Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

निरन्तर वर्षाका कारण मेची राजमार्ग अवरुद्धः पहिरो पन्छाउन समस्या

\"pahero\"ताप्लेजुङ । दुई दिनदेखिको निरन्तरको वर्षाका कारण शनिबार राति झरेको पहिराले मेची राजमार्गको ताप्लेजुङ–पाँचथर सडकखण्ड फेरि अवरुद्ध वनेको छ । ताप्लेजुङ नगरपालिका– ८ दोखुमा पर्ने खोक्सेखोला छेउमा पहिरो अझै निरन्तर झरिरहेको छ । ताप्लेजुङ–कावेली सडक खण्डका विभिन्न ठाउँमा सानातिना दर्जनौँ पहिरो झरेका छन् । खोक्सेखोला नजिकै सडकमाथिबाट झरेको ठूलो पहिराले करिब ३० मि सडक पुर्दा बाटो अवरुद्ध भएको सडक डिभिजन कार्यालय इलामका सुपरभाइजर नवीन उप्रेतीले बताए । उप्रेतीका अनुसार पहिरो आज बिहानसम्म झरिरहेको र सडकको पूरै भाग पुरिएर तलसम्म पुगेको छ । दुई दिनअघि सोही ठाउँमै झरेको पहिरो करिब सात घन्टा लगाएर पन्छाइएको थियो । पहिरो निरन्तर झरिरहेकाले तत्काल यन्त्र लगाएर पन्छाउन नसकिने उप्रतीले बताए । सङ्घीय लिम्बुवान पार्टी नेपालले आह्वान गरेको बन्दका कारण राजमार्गमा यातायातका साधन नचलेकाले यात्रु भने अलपत्र छैनन् । निजी सवारी साधन, मोटरसाइकलमा यात्रा गर्ने र पैदल यात्रुका लागि समस्या भएको छ । ताप्लेजुङ–पाँचथर सडकखण्डअन्तर्गत ताप्लेजुङदेखि कावेलीसम्म विभिन्न ठाउँमा वर्षात्का समयमा बर्सेनि पहिरो खस्ने भए पनि सडक डिभिजन कार्यालय इलामले यो क्षेत्रमा पहिरो पन्छाउन आवश्यक जनशक्ति नखटाउँदा र यन्त्रको समेत प्रयोग नगर्ने भएकाले सानातिना पहिरो झर्दा समेत लामो समयसम्म बाटो अवरुद्ध हुने गरेको छ । जिल्लाका विभिन्न ग्रामीण सडकखण्डसमेत पहिरोकै कारण अवरुद्ध बनेका छन् । सिनाम, आम्वेगुदिन, फुरुम्वोलगायत ठाउँमा जाने कच्ची सडकका विभिन्न ठाउँमा पहिरो झरेको स्थानीयवासीले बताएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending