Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

२५ विधामा अवार्ड प्रदान गर्दै ७ औं सिने सर्कल अवार्ड सम्पन्न

खबरडबली संवाददाता

काठमाडौं । नेपाली चलचित्रको अवार्डको अबस्था खस्की रहेको बेला चलचित्रकर्मीलाई नै गर्वको महसुस हुनेगरी काठमाडौंमा भव्यताका साथ ‘एलजी ७ औं सिने सर्कल अवार्ड – २०८०’ सम्पन्न भएको छ । काठमाडौंको अर्मी अफिसर्स क्लबमा शुक्रबार बेलुका यो अवार्ड सम्पन्न भएको हो । समारोहमा विभिन्न २५ विधामा अवार्ड प्रदान गरियो ।

नेपाली सैनिक कलाकारद्धारा विभिन्न नेपाली चलचित्रमा अर्केष्ट्रा धुन प्रस्तुतिसँगै शुरु भएको यो अवार्ड समारोहको सञ्चालन कार्यक्रम आयोजक तथा सिनेमा सर्कल नेपालका अध्यक्ष निर्देशक डिसीले गरेका थिए । सिनेमा सर्कल नेपालका संरक्षक तथा चौधरी समूहका प्रवन्ध निर्देशक वरुण चौधरीले अवार्डको महत्वबारे प्रकाशपार्दै स्वागत मन्तव्य राखेका थिए ।

नेपाली चलचित्र क्षेत्रमा क्यामेराको पछाडी रहेर निरन्तर योगदान दिएको भन्दै दुई अग्रज प्राविधिकलाई समारोहमा दुई अग्रज प्राविधिकलाई दीर्घ साधना सम्मानबाट सम्मानित गरियो । जनही ५१ हजार रुपैयाँ सहित चलचित्र सम्पादक नरेन्द्र खडका र चलचित्र मेकअप कलाकार अशोक रोकालाई दीर्घ साधना सम्मानबाट सम्मानित गरियो ।

 अग्रज अभिनेत्रीहरु भुवन चन्द, बसुन्धरा भुसाल, चैत्य देवी, अग्रज संगीतकार शम्भुजीत बासकोटा, अग्रज अभिनेता शिब श्रेष्ठ, अर्जुन जँग शाही, सन्तोष पन्त, सरोज खनाल, चलचित्र सम्बन्धि करिब एक दर्जन संघ संस्थाका अध्यक्षहरुलगायतले यो सम्मान सँयुक्त रुपमा प्रदान गरे । आफुहरुले जहिले पनि पर्दा पछाडी रहेर काम गर्ने अग्रज चलचित्रकर्मीलाई दीर्घ साधाना सम्मान प्रदान गर्दै आएको अवार्ड आयोजक दिनेश डिसीले कार्यक्रममा प्रकाश पारे ।

यो अवार्ड समारोहमा सम्पन्न अवार्ड समारोहमा यसपटक निश्चल बस्नेतको चलचित्र दिमाग खराबले सर्वाधिक अवार्ड जित्यो । यो चलचित्रले उत्कृष्ट चलचित्रको अवार्ड सहित पाँच अवार्ड पायो । जसमा यही फिल्मबाट निर्देशकको अवार्ड निश्चल बस्नेतले, अभिनेत्रीको अवार्ड स्वस्तिमा खड्काले, छायाँकारको अवार्ड सुसन प्रजापतिले र सम्पादकको अवार्ड निमेश श्रेष्ठले प्राप्त गरे ।  उत्कृष्ट अभिनेताको अवार्ड चलचित्र अगस्तेबाट सौगात मल्लले चुमे भने चलचित्र अगस्तेबाटै उत्कृष्ट खल चरित्रको अवार्ड प्रमोद अग्रहरीले र अगस्तेबाटै द्धन्द्ध निर्देशकको अवार्ड श्री श्रेष्ठले हाँसिल गरे ।

यसैगरी २०८० मा राम्रो व्यापार गर्न सफल चलचित्र जारीले पनि अवार्डमा राम्रो पकड जमायो । जारीबाट उपेन्द्र सुब्बाले उत्कृष्ट नव निर्देशक र उत्कृष्ट स्कृनप्ले राईटरको अवार्ड हाँसिल गरे । जारीले नै वर्षको बक्स अफिसमा वर्षको सर्वाधिक व्यापार गर्ने चलचित्रको अवार्ड प्राप्त ग¥यो भने जारीबाटै दयाहाङ राई र मिरुना मगरले उत्कृष्ट अन स्क्रिन जोडीको अवार्ड चुमे ।

गीत संगीत तर्फ उत्कृष्ट संगीतकारको अवार्ड चलचित्र बगानका लागि संगीतकार सुवास भुसालले, पाश्र्व गायिकाको अवार्ड बगानबाटै गायिका अन्जु पन्तले र पाश्र्व गायकको अवार्ड चलचित्र प्ररदेशी २ बाट  निशान भट्टराईले प्राप्त गरे । यस्तै उत्कृष्ट कोरियोग्राफरको अवार्ड चलचित्र नाँगो गाउँको सुन सुन गीतबाट रामजी लामिछानेले, उत्कृष्ट भीएफएक्सको अवार्ड चलचित्र उपहारबाट अनुपम गौतम शर्माले, उत्कृष्ट पोस्टर डिजाइनरको अवार्ड चलचित्र बुलाकीबाट राकेश दाहालले, उत्कृष्ट ट्रेलरको अवार्ड चलचित्र काँडेतारबाट बन्दे प्रसादले र उत्कृष्ट स्टन्टको अवार्ड पनि चलचित्र काँडेतारबाटै लक्ष्मण सेन्चुरीले पाए ।

यसपटक समारोहमा क्रिटिक्स अवार्ड अभिनेताको अवार्ड चलचित्र बुलाकीबाट अभिनेता नरेन खड्काले र अभिनेत्रीको अवार्ड चलचित्र बुलाकीबाटै अभिनेत्री सुरक्षा पन्तले र निर्देशकको अवार्ड चलचित्र अन्तिम संस्कारबाट प्रदीप शाहीले पाए । यस्तै ट्रेण्ड सेटर्स अवार्ड चलचित्र निर्देशक रामबाबु गुरुङ र अर्का चलचित्र निर्देशक प्रदीप भट्टराईलाई प्रदान गरियो । रामबाबुलाई कबड्डी जस्ता ग्रामिण परिवेशका सफल चलचित्र निर्माता र प्रदीपलाई सफल सामसामयिक हास्यप्रधान सामाजिक चलचित्र निर्माणका लागि यी अवार्ड प्रदान गरिएको अवार्ड आयोजक संस्था सिने सर्कल नेपालका अध्यक्ष दिनेश डिसीले बताए ।

अवार्ड समारोहमा गायक यम बराल, गायिका देविका बन्दना, नेपाल आर्मीका कलाकार र चलचित्र पुराज सार्कीका कलाकारको गीत संगीत प्रस्तुतिसँगै विभिन्न कलाकारको नृत्य रह्यो । यी प्रस्तुतिले सिने सर्कल अवार्ड समारोह संगीतमय बनेको थियो । यो अवार्डको निर्णायकमा चलचित्र निर्देशक कलाकार मोहन निरौला, संगीतकार सुरेश अधिकारी, द्धन्द्ध निर्देशक एनवी महर्जन, सञ्चारकर्मी कृष्ण भट्टराई थिए ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending