Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

साँखु बजारमा चोरी बढ्यो, प्रहरी हैरान

साँखु । गतहप्ता साँखुका विभिन्न ठाउँमा चोरी भएको खबर प्राप्त भएको छ । यसले महानगरीय प्रहरी प्रभाग, साँखुका सुरक्षाकर्मीहरुलाई हैरानी भएको छ । गत भदौ १० गते राति साँखु साल्खाटोलको विनोद श्रेष्ठको पसल फोरेर सूर्य चुरोट १५ पेटीलगायत चार बाकस चुरोट चोरी भएको छ । उक्त चोरीमा करिब रु एक लाख हाराहारीको नोक्सान रहेको विनोद श्रेष्ठको दाबी रहेको छ । त्यसैगरी, सोही राति साँखु धुँलाटोलको हाकुज रेष्टुराँबाट ३२ इन्चको एलइडीको साथै एक बोटल भोड्का चोरी भएको छ । उक्त चोरीमा करिब ४० हजारको क्षति भएको भनाइ हाकुज रेष्टुरेन्टको रहेको छ । साथै, सोही राति साल्खाटोलकै योगेन्द्र बसीको पसलको ताल्चासमेत फोरिएको छ । तर त्यहाँ कुनै पनि प्रकारको चोरी भएको खबर आएन । त्यसपछि, गत सोमबार राति प्रहरी प्रभागबाट करिब ५० मिटरको हाराहारीमा रहेको शङ्खरापुर नगरपालिकाबाट ताला फोरेर दुई थान कम्प्युटर सेट चोरी भयो । त्यसैगरी, गत बिहीबार रातिसमेत साँखु बजारभन्दा अलि अगाडि रहेको साँखु इलाका स्वास्थ्य कार्यालयसँगै रहेको प्रकाश स्याङ्बो ९आशा० को घरमा रहेको रेष्टुराँको टिभीलगायतका सामग्री चोरिएको छ । यसपछि, प्रहरी टोलीले रातभर विभिन्न ठाउँमा खोजी कार्य गरे तापनि चोर समात्न सकिएन । यसले गर्दा महानगरीय प्रहरी प्रभागका सुरक्षाकर्मीहरु हैरान भएका छन् । सर्वसाधारणको गुनासो र माथिल्लो निकायको खप्की खानुपर्दा सुरक्षाकर्मीलाई हैरानी भएको हो । प्रहरीले भने साँखु बजार र वरपरका लागि राति करिब ८ बजेदेखि विहान ३–४ बजेसम्म लगातार चोक–चोकमा ड्युटी गर्नुका साथै गाडीबाट गस्तीसमेत गर्दै आएको छ । महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी सहायक निरीक्षक हरि खड्काले साँखु बजारमा चोरी बढ्दै गएको हुँदा बजारमा सुत्ने घरधनीहरुले समेत राति आफू उठेका बेला बाहिरफेर एक नजर लगाउने अथवा खोक्ने आदि कार्य गरेमा चोरीबाट बच्न सकिने सुझाव सर्वसाधारणलाई दिएको छ । उहाँले चोरी रोक्न सर्वसाधारण र प्रहरी उत्तिकै जिम्मेवार रहेको समेत बताएका छन् । यसअघि पनि पुराना भाँडाकुँडा चोर्ने कवाडी सङ्कलन गर्नेहरुलाई समेत सर्वसाधारणकै सहयोगमा पक्रिन सकेकाले प्रहरी सक्रिय रहे तापनि सर्वसाधारणसमेत चनाखो हुनुपर्ने उनको भनाइ रहेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending