Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

चीनले यसरी देखायो सैन्य शक्ति : अमेरिका, जापान र भारतलाई टाउको दुखाई (भिडियो सहित)

\"5-970\"बेइजिङ । चीनले बिहीबार विजय दिवस मनाउँदै सैन्य प्रदर्शन गरेकाे छ । दोस्रो विश्वयुद्धमा जापानमाथि विजय हासिल गरेको अवसरमा हरेक वर्ष चीनले सेप्टेम्बर ३ मा यो दिवस मनाउने गर्छ । बिहीबार बिहानबाट चीनका हजारौँ सैनिकले सो विजय दिवसको अवसरमा विशेष परेड प्रदर्शन गरेका छन् । त्यस्तै चिनियाँ जनमुक्ति सेनाले यस अवसरमा विभिन्न कला कौशलहरू प्रदर्शन पनि गरिरहेका प्राप्त समाचारमा जनाइएको छ । त्यसैगरी चिनियाँ राजधानी सहरबाट प्राप्त पछिल्लो समाचारमा बिहीबार चिनियाँ राष्ट्रपति सि जिनपिङले बिहीबार बिहान उक्त कार्यक्रमको उद्घाटन गरेपछि उक्त कार्यक्रमको सुरुवात गरिएको थियो । त्यसपछि सुरु भएको सैनिक परेड बिहीबार दिनभरि जारी रहेको छ । उक्त प्रदर्शनीको नजर गर्न विश्वका कयौँ देशका सरकार तथा राष्ट्रप्रमुखहरू पनि पुगेका छन् । चीनमा बिहीबार सुरु भएको सो विशेष परेड हेर्न विश्वका ३० देशका नेताको सहभागिता रहेको जानकारी चीनले दिएको छ । त्यसमध्ये इजिप्टका राष्ट्रपति अब्देल फताह शिशी पनि एक रहेका छन् । चीनले जापानमाथि विजय हासिल गरेको यो ७० औँ वर्ष हो । त्यसैले चीनले यस वर्ष ७० औँ विजय दिवसका रूपमा मनाएको हो । सैनिक परेडको सुरुमा दोस्रो विश्वयुद्धमा लडेका करिब ९० वर्षको हाराहारीका केही चिनियाँ सैनिकले सो चीनको झण्डा समातेर घोडचढीमा प्रदर्शन गरेका थिए । दोस्रो विश्वयुद्ध झल्किने किसिमले प्रदर्शन गरिएको दृश्यले सबैको ध्यान तानेको प्राप्त समाचारमा जनाइएको छ । तियानमेन स्क्वायरमा दोस्रो विश्वयुद्ध लडेका करिब एक सय जना सैनिकलाई अघि लगाएर विभिन्न आभूषणका साथ प्रदर्शन गरेका थिए । यस कार्यक्रममा निकै जोडका साथ ताली बजेको थियो । उक्त प्रदर्शनीमा उपस्थित हजारौँ व्यक्तिले उक्त दृश्यको स्वागत गरेका थिए । चिनले यसरी देखाएको सैन्य शक्ति प्रदर्शनमा रुसका राष्ट्रपतिको सकृय सहभागीताले समेत अमेरिका, जापान र भारतलाई टाउको दुखाईको विषय भएको छ ।   \"7\" \"1-970\" \"2-970\" \"8-970\" \"10-970\" \"3\" \"9-970\" \"4-970\" \"5-970\"  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending