Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

'जेठी भन्छे पानी, कान्छी भन्छे घाम! म एक्लो बुढो कतातिर जाम् !' -भट्टराई

\"baburam_shirsha\"काठमाडौं । एकिकृत नेकपा माओवादीका नेता बाबुराम भट्टराईले ुजेठी भन्छे पानी, कान्छी भन्छे घाम१ म एक्लो बुढो कतातिर जाम्’ भन्दै संविधान निर्माण गनुपर्ने आफ्नो वाध्यतालाई पुरानो नेपाली उखानसँग तुलना गरेका छन् । उनले संविधान निर्माण नगरे प्राप्त उपलब्धी पनि गुम्ने डर, निर्माण गरे उत्पीडित वर्ग, जात क्षेत्र र लिंगले अधिकार नपाउने अवस्थाको बिचलाई आफ्नो फेसबुक पेजमा लामो स्ट्याटस बनाएर राखेका छन् । हेरौं उनको स्ट्याटस् \'जेठी भन्छे पानी, कान्छी भन्छे घाम! म एक्लो बुढो कतातिर जाम् !\' सानैमा गाउँतिर सुनेको यो उखान अहिले एमाओवादीकालागि चरितार्थ भैरहेकोछ! एकातिर त्यति ठुलो संघर्ष गरेर ल्याएको संविधानसभाबाट संविधान नै नबन्ने र देश पुन: प्रतिगमनतिर फर्केर प्राप्त उपलब्धी पनि गुम्ने डर! अर्कोतिर, उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग, समुदायका अधिकार सुनिश्चित नभएको संविधानले देशमा अर्को द्वन्दको वीउ रोप्ने र पूरै देश/समाज विखण्डन, अशान्ति, अस्थीरताको लामो दुष्चक्रमा फस्ने डर!
यो जटील स्थितमा हामीले न्यूनतम साझा विन्दू पहिल्याएर तत्काल संविधान जारी गर्ने र अन्य कुरा निम्ति दवाव/संघर्ष जारी राख्ने जुन नीति लिएकाछौं त्यसलाई \'दोधारे\' भनेर दुवै पक्षले आरोप लगाएको पाइएकोछ! विशेषत: ममाथि पछिल्ला दिनमा कुनै वृत्तबाट नियोजित अभियानै चलाइएको पनि देखिएकोछ! यसलाई मैले एउटा राजनीतिक/सामाजिक अभियन्ताले स्वाभाविक रुपमा पाउने bouquet & brick-bats ( पुष्पगुच्छा र इँटावर्षा ) को पुरस्कार सम्झेकोछु! फेरि पनि प्रश्न देश र जनताकै हितको कुरा हो! त्यसनिम्ति तत्काल सरकारमा रहेका दलहरुले शासक वर्गीय/जातीय अहंकार/दम्भ त्यागेर आन्दोलनकारी शक्तिहरुसंग वार्ता गर्ने र समस्याको राजनीतिक समाधान खोज्ने काम गरून्! कांग्रेस/एमाले/एमाओवादी सबै हिजोका आन्दोलनकारी शक्ति नै हुन् भन्ने नभुलौं! संविधानसभाबाट संविधान जारी गर्ने जस्तो युगान्तकारी काम कर्फ्यु र सुरक्षाकर्मीको घेराभित्रबाट गर्नु शोभनीय र उपयुक्त हुँदैन! त्यसैले सरकारले तत्काल तनाव शिथिलीकरणको पहल गरोस्! आन्दोलनकारीहरुले पनि शान्तिपूर्ण जनप्रदर्शन र जनदवावको बाटो अनुसरण गरून्! सबैलाई चेतना भया!
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending