Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

देशमा शान्ति सुरक्षा कायम गर्ने कुरामा कुनै सम्झौता हुन सक्दैनः गृहमन्त्री गौतम

\"bamdevकाठमाडैां । उपप्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमले देशमा शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा कुनै पनि किसिमको छुट वा सम्झौता नगरिने बताएका छन् । बर्तमान अवस्थामा शान्ति सुरक्षाको अवस्था एवं उत्पन्न चुनौतीकोबारेमा छलफल गर्न मंगलबार प्रहरी प्रधान कार्यालयमा महानगरीय प्रहरी कार्यालय र पाँचैक्षेत्रका प्रहरी प्रमुखहरुलाई बोलाई सम्पन्न भएको समीक्षा बैठकमा गृहमन्त्री गौतमले उक्त कुरा बताएका हुन । बैठकमा गृहमन्त्री गौतमले हाल देखिएका विभिन्न खाले बिकृतिलाई कारबाहीको दायराभित्र ल्याउनुपर्ने उल्लेख गर्दै सुरक्षा व्यवस्था थप सुदृढ गर्नुपर्ने बताए । उनले अपराध गर्न उक्साउने, सदभाव भड्काउनेलाई पक्राउ गर्न र चेकजाँच कार्यलाई अझै कडाईकासाथ अगाडि बढाउन निर्देशनसमेत दिए । समीक्षा बैठकमा गृह प्रवक्ता सहसचिव लक्ष्मीप्रसाद ढकाल, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, महानगरीय प्रहरी कार्यालय तथा पाँचै क्षेत्रका प्रहरी प्रमुखहरु एवं प्रहरी प्रधान कार्यालयस्थित बरिष्ठ प्रहरी अधिकृतहरुको सहभागिता रहेको थियो । सो अवसरमा गृहसचिव सूर्यप्रसाद सिलवालले बर्तमान अवस्थामा शान्ति सुरक्षा कायम गर्नकालागि सुरक्षा निकायले अझै सक्रियताकासाथ काम गर्र्नुपर्ने बताए । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले शान्ति सुरक्षा कायम गर्नका लागि प्रहरी जनशक्ति हरहमेशा फिल्डमा खटिन सक्ने गरी तयारी हालतमा रहेको जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending