काठमाडौं । नेपालमा चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा सवा दुई खर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।
उद्योग विभागका अनुसार यस अवधिमा कुल ३८३ वटा उद्योग दर्ता भएका छन् । यस अवधिमा ४९ वटा ठूला उद्योग, ५० वटा मझौला उद्योग र २८४ वटा साना उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ । ती उद्योगमा २ खर्ब १७ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।
विभागका अनुसार जेठ महिनामा मात्र ३७ अर्ब २० करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । यो कुल ५९ वटा उद्योग दर्तामा आएको हो ।
यस वर्ष वैशाखमा सरकारले लगानी सम्मेलनको आयोजना गरेको थियो । सो सम्मेलनको सकारात्मक प्रभाव आन्तरिक तथा वाह्य लगानीमा देखिएको छ । जेठ महिनामा मात्र ९ ठूला उद्योग दर्ता भएको विभागको तथ्यांक छ ।
प्रत्यक्ष वैदेशिक लगानीतर्फ यस वर्ष कुल ३५५ लगानीको प्रस्ताव स्वीकृत भएको छ । यस अवधिमा ४४ अर्ब ३४ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । जेठ महिनामा मात्र ३ अर्ब रुपैयाँको लगानी प्रतिबद्धता आएको छ । यस वर्ष कुल ३८ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी भित्रने अनुमान सरकारले गरेको थियो । त्यसको तुलनामा उल्लेख्य वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।
हजारौं रोजगारीको अवसर
प्रतिबद्धता अनुसार लगानी भित्रने हो भने त्यसबाट हजारौं रोजगारी सिर्जना हुने देखिएको छ । स्वीकृत भएको लगानी र दर्ता भएका कम्पनीले २६ हजार २७ जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएका छन् ।
वैदेशिक लगानी प्रतिबद्धतातर्फ दर्ता भएका उद्योगले १७ हजार ६४२ जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएको विभागको तथ्यांक छ ।
११ महिनाको अवधिमा २ वटा प्याटेन्ट दर्ता भएका छन् । डिजाइन दर्ता संख्या ११ वटा रहेका छन् । ट्रेडमार्क दर्ता ५ हजार ४९४ वटा रहेको विभागको तथ्यांकमा उल्लेख छ । यस अवधिमा प्रारम्भिक वातावरणीय परीक्षण संख्या ४५ रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८१ - १८:५५
काठमाडौं । नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विगत लामो समयदेखि विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। कम्पनीका अनुसार व्यावसायिक...
पौष १४ गते, २०८१ - १५:५४
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१ दशमलव १२ अङ्कले घटेको छ। साताको पहिलो दिन दुई हजार छ सय नौ दशमलव ५८ बिन्दुमा कायम भएर अडिन पुग...
पौष १४ गते, २०८१ - १५:५२
काठमाडौं । आम जनता पार्टी (आजपा)ले सरकारको मनोमानी कर आतंकका बिरुद्ध आज काठमाडौंमा सरकार बिरुद्ध प्रदर्शन गरेको छ । काठमाडौंको कमलादी स्थित नेपाल प्रज...
पौष १४ गते, २०८१ - १५:४७
सल्यान । सल्यानको कपुरकोट कृषि सहकारी संस्थाले पशुपालन तथा तरकारी खेतीमा सवा ३ करोडभन्दा बढी रकम लगानी गरेको छ । संस्थाले उत्पादनमुखी क्षेत्रलाई प्रा...
पौष १४ गते, २०८१ - १५:१६
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी सभापतिसँग आफ्नो कुनै मतभेद नरहेको प्रष्टीकरण दिएका छन् । प्रेस युनियन धनुषाले आइतबार जनक...
पौष १४ गते, २०८१ - १५:०९
काठमाडौं । काठमाडौंको कोटेश्वरबाट पेस्तोलसहित एकजना युवक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–३२ स्थित होटल विश्पुलबाट कोटेश्वर नरेफाट घर भएका ...
पौष १४ गते, २०८१ - १५:०४
मोरङ । उर्लाबारी-९ थक्लुङ चोकमा खेल मैदान बनाउने काम थालिएको छ । स्थानिय चन्द्र छाराहाङ राईले एक बिगाहा ५ कठ्ठा स्वर्गीय बुवा हस्तबहादुर राईको स्मृ...
पौष १४ गते, २०८१ - १५:०४
मोरङ । उर्लाबारी-९ थक्लुङ चोकमा खेल मैदान बनाउने काम थालिएको छ । स्थानिय चन्द्र छाराहाङ राईले एक बिगाहा ५ कठ्ठा स्वर्गीय बुवा हस्तबहादुर राईको स्मृ...
पौष १४ गते, २०८१ - १४:४१
काठमाडाैं । ग्लोबल आइएमई बैंक आफ्नो स्थापनाको १८ औँ वर्ष पूरा गरी १९ औँ वर्षमा प्रवेश गर्दैछ । व्यावसायिक रूपमा सञ्चालनमा आएको यस बैंक यही पुस १८ गते ...
पौष १४ गते, २०८१ - १४:२५
काठमाडौं । उपकरण बिग्रिएर थन्किएपछि उत्पादन बन्द भएको हेटौँडा सिमेन्ट उद्योग आर्थिक संकटमा परेको छ । गत असोज १५ गतेदेखि उत्पादन बन्द हुँदा आर्थिक समस्...
प्रतिकृया लेख्नुहोस्: