Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

विजुक्छेले भनेः ‘ नेता र ठग उस्तै उस्तै ’

\"narayan भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले नेता र ठग उस्तै बन्दा देशले निकास पाउन नसकेको बताएका छन्  । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षातकार कार्यक्रममा बोल्दै बिजुक्छेंले नेताहरुले विभिन्न किसिमका प्रलोभन देखाउँदै आफूहरुले गरेका प्रतिबद्धता पुरा नगरेर ठगको चरित्र प्रष्टाएको बताएका हुन । बिजुक्छेंले भने ‘देश र नेपालीको हितलाई भन्दा आफ्नो हितलाई हेर्ने र प्रदेशहरुको विभाजनमा केहि ठूला नेताहरु देशको मामलामा दुताबास धाउने, कहिले रक्सौल गएर बैठक राख्ने र भारतसँग गुहार माग्ने अवस्थामा अन्य देश अमेरिका, बंगलादेश, पाकिस्तान लगायतका देशसँग सहयोग मागे कस्तो अवस्था श्रृजना होला भन्दै असन्तुष्टी प्रकट गरे । उनले चार ठूला राजनीतिक दलका नेताहरु आफ्नो विवेकमा भन्दा पनि बिदेशीको सल्लाहमा चल्ने प्रबृतिको विकाश भएकाले नेपालको राजनीतिक निकास निस्कन नसकेको जिकिर गरे । ठूला दलका नेताहरुले बिदेशीहरुको कुरो जति सुन्दै जान्छन् त्यतिनै नेपालीहरु फस्दै जाने उनको टिप्पणी थियो । संविधान जारीको समय तोकेर ठूला चार दलका नेताले देशलाई समस्यामा धकेलेको भन्दै बिजुक्छेंले संविधानसभाले आफ्नो काम गदै बाँकि रहेका विषयमा छलफल गर्नुपर्ने बताए । उनले संविधान जारीको दिशामा जानु पर्ने हो तर थालमा राखेको खाना गाँस गाँस नगरी एकै गाँसमा खान खोज्दाको परिणाम तोकिएको समयमा संविधान जारी नहुनेमा शंका ब्यक्त गरे । समय समयमा विधान अनुसार महाधिबेशन गर्न नसक्ने, अन्र्तक्रिया , राष्ट्रिय मामिलामा जुलुश, गोष्ठी र मुख पत्र अनुसार काम नगर्ने र मालसामान बेचेर, भोज खुवाएर भोट माग्ने, घोषणा पत्रलाई कागतमै सिमित राख्ने र झुठा आश्वासन दिएर काम गर्ने पार्टीहरुलाई कारवाही गर्न थे्रस होल्डको बेवस्था गर्नु पर्नेमा जोड दिए । तराईको समस्यालाई बुझेर तराई क्षेत्रमा गएर नेपाली काँग्रेस, एमाले र एमाओबादीले नेपाली नागरिकलाई ठूला दलहरुले राजनीतिक समस्याबारे बुझाउन नसक्नु र तराईका देश भक्त बुद्धिजीवीहरुको सल्लाह सुझाब लिन नसक्दा तराईका जनता आक्रोशित बनेको भन्दै हाल तराईमा विभिन्न राजनीतिक दलका पार्टी कार्यालय जलाउने क्रम बढ्दा त्यस क्षेत्रका बुद्धिजीबिहरु समेत त्रासमा रहेको उनले बताए । सरकारमा सामेल दल र प्रतिपक्ष समते विभिन्न निकायका पदको भाग बन्डामा लाग्ने र आफ्नो मानछेको भर्ती केन्द्र बनाउँदै देशका सार्वजनीकि सम्पत्तिलाई निजिकरण तर्फ लाग्ने रोगको बेलैमा उपचार गर्न नसक्दा हरेक क्षेत्रमा समस्या बढ्दै गएको भन्दै ठूला चार दलहरुले देशको अहितमा काम गरेको उनको भनाई थियो । उनले भने ‘नेपालका राजनीतिक दलहरुले जातियताको आधारमा सेना प्रहरीमा नियुक्ति गर्ने र भर्ना र सरुवा गर्ने र सुरक्षाका सम्बेदनशिल विषयहरुलाई बाहिर ल्याएर विभिन्नलाई जानकारी दिने जस्ता समस्याका कारण कैलाली घटनामा एस एस पी सहित अन्य प्रहरी मारिएको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending