Khabar Dabali ७ बैशाख २०८३ सोमबार | 20th April, 2026 Mon

पिताको स्मृतिमा जग्गा खेल मैदान बनाउन जग्गा दान

खबरडबली संवाददाता

मोरङ । उर्लाबारी-९  थक्लुङ चोकमा खेल मैदान बनाउने काम थालिएको छ ।  स्थानिय चन्द्र छाराहाङ राईले एक बिगाहा ५ कठ्ठा  स्वर्गीय बुवा हस्तबहादुर राईको स्मृतिमा  खेल मैदान बनाउन जग्गा दान गरेपछि स्थानियले आजबाट खेल मैदान बनाउन सुरु गरिएको हो। 

हस्तबहादुर छाराहाङ राई (आठपहरिया) स्मृति प्रतीष्ठान  स्मारक खेल मैदान संरक्षण तथा सम्वधर्न नामक समितिले जेसिभी लगाएर खेल मैदान जाने बाटो बनाउने र मैदान मर्मत सम्भारको काम सुरु गरेको हो। 

मैदान बनाउन यस अघि नै स्थानीय युवा व्यवसायी तथा युवा समाजसेवी अमृत थक्लुङ को अध्यक्षतामा समिती गठन भएको छ। 

 हस्तबहादुर छाराहाङ राई (आठपहरिया) स्मृति प्रतीष्ठान  स्मारक खेल मैदान संरक्षण तथा सम्वधर्न नामक समितिको उपाध्यक्षमा शान्ति राई, सचिबमा शिक्षासेबि गजेन्द्र राई , सहसचिवमा पुर्ण बहादुर दाहाल र  काेषाध्यक्षमा चित्रकला खवास(मिना) रहेका छन् ।

यस्तै सदस्यहरुमा योगेस प्याकुरेल,ओम दर्लामी मगर,लोकेन्द्र बहादुर लिम्बू  र कोपिला राई रहेकी छिन।

हस्तबहादुर छाराहाङ राई (आठपहरिया) स्मृति प्रतीष्ठान  स्मारक खेल मैदान संरक्षण तथा सम्वधर्न समितिका सचिब गजेन्द्र राईले मैदानका लागि जग्गा उपलब्ध गराउनुहुने जग्गादाता र देशबिदेसबाट सहयोग गर्नुहुने सबैलाई धन्यवाद तथा आभार प्रकट गरे।  उनले मैदान निर्माणका लागि सहयोगको अपिल समेत गरे। 

खासमा स्थानीय स्तरमा खेल मैदान नहुदा यहाँका युवाहरु खेल खेल्न अन्यत्र जानू पर्ने अबस्था छ ।   यसलाई समाधान गरौ र यहाँ ठुला ठुला खेल प्रतियोगिता गरेर गाउँको चिनारी बढाउने उदेश्य हो, अध्यक्ष अमृत लिम्बुले भने ।  उनले मैदानको लागि सबैले सहयोग पुरियाउन अनुरोध गरेका छन । 

बुवाको स्मृतिमा जग्गादान गर्नुभएका छोरा चन्द्र छाराहाङ राई भन्छन:  हाम्रो पिता पुर्खाको नाम जिबन्त अमर रहन्छ, स्थानिय स्तरमा खेल खेल्ने मैदान बन्छ भने किन सहयोग नगर्ने ? उनले भाबी सन्ततिलाई खेलकुदको लागि सहज हुने बिस्वास गरे।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पश्चिम एसियाली द्वन्द्वको असर : मल खरिद टेन्डर असफल, असारपछि आपूर्ति अनिश्चित

काठमाडौँ । पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्नुका साथै ढुवानी अवरुद्ध हुँदा नेपालमा मल संकट गहिरिन...

प्रचण्डसँग एकताको छलफल नभएको ओलीको दाबी, ‘सिद्धान्त मिलेसँग मात्रै सहकार्य’

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठसँग पार्टी एकताबारे कुनै छलफल नभए...

सरकारी कर्मचारीको तलब अब महिनाको दुई पटक

काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब वितरण प्रणालीमा परिवर्तन गर्ने भएको छ। अर्थ मन्त्रालयले हालसम्म महिना भुक्तान भएपछि मासिक रूपमा दिइँदै आएको त...

‘१०० रुपैयाँ’को भन्सार कडाइ : सीमामा उकुसमुकुस, जनजीवन प्रभावित

काठमाडौँ । पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य बढ्नुका साथै ढुवानी अवरुद्ध हुँदा नेपालमा मल संकट गहिरिन...

चामल र पेट्रोल महँगिँदा विद्यार्थी किन चुप बसेका छन्ः पूर्वमन्त्री झाँक्री

काठमाडौँ। पूर्वमन्त्री एवं एमाले सांसद रामकुमारी झाँक्रीले चर्को मूल्यवृद्धि र जनताको दुःखमा विद्यार्थी संगठनहरू मौन रहेको भन्दै आक्रोश व्यक्त गरेकी छ...

डोकोमा श्रीमती, काँधमा वाचा : कम्मानेको अपूरो आशा

धनगढी । कैलालीको मोहन्याल गाउँपालिका–३ मुलेकाँणाको उकालो–ओरालो बाटो अहिले कम्माने दमाईको दैनिकी बनेको छ। पिठ्युँमा डोको, टाउकोमा नाम्लो, अनि त्यही डोक...

२१ दिनपछि ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २१ दिनपछि त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् । पत्थरीको शल्यक्रिया भएको ६ दिनपछि शनिबार साँझ ...

जलेश्वरमा हावाहुरी : टेम्पुमाथि रुख ढल्दा दुई जनाको मृत्यु, तीन जना गम्भीर घाइते

जनकपुरधाम । ठूलै हावाहुरीका कारण महोत्तरीको जलेश्वरमा रुख टेम्पोमाथि खस्दा दुई जनाको मृत्यु भएको छ । तीनजना गम्भीर घाइते छन् । जलेश्वरको प्रकौली आर...

सल्यानमा जन्ती बोकेको जीप दुर्घटना हुँदातीन जनाको मृत्यु

सल्यान । जन्ती बोकेको जीप दुर्घटना हुँदा सल्यानमा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ, भने १८ जना घाइते भएका छन् । जिल्लाकाे बनगाड कुपिण्डे नगरपालिका क...

सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष

काठमाडौं ।  नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको फैसला स्वीकार गरेर अघि बढ्ने निष्कर्ष निकालेको छ । कांग्रेसको आधि...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending