Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

बेइजिङ्गमा देवकोटा साहित्य प्रर्दशनी हुने

\"Devkota\"काठमाडौं । चीनको राजधानी बेइजिङ्गमा्मा भाद्र २२ र २३ का दिन नेपालका महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीवन र लेखनबारे दुई दिने बृहत् प्रदर्शनीको आयोजना हुने भएको छ । प्रदर्शनीमा देवकोटाको जीवन र लेखनलाई उजागर गर्ने करिब ४० वटा फ्लेक्स ब्यानर, देवकोटाद्वारा रचित ३ दर्जन पुस्तक, देवकोटामाथि लेखिएका समालोचना ग्रन्थ र पत्रपत्रिकाका विशेषाङ्क करिब ५० थान, देवकोटाको जीवनका विविध आयाम झल्कने २३ वटा चित्र कलाकृति तथा देवकोटाको जीवनीमा आधारित वृत्तचित्र प्रदर्शन गरिने छ । प्रदर्शनीका लागि, बेइजिङ्स्थित बेइजिङ् लुसुन सङ्ग्राहालयको निमन्त्रणमा नेपाली संस्था देवकोटा लुसुन प्रज्ञाप्रतिष्ठानको प्रतिनिधिमण्डल २० भाद्रका दिन बेइजिङ्तर्फ प्रस्थान गर्दैछ । प्रतिष्ठानका अध्यक्ष समालोचक निनु चापागाइँले नेतृत्व गर्ने प्रतिनिधिमण्डलमा साहित्यकारहरू रामबाबु सुवेदी, रणेन्द्र बराली, हरिगोविन्द लुइँटेल, कृष्ण प्रसाई, मातृका पोखरे र महेश पौड्याल र गायक जीवन शर्मा रहनेछन् । प्रदर्शनीमा नेपाल–चीन कुटनीतिक सम्बन्ध स्थापनाको साठी वर्ष पुरा भएको उपलक्ष्यमा दुई देशका आपसी सम्बन्धबारे पनि छलफल कार्यक्रम राखिएको छ । प्रदर्शनीको दोस्रो दिन देवकोटा तथा प्रसिद्ध चिनिया लेखक लुसुनबारे अन्तर्राष्ट्रिय विचार गोष्ठी पनि हुने भएको छ, जसमा चिनिया विद्वानहरूका साथै नेपालको तर्फबाट समालोचक निनु चापागाइँ र कवि रामबाबु सुवेदीले कार्यपत्र प्रस्तुत गर्नेछन् । भाद्र २४ का दिन बेइजिङकै रेन्मिन विश्वविद्यालयमा हुने एक कार्यक्रममा समालोचकहरू निनु चापागाइँ र महेश पौड्यालले विश्वविद्यालयका विद्यार्थीहरूलाई सम्बोधन गर्दै नेपाली साहित्यका विविध पक्षहरू बारे धारणा राख्ने कार्यक्रम छ । प्रतिनिधिमण्डल भाद्र २७ का दिन काठमाडौँ फर्कने देवकोटा लुसुन प्रज्ञाप्रतिष्ठानले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending