Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

७ प्रदेश र धर्म निरपेक्षता कायम, थारु लगायतका मुद्धा आयोगमा पठाउने सहमति

\"BICC-Nepal\"काठमाडौँ । प्रमुख तीन राजनीतिक दलले संयुक्तरुपमा नेपालको संविधान, २०७२ माथि केही पस्तावहरु उपर संशोधन प्रस्ताव दर्ता गराउने भएका छन् । सिंहदरबारमा आज बसेको बैठकले संविधान लेखन प्रक्रियालाई चाँडोभन्दा चाँडो निष्कर्षमा पुयाउने लक्ष्यका साथ एकीकृत प्रस्ताव दर्ता गराउने निर्णय गरेका हुन् । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा (एमाले) का नेता माधवकुमार नेपालले धर्म निरेपक्षतालाई कायम नै व्याख्यात्मक रुपमा सनातनकालदेखि मान्दै आएको धर्म भनेर उल्लेख गर्ने सहमति भएको जानकारी दिनुभयो । यस्तै प्रमुख दलबीच भएको सहमतिअनुसार संवैधानिक अदालतको सट्टामा सर्वोच्च अदालतमा नै संवैधानिक बेन्च राखिने भएको छ । प्रमुख दलबीच गत जेठ २५ गते भएको १६ बुँदे सहमतिमा छुट्टै संवैधानिक अदालत राख्ने सहमति भएको थियो । लामो समयदेखि विवादित विषयको रुपमा रहेको मत प्रतिशत सीमाको विषयमा समेत दलहरुले निष्कर्ष निकालेका छन् । नयाँ संविधानमा कुनै पनि मत प्रतिशत सीमा (थ्रेसहोल्ड) नराखिने सहमति भएको नेता नेपालको भनाइ छ । त्यसैगरी प्रदेशको सीमा निर्धारणपछि मुलुकका विभिन्न स्थानमा व्यक्त भएको असन्तुष्टिलाई सम्बोधन गर्न एक सङ्घीय आयोग गठन गरिने भएको छ । यद्यपि दलहरुले बाग्लुङ जिल्लालाई भने नटुक्रयाउने सहमति गरेका छन् । सो आयोगले सात प्रदेशका सम्बन्धमा उठेका विभिन्न टीकाटिप्पणी र असन्तुष्टिलाई सम्बोधन गर्ने नेता नेपालको विश्वास छ । “हाल कायम भएको सात प्रदेश नै कायम रहन्छ, थपघट गर्ने र वैज्ञानिक आधारमा सीमा निर्धारण गर्ने काम भने आयोगले गर्छ”– पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालले भन्नुभयो । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)लाई समेत सहमतिमा ल्याएर एकीकृत संशोधन प्रस्ताव दर्ता गराइने बताइएको छ । बैठकमा फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार केही समय सहभागी भएर बैठक बहिस्कार गरी बाहिरिएका थिए । यस्तै प्रमुख दलबीच जनजाति, मुस्लिम, मधेसी, थारु आयोग गठन गर्ने विषयमा समेत सहमति भएको छ । सहमति भएका विषयमा भने अन्य राजनीतिक दलका तर्फबाट कुनै प्रतिक्रिया प्राप्त भएको छैन । बैठकमा प्रधानमन्त्री सुशील कोइराला, नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विद्यादेवी भण्डारी, नेता नेपाल, एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता डा बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठको सहभागिता थियो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending