Ntc summer Offer
Khabar Dabali ९ पुष २०८१ मंगलवार | 24th December, 2024 Tue
Investment bank

वीरगन्जमा निषेधाज्ञाको समय घटेपछि जनजीवन क्रमशः सामान्य बन्दै

\"birjung\"वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज नगर क्षेत्रमा लगाएको निषेधाज्ञाको समय घटाउन थालेपछि यहाँको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । निषेधाज्ञाको समय घटाएसँगै वीरगन्जमा सर्वसाधारणको चहलपहल बढेको देखिएको छ ।  स्थानीय प्रशासनले वीरगन्जमा आज बिहान ९ देखि दिउँसो १ बजेसम्मका लागि निषेधाज्ञा फुकुवा गरेको सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बताए । यसअघि मङ्गलबार पनि स्थानीय प्रशासनले वीरगन्जमा बिहान ९ देखि दिउँसो १ बजेसम्म र अपराह्न ४ देखि साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा फुकुवा गरेको थियो । निषेधाज्ञा फुकुवा हुन थालेपछि खाद्यान्न लगायतका आवश्यक घरायसी सामान किनमेल गर्नेको भीड बजारमा देखिने गरिन्छ । निषेधाज्ञाको समय छोट्याउँदै स्थानीय प्रशासनले वीरगन्जमा आज मध्याह्न १ बजेपछि पुनः अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा यथावत् राखिएको सहायक प्रजिअ भण्डारीले बताए । सीमाङ्कनप्रति असन्तुष्टि जनाउँदै मधेस केन्द्रित दलले गरेको अनिश्चितकालीन मधेस बन्दका क्रममा स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा र दङ्गाग्रस्त क्षेत्र घोषणाका कारण नौ दिनदेखि पर्साको जनजीवन अत्यन्त कष्टकर बनेको छ । त्यस्तै २६ दिनदेखिको लगातार बजार, पसल, यातायात, कलकारखाना, शिक्षण संस्था, बैंक तथा वित्तीय संस्था बन्द हुँदा सर्वसाधारणलाई समस्या भएको छ । निषेधाज्ञा फुकुवा भएको समयमा हिजोआज वीरगन्जमा बैंक तथा वित्तीय संस्थामा सेवाग्राहीको घुइँचो लाग्ने गरेका छन् । सडकमा रिक्सा, ताँगा, टेम्पो, मोटरसाइकल र साइकल पनि गुडिन थालेको देखिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy