Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

भूकम्प र पहिरो पीडितको राहत सामग्री सड्न थाल्यो

\"rahat-chahamal\"म्याग्दी । म्याग्दीका भूकम्प र पहिरो पीडितका लागि भित्रिएको राहत सामग्री वितरण नहुँदा सड्न थालेको छ । जिल्ला विकास समिति र जिल्ला प्रशासन कार्यालयको गोदाममा राखिएको कतिपय खाद्य सामग्रीको म्याद सकिन थालेको छ । भूकम्प पीडित र बैँसरीका पहिरो पीडितका लागि भनेर जिल्ला विपद् व्यवस्थापन समितिलाई गत जेठमा भैरहवास्थित सरकारी गोदामबाट दुई ट्रक राहत सामग्री प्राप्त भएको थियो । चामल, मैदा, बिस्कुट, दाल लगायतका खाद्यान्न तथा पाल, कम्बलजस्ता सामग्री गोदाममा थन्किएका छन् । भूकम्प पीडितको विवरण सङ्कलन गर्न र वर्षाका कारण ग्रामीण सडक अवरुद्ध हुँदा राहत सामग्री ढुवानी गरी वितरण गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए । गाविस सचिवमार्फत सङ्कलन गरिएको भूकम्प पीडितको विवरण वास्तविक नभएपछि परिचयपत्र वितरणमा ढिलाइ भएको हो । बाबियाचौर र अर्मन गाविसबाट प्राप्त भएको विवरणमा गाविसको अधिकांश घरधुरी भूकम्प पीडित भएको देखिएपछि प्रजिअको नेतृत्वमा गत हप्ता अनुगमन गर्दा गाविसको सिफारिसभन्दा फरक अवस्था पाइएको छ । अहिले दुई गाविसबाहेक नगरपालिकाका सबै वडा र गाविसमा भूकम्प पीडितको परिचयपत्र वितरणको काम भइरहेको छ । परिचयपत्र वितरण भइसकेपछि असोज १५ गतेभित्र पूर्ण क्षति भएकालाई राहत सामग्री उपलब्ध गराउने प्रजिअ पाठकले बताए । म्याग्दीमा पूर्ण क्षति भएका भूकम्प पीडितको सङ्ख्या दुई सय छ । यसैगरी गत जेठ १० गते राम्चे–९ काफलडाँडाबाट खसेको पहिराले पूरै बस्ती पुरिएपछि घरबारविहीन भएका बैँसरीका पहिरो पीडितले पनि सरकारी राहत पाउन सकेका छैनन् । आपूmहरुका लागि प्राप्त भएको राहत सामग्री गोदाममा सडेर नष्ट हुने अवस्थामा पुग्दासमेत वितरणमा बेवास्ता भएको पहिरो पीडितको गुनासो छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy