Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

तराई आन्दोलनप्रति ओलीको तीखो टिप्पणी

\"Kp_Oli_Banner\"काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले तराईमा भइरहेको आन्दोलन लामो समयदेखि त्यस क्षेत्रमा शोषण र दमन गर्दै आएका केही जमिनदारका लागि गरिएको बताएका छन्।   आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछि तराईका शोषितपीडित तथा दलित जनताले अधिकार पाउने भएकाले ती सामन्तहरू डराएको पनि उनले बताए।   मदन भण्डारी फाउन्डेसन सिन्धुपाल्चोकले शुक्रबार राजधानीमा आयोजना गरेको ‘नयाँ घर, नयाँ बस्ती’ अभियान छलफलमा ओलीले भने, ‘मधेसका एकथरी नेताहरू छन्, अधिकार चाहियो त्यसका लागि लडेका हौं भन्छन्, तर केके अधिकार चाहियो भनेर सोध्दा उत्तर दिनै सक्दैनन्। त्यसै अधिकार भन्दै उफ्रेका छन्। हामीलाई यो चाहियो भनेर दिनु, हामी संशोधनमार्फत संविधानमा समावेश गरिदिन्छौं।’   उनले तराईमा दुईचारजना जम्मा गरेर मान्छे मार्ने, आगो लगाउने, विध्वंस मच्चाउने अनि त्यसलाई रोक्न जाँदा आन्दोलनमा दमन गरेको आरोप लगाउने गरेको बताए।   ‘के आन्दोलन भनेको मान्छे मार्नु हो ? आगो लगाउनु हो, ड्युटीमा खटिएका सुरक्षाकर्मी मार्नु हो ?’ ओलीले प्रश्न गरे। ओलीले अहिलेको संविधानमा मधेसले यो नपाउने पहाडले यो पाउने भनेर अलग व्याख्या नगरेको दाबी गरे।   उनले एउटा सानो परिवारको माग त एकैचोटि पूरा नहुने भन्दै दुई करोड ५० लाख नेपालीका माग बिस्तारै सम्बोधन गरिने बताए। उनले अहिले पनि संविधान बनाउन नदिने तत्व सक्रिय रहेको र संविधान जारी हुने भएपछि तिनीहरू मुखमा अमिलो लगाएको जुकाजस्तो फटफटिएको बताए।   कार्यक्रममा फाउन्डेसनका अध्यक्ष हस्त पण्डितले सुरक्षित र एकीकृत बस्तीको अवधारणा पेस गरेका थिए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending