Khabar Dabali २२ श्रावण २०८३ शुक्रबार | 7th August, 2026 Fri
Investment bank

इटहरीका सुमनले पाए युएईको ‘गोल्डेन भिषा’

खबरडबली संवाददाता

सुनसरी । सुनसरीकाे इटहरी निवासी सुमन फुयाल संयुक्त अरब इमिरेट्स (यूएई) ले २०२० बाट सुरु गरेको ‘गोल्डेन भिषा’ पाउने पहिलो नेपाली भएका छन् । यो भिषा नेपाली वा अन्य देशका सर्वसाधारण नागरिकले पाउन असम्भव जस्तै नै छ । यसअघि पनि एक नेपालीले यो भिषा प्राप्त गरेका थिए । तर उनी युएई मै कार्यरत हुन् । यता हालै गोल्डेन भिषा प्राप्त गर्ने सुमनले भने नेपालबाटै २ महिनाअघि अनलाइन एप्लाई गरेका थिए । त्यसैले उनी नेपालबाट एप्लाई गरेर यो भिषा प्राप्त गर्ने पहिलो नेपाली हुन् भन्न सकिन्छ ।

यो भिषा ‘असाधारण प्रतिभा’ भएका युएईका स्वदेशी तथा विदेशी नागरिकले स्थायी बसोबासको व्यवस्था सहित १० वर्षका लागी नविकरण गर्ने सुविधा सहित प्राप्त गर्न सक्छन् । गोल्डेन भिषाले डाक्टर, इन्जिनियर्स, वैज्ञानिक तथा कलाकारजस्ता प्रतिभावान ब्यक्तिहरुलाई प्राथमिकता दिन्छ । सुमन फुयाल आईटी एक्स्पर्ट हुन् । आईटिमा प्रतिभावान फुयालले अनलाइन एप्लाइ गरेर भिषा स्वीकृत भएपछि स्वयं उपस्थित भएर समेत भेरिफाईड गर्नुपर्ने भएको हुनाले उनी यतिबेला युएई पुगेर गोल्डेन भिषा लिइसकेका छन् ।

सुनसरीको इटहरीमै रहेर करिब १० वर्षदेखी निरन्तर लागिपरेर आफ्नो आईटी करियरलाई अन्तर्राष्ट्रियकरणी गरेका उनी चर्चित अनलाईन प्लाटफर्म ‘विक्स’को पार्टनर समेत हुन् । नेपालबाट उनी यसका लागी एकमात्र पार्टनर हुन् । यस्तै उनले आईटी क्षेत्रबाटै वर्ल्ड रेकर्ड समेत राखेका छन् । उनले गुगल, माईक्रोसफ्ट लगायत १८ अन्य प्लाटफर्मबाट सर्टिफिकेट समेत प्राप्त गरिसकेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनकोशीमा हामफालेर श्रीमान्–श्रीमती बेपत्ता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...

प्रधानमन्त्री बालेन शाह : जनताकाे आशा र भरोसा कि खहरेकाे भेल ?

काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...

सुनकोसी दुर्घटनाको तेस्रो दिन पनि खोजी जारी, यात्रु र कार अझै बेपत्ता

सिन्धुली  । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...

मुख्यमन्त्रीको कुर्सीका लागि एमालेमा खुला युद्ध, आफ्नै नेतामाथि अपमान र दबाब

मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक

हिक्मत कार्कीलाई हटाउने निर्णयबाट ओली ‘ब्याक’, कोशीको मुख्यमन्त्रीमै निरन्तरता

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...

सडक अवरुद्ध हुँदा इलाममा ग्यास संकट, तरकारीदेखि चामलसम्म महँगियो

इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...

पाकिस्तानमा विदेशी सञ्चारमाध्यममाथि कडाइ, रिपोर्टिङअघि सरकारी अनुमति अनिवार्य

काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...

तरकारी महँगिदा उपभोक्ताको भान्सामा महँगीको आगो

-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...

पर्यटन वर्षलाई लक्षित गर्दै हेटौँडामा ‘शून्य फोहर महाअभियान’ सुरु हुँदै

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...

न्वारन पूजाको खुसी शोकमा बदलियो, नातिको कुटाइबाट हजुरबुबाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending