Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

सामाजिक सञ्जालमा नेता

\"netaa-660x330\"प्रधानमन्त्री भएपछि सम्पत्तिको नाममा तीन मोबाइल देखाएका सुशील कोइराला अहिले आइफोन फाइभ बोक्छन् । केही महिनापहिले उनको नाममा ट्विटर एकाउन्ट पनि खोलिएको छ । उनको ‘मिडिया टिम’ले त्यसलाई सञ्चालन गर्छ । तर, कहिलेकाहीँ उनी आफैँ पनि ट्विटबारे चासो दिन्छन् । केही समयअघि उनले मोबाइलमा ट्विटर चलाइरहेको तस्बिर चर्चित पनि भयो । उनीजस्तै अधिकांश शीर्ष नेता सामाजिक सञ्जालमा छन् । सामाजिक सञ्जालबाटै वैचारिक विमर्श गर्ने नेता पनि छन् । सामाजिक सञ्जालमा प्राय: युवा राजनीतिकर्मी सक्रिय छन् । नयाँ पत्रिकाका प्रवीण देवकोटाले तयार पारेको सामग्री : सञ्जालमा शीर्ष नेता प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाको सामाजिक सञ्जालमा उपस्थिति लामो समय भएको छैन । प्रधानमन्त्री भएको धेरैपछि मात्र उनको ‘ट्विटर एकाउन्ट’ खोलियो । त्यो ‘एकाउन्ट’ उनको ‘मिडिया टिम’ले सन्चालन गर्छ । एमाले अध्यक्ष केपी ओली ट्विटर र फेसबुक दुवैमा सक्रिय छन् । एमाओवादी अध्यक्ष प्रचण्डको फेसबुक एकाउन्ट मात्र छ । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल ट्विटर र फेसबुक दुवैमा सक्रिय छन् । तर, यी शीर्ष नेताहरूले सामाजिक सञ्जालमा गर्ने ‘पोस्ट’ चर्चामा खासै आउँदैनन् । र, उनीहरूको आधिकारिक ‘एकाउन्ट’मा फलोअर्स पनि खासै धेरै छैनन् । प्रधानमन्त्री कोइरालालाई ट्विटर @pm_nepal मा ३० हजारभन्दा धेरैले ‘फलो’ गर्छन् । उनको ‘एकाउन्ट’बाट अन्य १० ‘एकाउन्ट’लाई ‘फलो’ गरिएको छ । राजनीतिक घटनाक्रम र ‘अफिसियल’ गतिविधिबारे प्रधानमन्त्री ट्विट गर्छन् । केही दिनअघि एउटा फेक ट्विटर ‘एकाउन्ट’ले भने कोइरालालाई तनाव दियो । कोइरालाकै नाम राखेर बनाइएको त्यो ‘एकाउन्ट’मा उनले पदबाट राजीनामा दिन लागेको खबर पोस्ट भयो । प्रेस सल्लाहकारले गलत ट्विट भन्दै सूचना जारी नगर्दासम्म अन्योलको वातावरण बन्यो । केही समयअघि कोइरालाको ‘ट्विटर एकाउन्ट ह्याक’ पनि भएको थियो । कोइरालाको फेसबुक र निजी वेबसाइट भने छैन । एमाले अध्यक्ष केपी ओलीले पनि सामाजिक सञ्जालमा सक्रियता बढाएका छन् । ओलीको ट्विटर @kpsharmaoli मा २१ हजारभन्दा बढी ‘फलोअर्स’ छन् । उनी फेसबुक एकाउन्ट र पेज दुवै चलाउँछन् । फेसबुक पेज KP-sharma-oli मा ६ हजार मात्र लाइक छ । ओलीको व्यक्तिगत वेबसाइट www.kpsharmaoli.com छ । पार्टीका गतिविधि, राष्ट्रिय राजनीति र दैनिक रुटिनबारे उनी वेला–वेला ट्विटर र फेसबुकमा अपडेट गर्छन् । त्यस्तै, एमाओवादी अध्यक्ष प्रचण्डको फेसबुक मा prachanda.nepal पेज छ । पेजमा १६ हजारभन्दा बढी लाइक पुगेको छ । प्रचण्डको फेसबुक पेजमा विभिन्न सञ्चारमाध्यममा आएका समाचार सेयर गरिएको छ । उनको पेज छोरा प्रकाशले चलाउँछन् । प्रचण्डले ट्विटरमा एकाउन्ट खोलेका छैनन् । उनको वेबसाइट www.prachanda.com चाहिँ छ । तर, ०७१ माघ ११ गतेदेखि अपडेट छैन । पछिल्ला दिन ट्विटर @madhabnepal2072 मा बाक्लै उपस्थित देखिन्छन् एमाले नेता माधवकुमार नेपाल । झन्डै साढे तीन हजार फलोअर्स रहेका नेपाल राजनीतिक घटनाक्रमअनुसार आफ्ना विचार ट्विट गरिरहेका हुन्छन् । तर, उनको ट्विट पनि अन्य शीर्ष नेताको जस्तै सामाजिक सञ्जाल, सञ्चारमाध्यम, राष्ट्रिय राजनीतिमा खासै बिकेको पाइँदैन । नेपालको वेबसाइट www.madhabnepal.com पनि अपडेट छैन । एमाले पूर्वअध्यक्ष झलनाथ खनाल फेसबुक त चलाउँछन्, तर उनको नाममा एउटै अपडेट देखिँदैन । उनको एकाउन्टमा २,०७४ साथी छन् । उनको ट्विटर र वेबसाइट भने छैन । कांग्रेस उपसभापति रामचन्द्र पौडेलको फेसबुकमा RCpaudelnepal छ । ४६ हजार ६ सय ६६ भन्दा धेरै लाइक छ । उनको ट्विटर एकाउन्ट त छ, तर चलाउँदैनन् । उनको वेबसाइट पनि केही दिनदेखि खुल्न छाडेको छ । एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले फेसबुक पेज narayan-kaji-shrestha-prakash र ट्विटर @nksthaprakash मा वेलावेला आफ्ना धारणा सार्वजनिक गर्छन् । श्रेष्ठको फेसबुक पेजमा सात हजारभन्दा बढीले लाइक गरेका छन् भने ट्विटरमा १२ हजारभन्दा बढी फलोअर्स छन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको पनि फेसबुक पेजको ‘युजर नेम’ nplyouth छ । पेजमा उनका राजनीतिक धारणा सेयर गरिएका छन् । तीन हजारभन्दा बढीको लाइक छ । जसको सञ्जालमा चर्चा छ सामाजिक सञ्जालमा एक नम्बर चर्चामा आउने नेता हुन्– एमाओवादी नेता डा. बाबुराम भट्टराई । भट्टराईपछि कांग्रेस युवा नेता गगन थापा, एमाले युवा नेताहरू रवीन्द्र अधिकारी, महेश बस्नेत र योगेश भट्टराईहरूको उपस्थिति बढी देखिन्छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाको उपस्थिति झनै आक्रामक लाग्छ । यी नेताका ट्विट र स्टाटसले राष्ट्रिय मिडियामा ‘स्पेस’ पनि पाउँछन् । बाबुराम भट्टराइको फेसबुक पेज drbaburambhattarai मा झन्डै १० लाखले लाइक गरेका छन् भने @brb_laaldhwoj  मा झन्डै साढे दुई लाख फलोअर्स छन् । यो संख्या सामाजिक सञ्जालमा जोडिने नेपाली नेताको भीडमा सबैभन्दा बढी हो । बाबुरामले राजनीतिका हरेक महत्त्वपूर्ण घटनाक्रमसँगै सामाजिक, सांस्कृतिक, खेलकुदलगायत विषयमा सामाजिक सञ्जालमा विचार सम्प्रेषण गरिरहेका हुन्छन् । उनका प्राय: पोस्ट बहसका विषय बन्छन् । क्षणभरमा हजारौँ लाइक र कमेन्ट ओइरिन्छन् । महत्त्वपूर्ण घटनाक्रमका वेला बाबुरामले पोस्ट गर्ने ट्विट र स्टाटस सबैजसो राष्ट्रिय मिडियामा समाचार बन्छन् । विभिन्न मिडियामा प्रकाशित लेख र समाचारलाई पनि बाबुरामले सेयर गर्छन् । उनको निजी वेबसाइट www.baburambhattarai.com पनि सञ्चालनमा छ । त्यसमा उनको विचार र समाचार अपडेट हुन्छ । बाबुरामको सचिवालयले द्यच्द्य क्भअचभतबचष्बत फेसबुक पेज पनि चलाएको छ, जहाँ बाबुरामका दैनिक गतिविधि अपडेट गरिन्छन् । सामाजिक सञ्जालमा सबैभन्दा बढी छाउने नेताको सूचीमा कांग्रेस नेता गगन थापाको नाम पनि अग्रस्थानमै पर्छ । उनी ट्विटर @thapagk मा अपडेट गर्छन् । एक लाख ८० हजारभन्दा बढी ट्विटर फलोअर्स भएका थापाको फेसबुक पेज @thapagk  मा एक लाख आठ हजारभन्दा बढीले लाइक गरेका छन् । थापा ट्विटर र फेसबुकमा आफ्ना विचार पोस्ट गर्ने तथा मन परेका समाचार, लेख र अन्तर्वार्ता सेयर गर्छन् । थापाले ट्विटर पेजमा सार्वजनिक गरेको वेबसाइट www.gaganthapa.com.np भने चल्दैन । रोचक पक्ष त के भने www.gaganthapa.com.np नामको डोमेनचाहिँ बिक्रीमा राखिएको छ । डोमेनको मूल्य एक लाख ९९ हजार नौ सय नौ रुपैयाँ तोकिएको छ । एमाले युवा नेता रवीन्द्र अधिकारी पनि सामाजिक सञ्जालमा अपडेट भइरहन्छन् । उनको फेसबुक पेज rabindra.Adhikari.UML मा एक लाख २५ हजारभन्दा बढीले लाइक गरेका छन् । उनको ट्विटर @rabindraADH मा १६ हजार बढी फलोअर्स छन् । फेसबुक र ट्विटरमा आफ्ना विचार प्रवाहित गर्ने रवीन्द्रका फलोअर्स पनि दु्रत गतिमा बढेका छन् । रवीन्द्रले पनि सामाजिक सञ्जाललाई वैचारिक राजनीतिको एउटा सक्रिय पाटोका रूपमा प्रयोग गरेका छन् । रवीन्द्र अधिकारीको वेबसाइट www.rabindraadhikari.com पनि सञ्चालनमा छ । वेबसाइटमा उनी आफू सहभागी कार्यक्रमका गतिविधि, लेख र विचार अपडेट गर्छन् । राप्रपा अध्यक्ष कमल थापा पछिल्लो समय सामाजिक सञ्जालमा सक्रिय देखिन्छन् । उनको फेसबुक kamalthapaoffical पेजमा ६७ हजारभन्दा बढीले लाइक गरेका छन् भने @KTnepal मा ८४ हजारभन्दा बढी फलोअर्स छन् । थापाले राष्ट्रिय राजनीतिको प्रत्येक घटनाक्रम र आफ्नो धारणा फेसबुक र ट्विटर फलोअर्ससम्म पुर्‍याइरहेका हुन्छन् । उनका कतिपय पोस्ट राष्ट्रिय बहसका विषय बन्दै आएका छन् । एमाले युवा नेता योगेश भट्टराई पनि फेसबुक yogeshbhattarai,cpnuml ट्विटर @yogeshuml55 छ मा उत्तिकै सक्रिय देखिन्छन् । उनको फेसबुक पेजमा १३ हजारभन्दा बढीले लाइक गरेका छन् भने ट्विटरमा साढे सात हजारभन्दा बढी फलोअर्स छन् । भट्टराईको वेबसाइट www.yogeshbhattarai.com छ, तर लामो समयदेखि अपडेट छैन । युवा नेता बढी सक्रिय नेपाली राजनीतिका युवावर्ग प्राय: सामाजिक सञ्जालमा जोडिएका छन् । उनीहरूले सामाजिक सञ्जाललाई युवा पुस्ताबीच विचार पुर्‍याउने माध्यम बनाउँदै गरेको देखिन्छ । कांग्रेस महामन्त्री प्रकाशमान सिंहको फेसबुक एचबपबकज:बलक्ष्लनज पेज सञ्चालनमा छ । १३ हजारभन्दा बढी लाइक छ । कांग्रेस नेता अमरेशकुमार सिंह फेसबुक बmचभकजकष्लनजण्ज्ञद्ध र ट्विटर २ब्mचभकजवलग मा आफ्ना विचार पोस्ट गर्छन् । पार्टीभित्रका आफ्ना असन्तुष्टि र मधेस मुद्दाबारे धारणा सार्वजनिक गर्ने सिंहका फलोअर्स भने निकै कम छन् । कांग्रेस नेता नरहरि आचार्य पनि फेसबुक लबचबजबचष्बअजबचथब पेज र ट्विटर २ल्बचबजबचष्ब् चलाउँछन् । आचार्यको लबचबजबचष्बअजबचथब।अयm वेबसाइट पनि सञ्चालनमा छ । केही लेखरचना र मिडियामा आएका सामग्री वेबसाइटमा छन् । नेतृ सुजाता कोइराला फेसबुक चलाउँछिन् । फेसबुक पेज क्गवबतब(प्यष्चबबिरद्दठटद्धद्धठद्धण्छडठछटठठ मा ३२ हजारभन्दा बढी लाइक छ । उनको ट्विटर एकाउन्ट लामो समयदेखि अपडेट भएको छैन । एमाले महासचिव ईश्वर पोखरेल फेसबुक रष्कजधबच।उयपजचभ।िढद्ध मा जोडिएका छन् । उनका करिब पाँच हजार फेसबुक साथी छन् । त्यस्तै, एमाले नेता शंकर पोखरेल फेसबुक कजबलपबच।उयपजचभ।िढद्धट र ट्विटर २कजबलपबचउयपजचभडि मार्फत आफ्ना धारणा पोस्ट गर्छन् । उनी फेसबुक–ट्विटरबाटै अन्य नेताका स्टाटस/धारणामाथि प्रतिक्रिया पनि जनाउँछन् । अर्का नेता प्रदीप ज्ञवाली पनि फेसबुक उचबमभभउ।नथबधबष्ज्ञि र ट्विटर २एचबमभभउनथबधबष्प् िचलाउँछन् । त्यस्तै, उद्योगमन्त्री समेत रहेका एमाले नेता महेश बस्नेत फेसबुकमा mबजभकज।दबकलभत।ठज्ञ बढी सक्रिय छन् । उनको फेसबुकमा एकाउन्ट छ । पाँच हजारभन्दा धेरै साथी छन्, १४ हजारभन्दा धेरै फलोअर्स छन् । उनले ट्विटर एकाउन्ट पनि खोलेका छन् तर ट्विटरमा सक्रिय छैनन् । एमाओवादी महासचिव कृष्णबहादुर महरा फेसबुक पचष्कजलब।mबजबचब।छ चलाउँछन् । उनका साढे चार हजारभन्दा बढी साथी छन् । एमाओवादी नेतृ हिसिला यमी ट्विटर २ज्ष्कष्बिएयकत चलाउँछिन् भने नेता दीनानाथ शर्मा फेसबुक रमष्लबलबतज।कजबचmब।छद्दद्द । शर्माको वेबसाइट थियो, तर अहिले बन्द छ । अर्का नेता खिमलाल देवकोटा ट्विटर २लभतमभखपयतब र फेसबुक दुवै चलाउँछन् । उनको ब्लग पजष्mबि।िदयिनकउयत।अयm समेत छ । अग्नि सापकोटा फेसबुक बनलष्।कबउपयतब।ढट चलाउँछन् । एमाओवादी नेता वर्षमान पुन, नन्दकिशोर पुन, जनार्दन शर्मालगायत सबैजसो युवा नेता फेसबुक चलाउँछन् । नेकपा माओवादीका संयोजक नेत्रविक्रम चन्द विप्लव, सद्भावना पार्टीका राजेन्द्र महतो, राप्रपा नेता प्रकाशचन्द्र लोहनी, तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठीलगायत थुप्रै नेता सामाजिक सञ्जालमा प्राय: सक्रिय नै छन् । जसको सञ्जालमा उपस्थिति छैन नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यलाई सामाजिक सञ्जालको कुनै चासो नै छैन । उनले अहिलेसम्म फेसबुक र ट्विटर चलाएका छैनन् । वैद्यको वेबसाइट पनि छैन । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तमलोपाका अध्यक्ष महन्थ ठाकुर, फोरम लोकतान्त्रिकका विजय गच्छदार पनि सामाजिक सञ्जालमा जोडिएका छैनन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending