Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

भूकम्प र पहिरो पीडितको राहत सामग्री सड्न थाल्यो

\"rahat-chahamal\"म्याग्दी । म्याग्दीका भूकम्प र पहिरो पीडितका लागि भित्रिएको राहत सामग्री वितरण नहुँदा सड्न थालेको छ । जिल्ला विकास समिति र जिल्ला प्रशासन कार्यालयको गोदाममा राखिएको कतिपय खाद्य सामग्रीको म्याद सकिन थालेको छ । भूकम्प पीडित र बैँसरीका पहिरो पीडितका लागि भनेर जिल्ला विपद् व्यवस्थापन समितिलाई गत जेठमा भैरहवास्थित सरकारी गोदामबाट दुई ट्रक राहत सामग्री प्राप्त भएको थियो । चामल, मैदा, बिस्कुट, दाल लगायतका खाद्यान्न तथा पाल, कम्बलजस्ता सामग्री गोदाममा थन्किएका छन् । भूकम्प पीडितको विवरण सङ्कलन गर्न र वर्षाका कारण ग्रामीण सडक अवरुद्ध हुँदा राहत सामग्री ढुवानी गरी वितरण गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए । गाविस सचिवमार्फत सङ्कलन गरिएको भूकम्प पीडितको विवरण वास्तविक नभएपछि परिचयपत्र वितरणमा ढिलाइ भएको हो । बाबियाचौर र अर्मन गाविसबाट प्राप्त भएको विवरणमा गाविसको अधिकांश घरधुरी भूकम्प पीडित भएको देखिएपछि प्रजिअको नेतृत्वमा गत हप्ता अनुगमन गर्दा गाविसको सिफारिसभन्दा फरक अवस्था पाइएको छ । अहिले दुई गाविसबाहेक नगरपालिकाका सबै वडा र गाविसमा भूकम्प पीडितको परिचयपत्र वितरणको काम भइरहेको छ । परिचयपत्र वितरण भइसकेपछि असोज १५ गतेभित्र पूर्ण क्षति भएकालाई राहत सामग्री उपलब्ध गराउने प्रजिअ पाठकले बताए । म्याग्दीमा पूर्ण क्षति भएका भूकम्प पीडितको सङ्ख्या दुई सय छ । यसैगरी गत जेठ १० गते राम्चे–९ काफलडाँडाबाट खसेको पहिराले पूरै बस्ती पुरिएपछि घरबारविहीन भएका बैँसरीका पहिरो पीडितले पनि सरकारी राहत पाउन सकेका छैनन् । आपूmहरुका लागि प्राप्त भएको राहत सामग्री गोदाममा सडेर नष्ट हुने अवस्थामा पुग्दासमेत वितरणमा बेवास्ता भएको पहिरो पीडितको गुनासो छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending