काठमाडौं । बरिष्ट संगीतकार शम्भुजीत बासकोटाको संगीतमा गायिका सरिता भारतीको नयाँ गीत बजाईदेऊ न बाजा....यतिबेला रिलिज भएको छ । यो गीतको भिडियोलाई ओएसआर डिजिटल युट्युव च्यानलबाट बिहिबार बेलुका रिलिज गरिएको हो ।
यो गीतलाई गीतकार डब्बु क्षत्रीले लेखेका हुन् । गीत जती मिठो बनेको छ, भिडियो पनि त्यत्तिकै आकर्षक बनेको यसका संगीतकार बासकोटाले बताएका छन् । गीतमा युवा युवतीको प्रेम सम्बन्धलाई दर्शाईएको छ । उनीहरुबीच अथाह प्रेम भए पनि त्यो प्रेम सम्बन्धलाई परिवारले नरुचाएपछिको समस्यालाई यो गीतमा प्रस्तुत गरिएको गायिका सरिता भारतीले बताएकी छिन् ।
गीतमा जुगल डंगोलको संगीत संयोजन रहेको छ । आर्टोम्युज रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यो गीतलाई केही वर्ष अघि गीतिसँग्रह ‘पहिलो भेटमै’मा सँग्रहित गरेर बजारमा ल्याईएको थियो । यो गीतको भिडियो बल्ल रिलिज हुनुको कारणबारे गायिका सरिताले भनिन्,‘त्यतिबेला कोरोना महमारीका कारण हामीले सामाजिक दुरी कायम गरेर गीतिसँग्रह पहिलो भेटमैको बिमोचन गरेका थियौं र विभिन्न रेडियो तथा एफएममा यो गीत हिट पनि भएको थियो । छायाँकन गरेर बल्ल भिडियोको रुपमा यो गीतलाई दर्शकमाझ ल्याईएको हो ।’
यो गीतको भिडियोलाई गीतकार डब्बु क्षत्री आफैंले निर्देशन गरेका हुन् । सर्लाहीको अहिलेको चर्चित पर्यटकीय क्षेत्र भरत ताल, नुनथर लगायतको ठाउँमा छायाँकन गरिएको हो । त्यहाँको सुन्दर दृष्यले भिडियोलाई अझ आकर्षक बनाएको छ । यो गीतका रचनाकार डब्बु क्षत्रीले आफ्नो गीत र भिडियोले यतिबेला दर्शकबाट राम्रो प्रतिक्रिया पाईरहेको बताएका छन् ।
यो गीतको भिडियोमा गायिका सरितासँगै अभिनेता यसराज गराचको अभिनय रहेको छ । भिडियोमा उनीहरुको जोडीलाई दर्शकले प्रसँसा गरेका छन् । गीतको कोरियोग्राफी कृष्ण रसालले गरेका हुन् । यसराज र सरितासँगै स्थानीय नृत्य कलाकारहरुलाई कृष्णले रमाईलोसँग नृत्यमा उतारेका छन्,‘यसपटक सर्लाहीको ४२ डिग्री सेल्सियस तापक्रममा यो भिडियोको छायाँकन गर्दा केही कलाकार विरामी पनि परेका थिए । तर अहिले भिडियोले राम्रो प्रतिक्रिया पाएको खुसी छु ’कृष्णले भने ।
यो गीतको भिडियोमा प्रविण सुवेदीको छायाँकन, जीवन घिमिरेको ड्रोन, बीरेन्द्र भाट विपिन र लोकेश भाटको सम्पादन तथा रंग सँयोजन, शर्मिला बुढाथोकीको सृँगार रहेको छ । भिडियोमा रेनु स्याङतानको कलाकार सँयोजन छ भने यसका कलाकारमा रेखा अधिकारी, सुष्मा परियार, कल्पना मगर, कमला थिङ, सविना बल र सविता गुरुङ रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: