Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

साझा प्रकाशनलाई बचाउन सरकारले सहयोग गर्छः प्रधानमन्त्री

\"sajha\"काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले नेपाली भाषा–साहित्यको धरोहरका रूपमा रहेको ‘साझा प्रकाशन’ लाई डुब्न नदिन सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् । ‘साझा बचाउ अभियान’ अन्तर्गत आज सो संस्थाका पदाधिकारी र वरिष्ठ स्रष्टासँगको भेटवार्तामा प्रधानमन्त्री कोइरालाले संस्थाको कार्ययोजनाअनुसार आर्थिक घाटा पूर्ति तथा चालु पुँजी व्यवस्थापन गर्न माग भएको रकम निकासका लागि अर्थ मन्त्रालयलाई आग्रह गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन । प्रधानमन्त्री कोइरालाले आर्थिक अनियमितताका कारण सो संस्था डुबेको सुन्नुपर्दा आफूलाई दुःख लागेको र नयाँ व्यवस्थापनले सुधारका कार्यक्रम अघि सारेकामा प्रसन्नता जनाउँदै सरकारी स्वामित्वमा रहेका संस्थालाई टिकाएर जनतालाई सेवा दिनुपर्नेमा जोड दिए । प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले तत्कालका लागि २० करोड रकम सहुलियत ऋण प्राप्त भएमा कर्मचारीमा स्वेच्छिक अवकाश र आन्तरिक सुधार गरी संस्थालाई नाफामा लान सकिने योजना सुनाएका थिए । शर्माले भने, ‘त्यो नाफाबाट भाषा साहित्य र संस्कृतिको समृद्धि र उत्थानमा संस्था केन्द्रित हुन सक्नेछ । यसमा प्रधानमन्त्री आश्वस्त हुनुभएको छ, हामीलाई काम गर्ने उत्साह थपिएको छ । भेटका अवसरमा प्रकाशनका सञ्चालक समितिका सदस्य तथा पूर्व शिक्षामन्त्रीद्वय प्रदीप नेपाल र दीनानाथ शर्मा तथा राष्ट्रकवि माधवप्रसाद घिमिरे, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, पूर्व कुलपति वैरागी काइँला, वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी, जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध सञ्चालक अनिलकुमार झा, स्रष्टा तेजेश्वरबाबु ग्वङ, डा कृष्णहरि बराल, श्रीओम श्रेष्ठ ‘रोदन’ लगायत थिए । गत साता शिक्षा मन्त्रालयले विद्यालय तहका पाठ्यपुस्तकको उत्पादन र वितरणमा जनक शिक्षा र साझा प्रकाशनलाई पुनः एकाधिकार दिने निर्णय गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending