि आफूमाथि सुनियोजित रुपमा हमला गरिएको बताए । मुगु गाउँस्थित राष्ट्रिय वनमा ८० क्विन्टल कटुकी सङ्कलन गर्न ठेकेदार भण्डारीले सङ्कलन पुर्जी लिएको जिल्ला वन कार्यालयले जनाएको छ । दुई दिनको पैदल दुरीमा रहेको घटनास्थल जिल्ला सदरमुकाम गमगढीबाट २८ कोस पूर्वमा पर्दछ ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending